back
CTIZAN AD

रुसी र अमेरिकी विदेशमन्त्री भेटघाटको तयारीमा

वि.सं.२०७६ वैशाख २६ बिहीवार

576 

shares

२६ वैशाख, मस्को (रासस/सिन्ह्वा) । रुसका विदेशमन्त्री सेर्गेइ लाभ्रोभ र अमेरिकी विदेशमन्त्री माइक पोम्पेओेले भेटवार्ताको तयारी गरेका छन् । उनीहरूबीच अर्को हप्ता रुसको सोचीमा भेटवार्ता गर्ने तयारी भएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।

रुसका उप–विदेशमन्त्री इगोर मोर्गुलोभले दिएको जानकारीअनुसार उनीहरूबीच यही मे १४ तारिखका दिन भेटवार्ता हुन लागेको हो ।मस्को र वाशिङटनबीचको छलफलको मुख्य विषय भने उत्तर कोरिया नै रहेको मोर्गुलोभले पत्रकारहरूलाई जानकारी दिए ।

उत्तर कोरियाकै विषयमा केही दिन अगाडि मात्रै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पनि टेलिफोन वार्ता भएको थियो । पुटिन र ट्रम्पको कुराकानीकै आधारमा दुई देशका विदेशमन्त्रीहरूको भेटवार्ता हुन लागेको अधिकारीहरूले बताएका छन् ।

उत्तर कोरियासँग विश्व समुदायको सम्बन्ध सुधार हुन लागेको अपेक्षा गरिरहेका बेला उत्तर कोरियाप्रति असन्तुष्टी र आशङ्का जनाउँदै विश्वका दुई ठूला देशका शीर्ष नेताहरूबीच भइरहेका र हुन लागेका छलफललाई महत्वका साथ हेरिएको छ ।

वि.सं.२०७६ वैशाख २६ बिहीवार १०:३६ मा प्रकाशित

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...