१ जेठ, जनकपुरधाम । प्रदेश नं २ मा सरकार गठन भएको १ वर्ष वितिसक्दा पनि सरकारका केही मन्त्रीहरुले सम्पत्ति विवरण बुझाएका छैनन् ।
आर्थिक वर्ष सुरु भएको ६० दिन भित्र सम्पत्ति विवरण बुझाउन शुसासन ऐनमै व्यवस्था गरिएको छ । तर, त्यसको पालना गराउन राउत सरकार गम्भीर देखिएको छैन ।
मुख्यमन्त्रीसहित १३ सदस्यीय मन्त्रीमण्डलमा चारजना मन्त्रीले सम्पत्ति विवरण बुझाउन कुनै चासो नदेखाएको मुख्यमन्त्री कार्यालयले जाएको छ ।
चालु आर्थिक वर्षको १० महिना बित्न लाग्दा सम्म प्रदेश २ का आर्थिक मामिलामन्त्री विजय यादव, सामाजिक विकासमन्त्री नवलकिशोर साहले सम्पत्ति विवरण बुझाएका छैनन् ।
त्यसैगरी भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राव यादव र उद्योग, वन तथा पर्यटन राज्यमन्त्री सुरेश मण्डलले पनि सम्पत्ति विवरण नबुझाउने सूचीमा छन् । तर, राज्यमन्त्री मण्डलले आफूले विवरण बुझाएको दाबी गर्छन् ।
मुख्यमन्त्री राउत र अन्य मन्त्रीहरुले भने विवरण बुझाए पनि सार्वजवनिक गरिएको छैन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारीलाई सम्पत्ति विवरण सम्बन्धी जानकारी कसैलाई पनि नदिन मन्त्रिमण्डलबाट निर्देशन दिइएको छ ।
बुधबारको अन्नपूर्णपोष्ट दैनिकमा जनकपुरधामबाट मनिका झाले लेखेकी छन् ।
वि.सं.२०७६ जेठ १ बुधवार ०८:०८ मा प्रकाशित





























