back
CTIZAN AD

व्यापार वार्तामा अमेरिकासँग तीन बिषयमा मुख्य असहमति रहेको चिनियाँ भनाई

वि.सं.२०७६ वैशाख २८ शनिवार

714 

shares

२८ बैशाख, बेइजिङ, चीन ।  अमेरिका–चीनबीच विगत केही महिनादेखि चलिरहेको व्यापार वार्ताका प्रमुख वार्ताकार तथा चिनियाँ उपप्रधानमन्त्री लिउ हेले वासिङ्टन र बेइजिङबीच प्रमुख तीन असहमति रहेको बताएका छन् ।

वासिङ्टनमा दुई दिन लामो वार्तापछि वासिङ्टनमा शुक्रबार साँझ गरिएको पत्रकार सम्मेलनमा लिउले भने, “वार्ता भङ्ग भएको छैन । तर अमेरिकाले चिनियाँ सामानमाथि थप कर वृद्धि गर्ने घोषणाले दुई देशबीच सामान्य तर फरक मोड निम्त्याएको अवस्था हो । दुई देशबीचको वार्ता अपरिहार्य छ ।”

उनले अर्को वार्ता मितिबारे उल्लेख नगरिकन भने, “दुवै पक्षले फेरि बेइजिङमा भेट गर्ने र वार्तालाई अघि बढाउने कुरामा सहमति भएको छ ।”

संयुक्त राज्य अमेरिका र चीनले दुबैतर्फ गरी गत बर्षदेखि करिब ३ खर्ब ६० अर्ब अमेरिकी डलर बराबरको कर वृद्धि गरेका छन् । यसबाट अमेरिकी कृषिजन्य सामानहरूको चीन निर्यात ठूलो पैमानामा घटेको छ भने चीनबाट अमेरिका पुग्ने सामानमा पनि उल्लेख्य कमी आएको छ ।

व्यापार विवादका कारण दुवै देशको विनिर्माण क्षेत्रका सामानमा भएको मूल्य वृद्धिका कारण विश्वका दुई ठूला अर्थतन्त्रका साथै विश्व बजारमा पनि यसको प्रभाव परिरहेको छ ।
यद्यपि लिउले दुई दिन लामो पछिल्लो वार्ता ‘लाभदायी’ भएको बताएका छन् ।

उनले भने “हामीले धेरै कुरामा सहमति जुटाएका छौँ । प्रष्ट भन्नुपर्दा केही क्षेत्रमा मतभिन्नता देखिएको छ । र हामीलाई थाहा छ कि ती मतभिन्नताका बिषय भनेका ठूला सैद्धान्तिक चासोका कुरा हुन् ।”

उनले भने, “पहिलो, चिनियाँ पक्षले सम्झौताका लागि दण्डजन्य सबै कर खारेज गरिनुपर्ने अडान राखेको छ जसमा अमेरिकाले सहमति जनाउन मानेको छैन । यद्यपि यो छलफलको क्रममा रहेको छ ।”

“दोस्रो, चीनले आयात गर्ने अमेरिकी सामानको प्रारम्भिक तथ्याङ्कमा अर्जेन्टिनामा भएको व्यापार सम्झौताका लागि भएको घोषणामा नै चिनियाँ राष्ट्रपति सी चिन फिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सहमति बनेको थियो तर अन्त्यमा तथ्याङ्क के हो भन्नेमा दुवै पक्षबीच फरक फरक धारणा देखिएको छ । हामीलाई लाग्छ यो निकै गम्भीर कुरा हो र त्यो सजिलै परिवर्तन हुन सक्दैन ।”

“तेस्रो कुरा सहमतिको बिषयहरू दुवै पक्षका लागि ‘सन्तुलित’ हुनुपर्छ किनकि कुनै पनि मुलुकले आफ्नो प्रतिष्ठा गुमाउन चाहन्न । मलाई लाग्छ यि सबै ठूला सैद्धान्तिक पक्षहरू हुन् । किनकि हरेक राष्ट्रका आ–आफ्ना हिसाबले महत्वपूर्ण एजेन्डा हुनसक्छन् । हाम्रो (चीनको) कुरा गर्दा हामीले सिद्धान्तका बिषयमा सम्झौता गर्न सक्दैनौँ ।”

अमेरिकी राष्ट्रपतिले चिनियाँ सामानमा दुई खर्ब अमेरिकी डलर बराबरको कर वृद्धि यस पहिले नै गरेको बताएका छन् भने चीनले पनि बदलामा अमेरिकी सामानमाथिको करवृद्धि गरेको छ ।

पछिल्लो हप्ता अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी भन्सार अधिकारीलाई तीन खर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा भन्सार वृद्धि गर्न आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् । योसँगै चीनबाट अमेरिका जाने लगभग सम्पूर्ण सामानमा कर वृद्धि हुने चिनियाँ अधिकारीले बताएका छन् ।

चीनले पनि बदलामा आवश्यक निर्णय लिने अमेरिकी घोषणाको केही मिनेट भित्रमानै जनाइसकेको छ ।

वि.सं.२०७६ वैशाख २८ शनिवार १६:४२ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...