back
CTIZAN AD

बुद्ध जयन्तीको अवसरमा नगरपालिकाभित्र बृक्षारोपण गरिने

वि.सं.२०७६ वैशाख २३ सोमवार

588 

shares

 

२२ बैशाख, कुश्मा । २६४३ औं बुद्ध जयन्तीको अवसरमा कुश्मा नगरपालिकाले विभिन्न चरणमा वृक्षरोपण गर्ने भएको छ ।

कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीको अध्यक्षतामा बसेको बैठकले २६४३ औं वुद्ध जयन्तीको अवसरमा नगरपालिकाभित्र बिभिन्न चरणमा वृक्षारोपण कार्यक्रम गर्ने निर्णय गरेको हो ।

कुश्मा नगरपालिकाको ७ नम्बर वडाको अग्लो पुल टोलबाट वृक्षारोपणको शुभारम्भ वुद्ध जयन्तीकै दिन (४ जेठ) बाट गर्ने निर्णय गरिएको छ । उक्त दिन एउटा सडकको दुबैतर्फ धुपी वृक्षारोपण गरी सो सडकलाई ‘धुपी’ नामाकरण गरिनेछ भने अर्को सडकको दुबैतर्फ अशोक वृक्षारोपण गरी सो सडकलाई ‘अशोक मार्ग’ नामाकरण गरिनेछ ।

वृक्षारोपणको अत्यन्तै आकर्षक र धार्मिक एबं सांस्कृतिक महत्वको पाटो कुश्मा नगरपालिकाको वडा नम्बर ७ को खरेहामा तयार गरिने ‘ॐ पार्क’ हुनेछ । सो पार्क १०८ पिपलको विरुवा ॐ आकारमा लगाइनेछ । प्रत्येक पिपलको बोटलाई चौताराको रुपमा विकसित गरिनेछ र प्रत्येक चौताराको उपयुक्त ठाउँमा तुलसी, कुश, दुवो र शालिग्रामलाई ब्यबस्थित गरिनेछ । सो पार्कभित्रै तयार गरिने पोखरीको वीचमा वुद्धको मूर्ति राखिनेछ । पार्कभित्र पिकनिकस्थलको पनि ब्यबस्था गरिनेछ ।

पिपलको बोटमुनि वुद्धले ध्यान गरेर ज्ञान प्राप्त गरेकाले पिपललाई पूजा गर्ने गरिन्छ भने आधुनिक बिज्ञानले पिपलले सबैभन्दा धेरै अक्सिजन छाड्ने विरुवाको रुपमा लिने गरिएकोले यस्को धार्मिक र बैज्ञानिक दुबै दृष्टिकोणले ठूलो महत्व छ । १०८ लाई हिन्दू, बुद्धिस्ट र योगा परंपरामा ठूलो महत्व दिइने भएकोले यसरी १०८ पिपलको बोटयुक्त ॐ पार्क निर्माण गरिने अबधारणालाई अगाडि बढाइएको हो । साथै यो अबधारणालाई मूर्त रुप दिन नेतृत्वदायी भूमिका कुश्मा नगरपालिकाको वडा नम्बर ७ का अध्यक्ष सुभाश चन्द्र पौडेलले गर्ने बताइएको छ ।

ॐ पार्क कुश्मा पुग्नु अगावै मुस्ताङ जाने राजामार्गसंग नै जोडिने भएकोले पार्कलाई राजामार्गबाट नै देख्न सकिनेछ । स्थलगत निरीक्षणपश्चात ॐ पार्कको अबधारणालाई मूर्तरुप दिइसकेपछि यस्लाई ध्यानकेन्द्र बनाइने उपयुक्त बातावरण भएकोले त्यसतर्फ पनि योजना बनाइनुपर्ने बिषयमा लुम्विनी–कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अस्ट्रेलिया सरकारका तर्फबाट वरिष्ठ स्टक्चरल इन्जिनियर रामकुमार श्रेष्ठ र वडा अध्यक्ष सुभाश चन्द्र पौडेलको बीच छलफल भएको बताइएको छ ।

वडा नम्बर ८ को बिष्णु बाटिका आस्वस्थ मुक्ति मार्गमा बातावरण दिवसका दिन वृक्षारोपण गरिनेछ र यस्का लागि वडा नम्बर ८ का वडा अध्यक्ष राजकुमार क्षेत्रीले नेतृत्वदायी भूमिका निर्बाह गर्नेछन् ।

यो वृक्षारोपण कार्यक्रम यो वुद्ध जयन्ती अबधिभरीमा अन्य वडाहरुमा पनि बिस्तार हुन सक्ने बताईएको छ ।

बैठकमा लुम्विनी–कपिलवस्तु विस्व अभियानका विश्व संयोजक एबं अस्ट्रेलिया सरकारका तर्फबाट वरिष्ठ स्टक्चरल इन्जिनियर रामकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनी, वडा ३, ४, ५, ६, ७, ८, ९, ११, १२ र १४ का अध्यक्षहरु क्रमश ः तेज प्रशाद पाध्या, मीना कुमारी कर्माचार्य, चित्रकला भारती शर्मा, रुद्र गिरी, सुवास चन्द्र पौडेल, राजकुमार क्षेत्री, कृष्णप्रसाद लामिछाने, शिव प्रसाद पौडेल, राजेन्द्र पौडेल र भीम प्रशाद गुरुङ लगायतको उपस्थिति थियो ।

नोट : आगामी बर्ष कतिऔं वुद्ध जयन्ती ? वुद्ध जयन्तीको समयमा कतिऔं वुद्ध जयन्ती भन्ने सन्दर्भमा हामी एकै बर्षमा तीन फरक फरक संख्या देख्ने गर्छौं र आगामी बर्ष २५६३, २६०८ र २६४३ औं संख्याहरु देख्न सक्छौं । पहिलो बुद्धको महापरिनिर्माण, दोश्रो वुद्धत्व प्राप्ती र तेश्रो जन्मसंग सम्बन्धित छन ।

त्यसैले यी सबै संख्या सही छन, केबल आधार के भन्ने मात्रै फरक हो । वुद्धको जन्मस्थल बिषयमा विस्वब्यापी दिग्भ्रम सिर्जना भएका कारण अभियानले हालमा वुद्धको जन्म नेपाल भएका कारण वुद्ध जन्मलाई आधार मानेर सोही अनुरुपको संख्यालाई वुद्ध जयन्ती मान्न अनुरोध गर्दै आएको छ, जबकि पहिला वुद्धको महापरिनिर्माणलाई आधार मानेर मान्ने गर्थे ।

अत : आगामी बर्ष २६४३ औं वुद्ध जयन्ती मनाउनु सान्दर्भिक हुन्छ । जयन्ती भन्ने बित्तिक्कै जन्मकै आधारमा मनाउने विस्वब्यापी प्रचलन भएकोले पनि यो अवधारणा सही रहेको बताइएको छ ।

 

वि.सं.२०७६ वैशाख २३ सोमवार ०९:४१ मा प्रकाशित

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका...

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...