back
CTIZAN AD

‘विश्व व्यापार तनाव दिगो विकासका लागि एउटा धक्का’

वि.सं.२०७६ वैशाख २८ शनिवार

657 

shares

२८ बैशाख, जेनेभा, नेदरल्याण्ड । सिन्ह्वा अहिलेको विश्वमा देखिएको तनावले दिगो विकास लक्ष्यमा एउटा नराम्रो धक्का पुगेको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बताएका छन् ।

व्यापार संगठन (डब्लुटिओ) साधारण परिषद्लाई सम्बोधन गर्ने क्रममा शुक्रबार राष्ट्रसङ्घ प्रमुखले भने, “दिगो विकास लक्ष्यका लागि सकारात्मक दवाब सिर्जना गर्ने हाम्रा प्रयासहरूमा अर्थपूर्ण अवरोधहरू देखिएका छन् ।”

उनले भने, “विश्वव्यापीकरणले कुनै पनि राज्य, व्यवसाय तथा जनतालाई पहिलेभन्दा पनि बढी एक आपसमा आश्रित बनाएको छ र यसले व्यापक विकास र आर्थिक वृद्धिका अवसरहरूको सिर्जना गरेको छ ।”

“तर विश्वव्यापीकरणले जनताको त्रास र चिन्तामासमेत इन्धन थपिदिएको छ र बहुपक्षक्षीय व्यापारका लागि सार्थक सहयोगलाई गम्भीररूपमा कमजोर बनाएको छ,” गुटेर्रेसले भने ।

“विगत केही समय (एक बर्ष) मा विश्वव्यापी व्यापारमा देखिएको तनावले गर्दा अन्तर्राष्ट्रिय आर्थिक वृद्धिलाई खतरातर्फ धकेलिदिएको छ,” राष्ट्रसङ्घका महासचिवले भने । “यि व्यापार तनावहरू दिगो विकासका लागि आवश्यक विश्वव्यापी सहकार्यको महत्वपूर्ण प्रयासमा अवरोधका रूपमा देखिएको छन् ।”

डब्लुटिओ सदस्य राष्ट्रहरूको बहुपक्षीय व्यापार प्रणालीका आधारहरूलाई मजबुत तथा अद्यावधिक गर्न जरूरी रहेको र यसका लागि डब्लुटिओको सुधार प्रयासहरू दिगो विकास लक्ष्यमा आधारित बनी अघि बढ्नु जरूरी छ ।

गुटेर्रेसले भने,“डब्लुटिओकोे सुधार अर्थपूर्ण, न्यायिक, वैधानिक तथा दिगो हुनुपर्छ जसका कारण विश्व व्यापारमा देखिएका चुनौतिलाई प्रभावकारीरूपमा व्यवस्थापन गर्न सकियोस् ।”

वि.सं.२०७६ वैशाख २८ शनिवार १६:३७ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...