
२२ वैशाख । कृष्णनगर नगरपालिका–७ कर्माबस्ने १३ वर्षीय किरण तेलीको दुवै आँखा मोतियाविन्दुका कारण ६ वर्षदेखि बन्द भएको थियो ।
आइतबार राप्ती आँखा अस्पताल तुलसीपुरमा निःशुल्क शल्यक्रियापछि पहिले जस्तै देख्ने भएकी छिन् । पहिले जस्तै देख्ने भएपछि खुशी भएकी छिन् । आमा–बुवाको साथमा खुशी देखिएकी किरणलाई दातृ निकाय एनएबीपी नर्वेका सेभेन कासटवर्ग, अमेलिया र एनएबीपी नेपालका प्रोजेक्ट म्यानेजर हरिशरण विष्टले किरणलाई रु एक लाख ३० हजार रकमसमेत सहयोग गरेका छन् ।
बालाराम खड्का, तुलसीपुर, दाङ (रासस)
वि.सं.२०७६ वैशाख २२ आइतवार २०:३८ मा प्रकाशित