back
CTIZAN AD

२५ रुपैयाँमै पेटभरी भात खुवाउँछन् भैरहवाका रौनियार

वि.सं.२०७६ जेठ १ बुधवार

960 

shares

१ जेठ, भैरहवा । २५ रुपैयाँमा खाना ! सुन्दा पत्यार नलाग्न सक्छ । तर, सत्य हो । भैरहवामा एक व्यवसायीले २५ रुपैयाँमै पेटभरी खाना खुवाउन थालेका छन् ।

भैरहवाका व्यवसायी रवि कुमार रौनियारले आफ्नी स्वर्गीय आमा मायादेविको सम्झनामा स्थापना गरेको मायादेवि च्यारिटेवल फाउन्डेशन अन्तर्गतको ‘अन्नपूर्ण भोजनालय’ मार्फत् खाना खुवाउने जमर्को गरेका हुन् । मंगलबारबाट खाना खुवाउन थालिएको छ । शाकाहारी खाना निम्न आय भएका वर्गलाई खुवाउने व्यवसायी रौनियारले उद्धेश्य राखेका छन् ।

‘२५ रुपैयाँमा निम्न आय वर्गलाई खाना खुवाउने हाम्रो उद्धेश्य हो, ’ उनले भने, ‘तर निम्न वर्गका लागि मात्रै नभई २५ रुपैयाँमा हामिले सबै वर्गलाई खुवाउँछौं ।’
विशेष गरी अस्पताल, सरकारी विद्यालय, मजदुलाई कार्यस्थलमा फाउन्डेशनले घुम्ती सेवाबाट खाना खुवाउने छ ।

‘पहिलो चरणमा १५–१५ दिनको फरकमा खाना खुवाउँछौं, व्यासायी रौनियारले भने, ‘ विस्तारै प्रत्येक दिन खाना खुवाउने हाम्रो योजना छ ।’

फाउन्डेशनले खानामा दाल, भात, तरकारी वा रोटि, तरकारी वा कहिले खीर, तरकारी त कहिले परौठा पालैपालो खुवाउने जनाएको छ । यो सेवा दिनमा ५ सय जनालाई उपलब्ध हुनेछ । बुधबारको अन्नपूर्ण दैनिकबाट

वि.सं.२०७६ जेठ १ बुधवार ०७:५८ मा प्रकाशित

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...