back

‘विश्व व्यापार तनाव दिगो विकासका लागि एउटा धक्का’

वि.सं.२०७६ वैशाख २८ शनिवार

42 

shares

२८ बैशाख, जेनेभा, नेदरल्याण्ड । सिन्ह्वा अहिलेको विश्वमा देखिएको तनावले दिगो विकास लक्ष्यमा एउटा नराम्रो धक्का पुगेको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बताएका छन् ।

व्यापार संगठन (डब्लुटिओ) साधारण परिषद्लाई सम्बोधन गर्ने क्रममा शुक्रबार राष्ट्रसङ्घ प्रमुखले भने, “दिगो विकास लक्ष्यका लागि सकारात्मक दवाब सिर्जना गर्ने हाम्रा प्रयासहरूमा अर्थपूर्ण अवरोधहरू देखिएका छन् ।”

उनले भने, “विश्वव्यापीकरणले कुनै पनि राज्य, व्यवसाय तथा जनतालाई पहिलेभन्दा पनि बढी एक आपसमा आश्रित बनाएको छ र यसले व्यापक विकास र आर्थिक वृद्धिका अवसरहरूको सिर्जना गरेको छ ।”

“तर विश्वव्यापीकरणले जनताको त्रास र चिन्तामासमेत इन्धन थपिदिएको छ र बहुपक्षक्षीय व्यापारका लागि सार्थक सहयोगलाई गम्भीररूपमा कमजोर बनाएको छ,” गुटेर्रेसले भने ।

“विगत केही समय (एक बर्ष) मा विश्वव्यापी व्यापारमा देखिएको तनावले गर्दा अन्तर्राष्ट्रिय आर्थिक वृद्धिलाई खतरातर्फ धकेलिदिएको छ,” राष्ट्रसङ्घका महासचिवले भने । “यि व्यापार तनावहरू दिगो विकासका लागि आवश्यक विश्वव्यापी सहकार्यको महत्वपूर्ण प्रयासमा अवरोधका रूपमा देखिएको छन् ।”

डब्लुटिओ सदस्य राष्ट्रहरूको बहुपक्षीय व्यापार प्रणालीका आधारहरूलाई मजबुत तथा अद्यावधिक गर्न जरूरी रहेको र यसका लागि डब्लुटिओको सुधार प्रयासहरू दिगो विकास लक्ष्यमा आधारित बनी अघि बढ्नु जरूरी छ ।

गुटेर्रेसले भने,“डब्लुटिओकोे सुधार अर्थपूर्ण, न्यायिक, वैधानिक तथा दिगो हुनुपर्छ जसका कारण विश्व व्यापारमा देखिएका चुनौतिलाई प्रभावकारीरूपमा व्यवस्थापन गर्न सकियोस् ।”

वि.सं.२०७६ वैशाख २८ शनिवार १६:३७ मा प्रकाशित

कैदी रिहाइको माग पूरा नगरेसम्म कुनै पनि इजरायली बन्धक नछोड्ने हमासको चेतावनी

कैदी रिहाइको माग पूरा नगरेसम्म कुनै पनि इजरायली बन्धक नछोड्ने हमासको चेतावनी

गाजा पट्टी, प्यालेस्टाइनी अधिनस्थ क्षेत्र । हमासले कैदी रिहाइको माग...

हिमपातका कारण पूर्वी चीनमा अनलाइन पढाइ

हिमपातका कारण पूर्वी चीनमा अनलाइन पढाइ

जिनान । सोमबार बिहानैदेखि शुरु भएको हिमपातका कारण पूर्वी चीनको...

कोप-२८ मा अनावश्यक रणनीतिक अवरोध हटाउन आग्रह

कोप-२८ मा अनावश्यक रणनीतिक अवरोध हटाउन आग्रह

दुबई । दुबईमा औपचारिक वार्ता समाप्त हुनुभन्दा २४ घण्टा अघि...

हिमपातले बेइजिङमा सडक यातायात अवरुद्ध

हिमपातले बेइजिङमा सडक यातायात अवरुद्ध

बेइजिङ । आइतबार साँझदेखि परेको हिमपातका कारण सोमबार बिहानदेखि बेइजिङमा...

टेनेसीमा भीषण आँधीका कारण ६ जनाको मृत्यु, २३ जना घाइते

टेनेसीमा भीषण आँधीका कारण ६ जनाको मृत्यु, २३ जना घाइते

ह्युस्टन । अमेरिकाको टेनेसी राज्यमा आएको भीषण आँधीका कारण कम्तीमा...

अमेरिकामा गोली आक्रमण: ३ जनाको मृत्यु,१ घाइते

अमेरिकामा गोली आक्रमण: ३ जनाको मृत्यु,१ घाइते

न्यु योर्क । संयुक्त राज्य अमेरिकाको जर्जिया राज्यको राजधानी एटलान्टामा...