back
CTIZAN AD

माटोमा अम्लीयपन बढ्दै

वि.सं.२०७६ वैशाख २३ सोमवार

747 

shares

२३ वैशाख, कञ्चनपुर । रासायनिक मलको अत्यधिक प्रयोगले माटोमा अम्लीयपन अधिक रहेको पाइएको छ । माटोमा प्राङ्गारिक पदार्थको कमी हुँदा अम्लीयपन बढेको हो । माटोबाट बालीले लिएको भन्दा बढी खाद्यतत्वको आपूर्ति हुन नसक्दा र माटोमा अम्लीयपन बढ्दा बाली बिरुवामा विभिन्न खाद्यतत्वको कमीका कारण उत्पादनमा ह्रास आउन थालेको र यसबाट फलफूल, तरकारी र अन्नबालीको उत्पादनमा वर्षेनी ह्रास आउने गरेको छ ।

माटो बिरुवाको खाद्यतत्वको भण्डार भएकाले माटोमा हुने अम्लीयपनले उर्वराशक्तिमा ह्रास आएको विभिन्न परीक्षणले देखाएको छ । माटोको उर्वराशक्तिमा दिगोपना ल्याउने र बिरुवाको सन्तुलित पोषण प्रक्रिया अपनाउने योजना बनाउनु आवश्यक भएको माटो तथा मल प्रयोगशाला सुन्दरपुरका निमित्त वरिष्ठ माटोविज्ञ प्रकाशकुमार पन्तले बताए ।

प्राङ्गारिक र रासायनिक मलको सन्तुलित प्रयोगबाट मात्र माटोको उर्वराशक्ति र उत्पादन दिगो हुनसक्ने भए पनि यसतर्फ किसानले चासो दिन सकेका छैनन् । “बोटबिरुवाबाट आशातीत फल पाउन उत्पादनका कारकतत्व माटो, मल, जल, बीउबिजन, उन्नत प्रविधि र बाली संरक्षणमा विशेष ध्यान दिनुपर्ने हुन्छ”, माटोविज्ञ पन्तले भने, “बढ्दो जनसङ्ख्याको खाद्यान्नको माग पूरा गर्न सघन बाली प्रणाली अपनाउँदा माटोको उर्वराशक्ति दिगो बनाई राख्न माटो व्यवस्थापन पक्षमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।”

बिरुवालाई आवश्यक पर्ने नाइट्रोजन, फस्फोरस, पोटास, क्याल्सियम म्याग्नेसियम, सल्फर, नाइट्रोजन र सुक्ष्म तत्वका रुपमा रहेका फलाम, ताँबा, वोरोन, म्याङगानिज, मोलिब्डेनम क्लोरिनजस्ता खाद्यतत्वको आपूर्ति गर्न माटोमा प्राङ्गारिक पदार्थ हुनु आवश्यक रहेको उनले बताए । माटोको अम्लीयपन हटाउन प्रतिकट्ठा खेतमा ८० किलोदेखि ९० किलो कृषि चुनको प्रयोग गरे माटोको अम्लीयपन हटाई तटस्थमा ल्याउन सकिने उनको भनाइ छ ।

“प्रतिवर्ष माटोमा अम्लीयपन बढ्दै जाने हो भने कृषि उत्पादनमा निकै ह्रास आउने भएकाले किसानले माटो चेकजाँच गराएर मात्र आवश्यकताका आधारमा रासायनिक मलको प्रयोग गर्ने र प्राङ्गारिक मलको प्रयोगलाई व्यापक बनाउनु पर्छ”, उनले बताए ।

आव ०५४र५५ देखि ०५८र५९ सम्म प्रयोगशालाले कञ्चनपुरमा माटोको उर्वराशक्तिबारे गरेको अध्ययनका क्रममा लिइएका ५९३ माटोका नमूनामा अम्लीयपन २१६ मा, तटस्थ २१६ मा र क्षारीयपन १६१ मा फेला परेको थियो । यसैगरी, माटोमा प्राङ्गारिक पदार्थ ५३० मा धेरै कम, ५८ मा मध्यम र पाँचमा मात्रै अधिक पाइएको थियो । नाइट्रोजन ४६२ मा कम, १२२ मा मध्यम र नौमा अधिक पाइएकोमा फस्फोरस १२ मा कम, ११८ मा मध्यम र २७२ मा अधिक पाइएको थियो ।

