back
CTIZAN AD

छोरीछोराको नागरिकताका लागि आमाले लेखेको बकपत्र

वि.सं.२०७६ वैशाख २३ सोमवार

708 

shares

आदरणीय सांसद ज्युहरु
मेरो बाबाले मलाई १२ बर्षको उमेरमा काठमाण्डुमा काम गर्न पठाए । १४ बर्षको हुदा मेरा ५० बर्षका घर मालिकले बलात्कार गरे, १६ बर्षकी हुदाँ त्यही मालिकका २० बर्षका छोराले बलात्कार गरे , ३ चोटी मेरो गर्भ रहेको थाहा पाएपछि मेरी मालिक्नीले मेरो घर कैलाली पठाईदिईन् । रु १०,००० मेरा बाबालाई दिईन् । यसको विवाह गरििदनु भनेर, बाबाले पोलियो भएर सुस्त मनस्थितिको ३० बर्षको केटासँग मेरो विवाह गराईदिए । । सुस्त मनस्थितीका ती युवकसँग मेरो शारीरिक सम्बन्ध चाँही भएन । ८ महिनामा मेरो छोरा चाँही जन्मियो । घरका कसैलाई पनि थाहाथिएन कि मेरो लोग्नेको छोरा होईन भनेर सबै खुःसी भए ।

धन्य , मेरो लोग्नेको नागरीकता रहेछ त्यसै बाट मेरो पनि नागरकिता बन्यो । १० बर्षपछि ज्वरो आएर मेरो लोग्ने वित्यो । आज मेरो छोरा १६ बर्षको भएपछि म उसको नागरीकता लिन जादै छु । त्यसमा म खुलाएर लेख्ने छु , “काठमाडौँको मालिकको फलाना छोराले मलाई बलात्कार गरेर जन्मिएको छोरो भएकोले यसको बाबुको नागरिकता ल्याउन सक्दिन । त्यसैले मेरो नाम मानागरिकता देउ” के मेरो छोराले नागरीकता पाउला ?

म आछामकी ३० बर्षिय महिला हुँ । १४ बर्षको उमेरमा म छाउगोठमा बसदा एक रात तिनजनाले बलात्कार गरेको कुरा फैलिएपछि ३ जना युवक समातिए, पक्राउ परे । बलात्कार गरेको हो भनेर स्वीकारे । “मेरो गाँउघरमा चाँही केटी खराब रहेछ । त्यसैले बोलाएर त ३ केटी गए होलान । तर गाँउघरका सोझा केटा कसरी त्यो छौपाडीमा पुग्छन भने” । प्रहरीले केटाहरु समात्यो । अदालतले केटाहरु १२ बर्षको उमेर भन्दा कम भएकोले ५ महिनामात्र सजाय दियो । ६ महिनापछि त ती केटाहरु फुक्का गोरु जस्तै भए ।

तर म त छौपडिमा बलात्कार भएको बेला गर्भवती भएछु । मलाई त छुई भएको बेला संसर्ग गरेपछि गर्भ रहदैन भनेर सिकाएको थियो । तर छुई भएको ४ दिनमा बलात्कृत भएपछि मेरो अर्काे दुःख थपियो । दुई महिना सम्म महिनावारी भएन कहिलेकाही यस्तै हुन्छ भनेर वास्ता गरिएन । ४ महिनापछि पो त गाँउकी एक सुडेनीले मेरी आमालाई “यी नानीको त गर्भ रहेको जस्तो लाग्छ भनेपछि ” मेरी आमात छागाँ बाट खसे जस्तै भईन् । उनले मलाई कुभिन्डो काँचो मेवा खाए गर्भ खस्छ भनेर । तर अहँ त्यो गर्भ त खसेन । गाँउबाट गर्भ तुहाउन कतै लग्ने पैसा थिएन । गाँउमा मेरो गर्भ रहेको भनेर परिवारको ठुलो वेइज्त भयो । मलाई बलात्कार गर्नेहरुलाई चाँही कसैले अपमान गरेन ।

९ महिना पछि मेरो छोरी जन्मि । १५ बर्षिय मेरी छोरी दलित जातको भनेर घरको समाजले पानी बन्द ग¥यो । म आज ३५ बर्षकी भएपछि २० बर्षको छोरीको नागरीकता बनाउन जिल्लामा गएँ । त्यहाँका कर्मचारीलाई मेरो छोरीको ज्नम कसरी भएको याद रहेछ । उनले बाबु नभएको कारण लेखे। “छौपडिमा बस्दा ३ युवकले बलात्कार गर्दा भएको छोरीको बाबु को हो छुट्याउन सकिने अवस्था छैन, त्यसैले निजको नागरीकतामा बाबुको ठाँउमा “बलात्कार बाट जन्मेको ” छोरी भनेर लेखिदिनु । मेरो छोरीको नागरीकता त्यसरी नै बनेको छ । घन्य, त्यती भएपनि खाडी मुलुकमा गएर काम गर्ने पासपोर्ट त पाई हाल्छे । पासपोर्टमा पनि बाबुको नामको ठाँउमा “ बलात्कार बाट जन्मिएको छोरी भनेर लेखिदेलान् कि” ?

वि.सं.२०७६ वैशाख २३ सोमवार ०९:४२ मा प्रकाशित

हेटौंडा कपडा उद्योग एक वर्षमै ‘सेतो हात्ती’ बन्न सक्ने भन्दै पूर्व प्रशासकको सरकारलाई सुझाव

हेटौंडा कपडा उद्योग एक वर्षमै ‘सेतो हात्ती’ बन्न सक्ने भन्दै पूर्व प्रशासकको सरकारलाई सुझाव

न्यौपानेका अनुसार हेटौंडा कपडा उद्योगसँगै विगतमा बन्द भएका अन्य सरकारी...

१२ वर्ष देखी नेपाली फुटबल खेलेका आइभरी कोस्टका खेलाडीको स्वदेश फर्किन सहयोगको अपिल

१२ वर्ष देखी नेपाली फुटबल खेलेका आइभरी कोस्टका खेलाडीको स्वदेश फर्किन सहयोगको अपिल

काठमाडौँ । नेपाली फुटबलमा विगत १२ वर्षदेखि सक्रिय रहेका आइभरी...

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा रहेको ८,०५१ मिटर अग्लो...

What Nepal Can Learn from China’s Agricultural Transformation

What Nepal Can Learn from China’s Agricultural Transformation

When people think about China's agricultural transformation, they often imagine...

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...