back
CTIZAN AD

भाइरल ज्वरो सङ्क्रमण सामान्य हुँदै

वि.सं.२०७६ वैशाख २४ मंगलवार

465 

shares

२४ वैशाख, बाजुरा । जिल्लाको हिमाली गाउँपालिका–५ बँच्छ्या, क्युडी त्यस्तै ६ नं वडाको पाडीमा फैलिएको भाइरल ज्वरोको सङ्क्रमण अहिले सामान्य हँुदै गएको छ । सिङ्गो गाउँ नै प्रभावित हुने गरी फैलिएको सङ्क्रमण दिनप्रतिदिन सामान्य हुँदै गएको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ ।

रोगको सङ्क्रमणबाट प्रभावित बिरामी निको हुँदै गएका छन् भने थप व्यक्तिमा सङ्क्रमण नदेखिएको कार्यालय प्रमुख अशोक सिंहले जानकारी दिए । गाउँमा चार दिनदेखि स्वास्थ्यकर्मीको टोली उपचारार्थ खटिरहेको छ । सङ्क्रमण फैलिएको प्रत्येक गाउँमा स्वास्थ्यकर्मी खटिएका छन् । सङ्क्रमणका कारण ६ नं वडा पाडीमा १४०, ५ नं वडा बिच्छ्यामा ४० र क्युडीमा ९३ स्थानीयवासी बिरामी परेका थिए । उपचारपछि सबैजसो बिरामी सामान्य अवस्थामा आइपुगेका छन् ।

समयमै उपचार नपाउँदा क्युडीगाउँकी ५५ वर्षीया छञ्चकला बुढाको ज्यान गएको छ भने पाँडीका दुई वृद्ध थला परेका छन् । उमेरले ८० कटेका दुवैमा रुघाखोकी निको भए पनि थप अरु सङ्क्रमण देखिएको बुझिएको छ । तर पनि स्वास्थ्यकर्मीले उपचार सेवा दिइरहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार तीन वटै गाउँमा स्वास्थ्यकर्मी खटिएका छन् ।

औषधिसहित क्युडीमा अहेव माया पाण्डे र अनमी चन्द्रा थापा, बच्छ्यामा अहेव धनबहादुर फँडेरा, पाडीमा हेल्थ असिस्टेन्ट धर्मदत्त बुढा, अहेव वासुदेव पाण्डेको टोली खटिएको छ । कुनै प्रकारको उपचार सेवा र औषधिको कमी नहुने गरी टोली खटाइएको गाउँपालिकाका अध्यक्ष गोविन्द्र मल्लले बताए ।

सङ्क्रमित गाउँमा आवश्यकभन्दा दुईगुणा बढी औषधि पठाइएको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ । प्रदेश सरकार मातहतमा रहने कार्यालय भएकाले प्रदेश सरकारसँगको परामर्शमा गतिविधि अगाडि बढाइएको कार्यालय प्रमुख सिंहको भनाइ छ ।

आठ सय बिरामीलाई पुग्ने गरी आठ हजार ट्याब्लेट पारासिटामोल र दुई हजार क्नालोर फेनरामिन नामक औषधि जिल्ला स्वास्थ्य कार्यालयबाटै पठाइएको छ । यस्तै गाउँपालिकाले पनि आफूसँग भएको औषधिसहित टोली गाउँ पठाएको छ भने थप सङ्क्रमण हुने आशङ्काका आधारमा थप औषधिको माग गरेको छ ।

भाइरल ज्वरोको सङ्क्रमण हुम्लाको ताँजाकोटबाट फैलिएको स्वास्थ्यकर्मीले अनुमान गरेका छन् । ताँजाकोटमा १० बढीले ज्यान गुमाएका छन् । सँगै जोडिएका छिमेकी गाउँ भएकाले छिटो सङ्क्रमण फैलिएको र केही समस्या मौसम परिवर्तनले पनि निम्त्याएको उपचारमा संलग्न अहेव धनबहादुर फँडेराले बताए ।

बिरामीको अवस्थामा सुधार हँुदै आए पनि पूर्णरूपमा निको हुन एक साता बढी लाग्ने स्वास्थ्यकर्मीको भनाइ छ । भाइरल ज्वरो कम्तीमा पनि पूर्ण नियन्त्रणमा आउन दुई साता लाग्ने उनीहरुको भनाइ छ । सबैजसो बिरामी परेपछि त्रासमय बनेको गाउँको अवस्था पनि सामान्य हुँदै गएको छ । बिरामीमा रुघाखोकी लाग्ने, टाउको दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखापरेका छन् । सङ्क्रमण पाका उमेर र कलिला उमेर समूहकालाई देखिएको छ ।

यता जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहका स्वास्थ्य शाखासँग नियमित सम्पर्क जारी राखेको छ । भाइरल ज्वरो सर्ने खतरा बढी भएकाले पूर्वतयारीस्वरूप आवश्यक परामर्श र सम्पर्क जारी राखेको कार्यालय प्रमुख अशोक सिंहको भनाइ छ । हुम्लाको ताँजाकोटबाट रोगको सङ्क्रमण बाजुराको क्युडी, पाडी, बिँच्छ्यामा फैलिएको र अन्य क्षेत्रमा पनि सर्नसक्ने अनुमानका आधारमा तयारी अवस्थामा बस्न निर्देशनसमेत गरिएको छ ।

हुम्लासँग जोडिएका हिमाली गाउँपालिकासहित, स्वामिकात्र्तिक खापर, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकाले उच्च सतर्कता अपनाएका छन् । औषधिको जोहोसहित स्वास्थ्यकर्मीलाई समेत तयारी अवस्थामा राखिएको छ ।

वि.सं.२०७६ वैशाख २४ मंगलवार ११:०६ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...