back
CTIZAN AD

औषधिसहित स्वास्थ्यकर्मी सर्मी गाउँमा

वि.सं.२०७६ वैशाख २४ मंगलवार

504 

shares

२४ बैशाख, हुम्ला । अज्ञात रोगले जुम्लाको तातोपानी गाउँपालिका–७ सर्मीमा पूरै गाउँले बिरामी परेपछि औषधिसहित स्वास्थ्यकर्मी सर्मी गाउँमा पुगेका छन् । यहाँ बिरामी भएकाको स्वास्थ्य जाँचपछि गाउँमा मौसमी रुघाखोकी भएको ताम्ती स्वास्थ्यचौकीका इञ्चार्ज भूपेन्द्र पाण्डेले बताए ।

रोग फैलिएको जानकारी भएपछि आज औषधिसहित स्वास्थ्यचौकीबाट गाउँमै पुगेर बिरामीको स्वास्थ्य अवस्था जाँच गरी उपचार गरिएको उनले बताएका छन् । उनका अनुसार आज बिहान १० बजेबाट दिउँसो २ बजेसम्म १५२ बिरामीको स्वास्थ्य जाँच र उपचार गरिएको थियो ।

सो जाँचमा ३९ बालबालिका रहेका उनले बताएका छन् । मौसमका कारण समस्या देखिएको र अब विस्तारै सुधार हँुदै जाने उनले जानकारी दिए । बिरामीले शुरुमा ज्वरो आउने, रिङ्गटा लाग्ने, वाकवाकी लाग्ने, खाना नरुच्नेजस्ता लक्षण देखिएको उनले बताए । तातोपानी– ७ का अन्य गाउँमा समेत रुघाखोकी फैलिएको आंशिक जानकारी भएको र आजै गाउँ पुगेर बिरामीको स्वास्थ्य बुझ्ने समेत उनले जानकारी दिएका छन् ।

 

बाल विवाह कायमै

जुम्लामा बाल विवाह अझै कायमै छ । बाल विवाह र छाउपडी प्रथाले सामाजिक संरचना बिगारेको तिला गाउँपालिका–१ का स्थानीय कोलबहादुर रावतले बताएका छन् । उमेर नपुगेर केटाकेटीको इच्छा विपरीत जात, धर्म, परम्परा आदिका नाममा बाल विवाह र छाउपडी प्रथा हुने गरेकाले सामाजिक संरचना बिगारेको दयार गाउँका दन्त शाहीले बताए । मुलुकी ऐनको पछिल्लो संशोधनमा विवाह गर्न २० वर्ष पूरा गर्नुपर्ने प्रावधान भए पनि यहाँ बाल विवाह जस्तो सामाजिक कुप्रथा कायमै छ ।

बाल विवाह परम्परागत सामाजिक अभ्यास भए पनि अहिले यसलाई कुसंस्कारको रुपमा लिइन्छ । समाज सुधार गर्न र विभिन्न प्रतिबद्धता पूरा गर्न सरकारले विभिन्न नीतिगत तथा कानूनी प्रयास गरे पनि त्यो गाउँस्तरसम्म पुग्न नसकेको शाहीको भनाइ छ । बालिका रजश्वला हुनुभन्दा पूर्व नै विवाह गर्दा धार्मिक एवं सामाजिक दृष्टिकोणबाट उपयुक्त हुन्छ भन्ने धार्मिक अन्धविश्वास र परम्पराका कारण पनि बाल विवाह हुने गरेको रावतले बताए ।

बेरोजगारी, आर्थिक अभाव र धेरै सन्तान भएका कारण बाध्यताले पनि बाल विवाहजस्ता गैरकानूनी कार्य हुने गरेको स्थानीय सेतु शाहीले जानकारी गराएका छन् । सामाजिक, रीतिरिवाज, धार्मिक एवं सांस्कृतिक प्रचलनका कारणले छाउपडी प्रथा र बाल विवाह समाजमा यथावत रहेको स्थानीय रिवन परियारले बताउए । परम्परा र कुरीतिका कारणले गर्दा अहिलेसम्म पनि बाल विवाह नरोकिएको उनको भनाइ छ ।

सानै उमेरमा बालिका गर्भवती भएमा आफू स्वस्थ्य रहन र बच्चासमेत स्वस्थरुपमा जन्माउन नसक्ने भई गर्भवती आमा तथा बच्चाको समेत अकालमा नै ज्यान जाने भएकाले बाल विवाहलाई रोक्नुपर्ने उनको सुझाव छ । प्लान इन्टरनेश्नल नेपालको सहयोग र आत्मसम्मानका लागि सहकार्य क्याड नेपाल जुम्लाको आयोजनामा भएको अन्तरपुस्ता अन्तक्र्रिया कार्यक्रममा सहभागी हिमा गाउँपालिका स्थानीयले बाल विवाह र छाउपडी प्रथा न्यूनीकरणका लागि कार्य योजना निर्माण गर्ने बताएका छन् ।

वि.सं.२०७६ वैशाख २४ मंगलवार १७:१० मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...