back
CTIZAN AD

सडक मर्मतको काम शुरु

वि.सं.२०७६ वैशाख २५ बुधवार

540 

shares

२५ वैशाख, काठमाडौँ । कोटेश्र–कलङ्की सडकमा बालकुमारी, ग्वार्खो, महालक्ष्मीस्थानलगायतका स्थानमा मर्मतको काम शुरु भएको छ ।

गत पुसमा चीन सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेपछि यहाँको सडकमा मर्मत शुरु भएको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ । मर्मत अवधि एक वर्षको हुने योजनाका सूचना अधिकारी इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताए । उनका अनुसार यी तीन स्थानमा कालोपत्र पग्लने, उप्कनेलगायतका समस्या देखिएकाले मर्मतको काम भइरहेको हो । उनले भने, “सडकमा सबैभन्दा माथिल्लो तहको कालोपत्र उप्काएर काम भइरहेको छ ।”

सडक, पुललगायतका संरचनामा कुनै पनि खालको समस्या आउँदा एक वर्षसम्म त्यसको मर्मतको जिम्मेवारी ठेकेदार कम्पनीको नै हुने इञ्जिनीयर शर्माले बताए । उनका अनुसार चिनियाँ निर्माण समूह सङ्घाई निर्माण सेवा समूहले पनि यहाँको सडकमा अहिले निरीक्षणको काम गरिरहेको छ । उनले भने, “कुनै पनि खालको समस्या आउँदा उनीहरुले तुरुन्त काम गरिहाल्छन् ।”

चक्रपथको पहिलो चरण कोटेश्वर–कलङ्की सम्पन्न भएसँगै चीन सरकारले दोस्रो खण्ड कलङ्कीदेखि महाराजगञ्ज को पूर्वसम्भाव्यता अध्ययन गरिरहेको छ ।

वि.सं.२०७६ वैशाख २५ बुधवार ११:०२ मा प्रकाशित

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली । कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो...

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

काठमाडौँ  । ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण...

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवद्र्धन गरिँदै

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवद्र्धन गरिँदै

बागमती । हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका–१८ स्थित गोरक्षतालको...

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...