उपयुक्त ठाउँ रोज्नुहोस
लोकसेवा तयारी होस या अन्य अध्ययनकालागि डिष्ट्रव नहुने ठाउँको वातावरण तपाईंले रोज्नुपर्ने हुन्छ। त्यस्तो वातावरण, जसले तपाईंको ध्यान पढाइमै मात्र केन्द्रित गरोस्। त्यसका लागि पुस्तकालय एउटा उपयुक्त स्थान हुन सक्छ। पुस्तकालय त एउटा उदाहरण भयो, तपाईंको ध्यान अन्यत्र नमोडिने जुनसुकै ठाउँमा बसेर अध्ययन गर्न सक्नुहुन्छ। तपाईंले अध्ययन गर्ने तपाइको आफ्रनै कोठा अध्ययनका लागि सबैभन्दा उपयुक्त स्थान हुन सक्छ। त्यस्ता स्थानहरूले तपाईंलाई अध्ययनका लागि प्रेरित गर्न सक्छन्। कहिलेकाहीँ कलेजका ‘क्याफ्टेरिया’हरू वा कार्यालय कोठा पनि अध्ययनका लागि रोज्न सकिन्छ। कहिलेकाहीँ दिक्क लागेको बेला तपाईंले सुरम्य एकान्तमा बसेर पनि अध्ययन गर्न सक्नुहुन्छ।
सामाजिक सञ्जालबाट टाढा बस्नुहोस्
तपाईंलाई केही पनि कुराले ‘डिस्टर्ब’ गर्नु हुँदैन। सामाजिक सञ्जालले तपाईंलाई अल्मल्याउन सक्छ। कहिलेकाहीँ इमेलको प्रयोग आवश्यक पर्न सक्छ। तर, अहिलेका मानिसले सामाजिक सञ्जाललाई गफ गर्ने साधन मात्र बनाएका छन्। उनीहरू सामाजिक सञ्जालमा घन्टौंसम्म गफ गरेर बस्छन्। कहिलेकाहीँ त मोबाइल वा अन्य ग्याजेटको प्रयोग पनि सामाजिक सञ्जाल चलाउनका लागि मात्र प्रयोग भएको पाइन्छ। त्यसैले सामाजिक सञ्जालको कम प्रयोग गरेर आफ्नो समय बचाउनुहोस् र अध्ययनमा लाग्नुहोस्।
मोबाइल टाढा राख्नुहोस्
मोबाइलले पनि तपाईंलाई डिस्ट्रब गर्न सक्छ। त्यसैले सबैभन्दा उपयुक्त विकल्प भनेको मोबाइललाई तपाईंबाट टाढा राख्नुहोस्। अथवा तपाईंले साइलेन्टमा पनि राख्न सक्नुहुन्छ। बरु, काम छैन भने मोबाइल नै स्विच अफ गरिदिनुहोस्। इमर्जेन्सी छ भने बेलाबेलामा मोबाइल चेक पनि गर्न सक्नुहुन्छ। तपाईंको मुख्य ध्यान भनेको पढाइमै हुनुपर्छ। यो कुरा तपाईंका साथीहरूलाई पनि भन्नुहोस्। म्यासेज हेर्न सक्नुहुन्छ। जरुरी फोन गर्न सक्नुहुन्छ।
विश्राम लिनुहोस्
अध्ययन सँगसँगै विश्रामको पनि जरुरी हुन्छ। अध्ययन गर्नु पनि अन्य काम गरेजस्तै परिश्रम गर्नु नै हो। यहाँ पनि मेहनत पर्छ। तर, अध्ययनलाई बोझको रूपमा नलिनुहोस् । अध्ययन सामग्रीमा केन्द्रित हुन पनि बेलाबेलामा विश्रामको जरुरी पर्छ। त्यसैले अध्ययनका क्रममा ब्रेकलाई पनि ध्यान दिनुहोस्। दिमागलाई फ्रेस बनाएर अध्ययन गर्नुहोस्।
नोट गर्नुहोस्
लेक्चर नोट गर्नुहोस्। शिक्षकले बोलेको वा तपाइले पढेको कुरा ट्रान्सक्राइब गरेर अध्ययन गरिरहनुपर्छ। यसरी लेखेको तपाईंको नोटकपी एकदमै पुरानो देखिने गरी अध्ययन गर्नुहोस्। ट्रान्सक्राइबे गरेर पढेका वा पढाएको कुरा अध्ययन गर्दा दिमागमा पनि बस्छ। समयसमयमा यसरी बनाएको नोट हेरिरहनुहोस्। नियमित अध्ययन गरिरहनु भएको कुरा साथीहरूलाई सुनाउनुहोस्। यसरी अध्ययन गर्दा जाँचको बेला तपाईंलाई कनै समस्या पर्ने छैन। लेक्चर ट्रान्सक्राइब गरेर अध्ययन गर्नु सबैभन्दा छिटो सिकिने ‘विधि’ हो। पुनर्लेखनले तपाईंलाई याद दिलाउँछ। अध्ययन गरेका सामग्रीहरू छिटो सम्झिन सक्नुहुन्छ।
अध्ययन समूह बनाउनुहोस्
लोकसेवा पास गर्न मेहनत नै गर्नुपर्छ। अध्ययनका लागि परिश्रम गर्नुपर्छ। तयारीको क्रममा आफूसँग मिल्ने केही साथीहरू जम्मा गर्नुहोस्। तर, ती सबै मन र बिचार मिल्न साथीहरू हुनुपर्छ । साथीहरूसँग मिलेर एउटा अध्ययन समूह बनाउनुहोस्। त्यसपछि, अध्ययन पनि समूहमै गर्न थाल्नुहोस्। यसरी अध्ययन गर्दा तपाईंलाई नआएको कुरा अर्को साथीलाई आउन सक्छ। एकलाई नआएको कुरा अर्कोले भन्न सक्छ। यहाँ सबैले एकअर्कालाई सघाउनुपर्छ।
अध्ययनपछि समीक्षा गर्नुहोस्
अध्ययन गरिसकेपछि अन्तिममा पढेको कुरालाई सम्झिनुहोस्। समीक्षाका लागि केही समय छुट्याएर अध्ययन गर्नुहोस्। पढेर किताब बन्द गर्ने हैन, केही समय रिभ्यु गर्ने हो। पढेका कुरा सम्झिनका लागि यो उपयुक्त माध्यम हो। अध्ययनमा बानी लगाउन यो उपयुक्त माध्यम बन्न सक्छ। पढेको कुरालाई लेख्नु पनि पर्छ। लेखर पढ्दा सम्झिन सजिलो हुन्छ।
भने मात्र त्यो सामग्री तपाईंको दिमागमा ताजै बस्छ। आफूले अध्ययन गरेको कुरा तपाइले लामो समयसम्म सम्झीन सक्नु हुनेछ ।
लेखक घरेलु तथा साना उध्ययोग कार्यालयमा कार्यरत छिन ।
वि.सं.२०७६ जेठ १ बुधवार १२:५४ मा प्रकाशित