आव ०६ र ६१ देखि ०७४ र ७५ सम्मका २०५९ माटोका नमूना परीक्षण गर्दा ६१८ मा अम्लीयपन, १३५१ मा तटस्थ, ५४० मा क्षारीयपन पाइएको छ । प्राङ्गारिक पदार्थ १७१९ मा निकै कम, २८५ मा मध्यम, १२ वटामा अधिक पाइएको छ । नाइट्रोजन १४७६ मा कम, ५११ मा मध्यम र ६७ नमूनामा अधिक पाइएको छ । फास्फोरस ५३७ मा कम, ४९० मा मध्यम र ८९२ मा अधिक पाइएको छ । यसैगरी, पोटास ८३६ मा कम, ९३७ मा मध्यम र ३३७ मा अधिक पाइएको छ ।

माटोको उर्वराशक्ति बढाउन र माटोको अम्लीयपन हटाई सन्तुलित बनाउन प्राङ्गारिक मलको प्रयोगमा व्यापकता ल्याउनुपर्ने कृषिविज्ञको सुझाव रहेको छ । घर वरिपरि पाइने वनस्पति, झारपात आदिलाई टुक्रा पारी तह तह बनाउँदै खाडल वा थुप्रोमा उपयुक्त वातावरणको सिर्जना गरी सुक्ष्म जीवाणुका माध्यमबाट कुहाइ प्राङ्गारिक मल बनाउन सकिने कृषि प्राविधिक वीरबहादुर कुँवरले बताए । उनका अनुसार गाईवस्तुको मलमूत्र, घाँसपात, सोत्तर तथा अन्य झारपात गोठको नजिकै बनाइएको खाल्टो वा अन्य जग्गामा नै जम्मा गरी कुहाएर पनि प्राङ्गारिक मल बनाउन सकिन्छ ।

उनले प्राचीनकाल देखिनै यस मललाई त्यति महत्व नदिइएको र यसलाई जथाभावी राख्ने, यसमा भएका खाद्यतत्वको संरक्षण एवं सदुपयोगको ज्ञान, सीप अभावका कारण नेपालले एकातिर वर्षेनी करोडौँ मूल्य बराबरको नाइट्रोजन मल गुमाइरहेको छ भने अर्कोतिर अबौँ रुपैयाँ रासायानिक मल यूरिया मल खरीदमा विदेश गइरहेको छ बताए । उनले भने, “प्राङ्गारिक तरकारी खेतीमा गोठेमलको महत्व रहेकाले यसको सुधार गरेर प्रयोग गर्नु अति आवश्यक छ ।”

साधारणतयाः गोठेमलमा भएको नाइट्रोजन उडेर र चुहेर नोक्सान हुन्छ भने पोटास चुहिएर नोक्सान हुने भएकाले गोठेमललाई सूर्यको प्रकाश, पानीबाट जोगाइ राख्नुपर्ने उनको भनाइ रहेको छ । कलिला र सजिलै कुहिन सक्ने वनस्पतिका पात, डाँठ, हाँगा तथा अन्य भागलाई जमीनमा कुहाइ हरियो मल बनाउन सकिन्छ ।

कुहिँदै गरेका कृषि जैविक उप–उत्पादन गाईभैँसीको गोबर, पात पतिङ्गर, सोत्तर, तरकारीको बोक्रालगायतका कच्चा पदार्थमाथि गँड्यौला राखेर प्राङ्गारिक मल तयार गर्न सकिने उनको भनाइ छ । “माटोको खाद्यतत्वबारे किसानलाई सचेत बनाउनु आवश्यक देखिन्छ”, उनले भने, “जनचेतना र तालीमका माध्यमबाट प्राङ्गारिक मल तयार गर्न किसानलाई दक्ष बनाई यसतर्फ डो¥याउनु नितान्त आवश्यक छ ।”

वि.सं.२०७६ वैशाख २३ सोमवार ०९:४८ मा प्रकाशित

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको...

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

कलैया (बारा) । जिल्लामा यस वर्ष किसानले खेती गरेको गहँु...

एक करोडमा वडा कार्यालय भवन निर्माण

एक करोडमा वडा कार्यालय भवन निर्माण

ढोरपाटन (बागलुङ) । स्थापना भएदेखि हालसम्म जीर्ण भवनबाट सेवा प्रवाह...

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको इजाजतपत्रका लागि...

गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग

गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग

काठमाडौँ । गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रको जग्गा अतिक्रमण गरेर बनेका...