back
CTIZAN AD

लन्डनको ट्राफलगर स्क्वायरमा २५६३ औं बुद्ध जयन्ती मनाइयो

वि.सं.२०७६ जेठ १ बुधवार

1.2K 

shares

बेलायत । लन्डनको ट्राफलगर स्क्वायरमा भव्यरुपमा २५६३ औं बुद्धजयन्ती मनाइएको छ ।

ट्राफलगर स्क्वायरमा सयौंको उपस्थितिमा आइतबार मनाईएको उक्त बुद्धजयन्ती समारोहमा उल्लेख्यरुपमा नेपाली समुदायको सहभागिता रहेको थियो ।

विश्व शान्तिको कामनासहित दिप प्रज्वलन, प्रवचन, शुभकामना आदानप्रदानका साथै गौतम बुद्ध र लुम्बिनी सम्बन्धी डकुमेन्ट प्रस्तुुति, धार्मिक पूजा, सांस्कृतिक कार्यक्रमका साथै पर्यटन प्रवद्र्धन सम्बन्धी कार्यक्रमहरु पनि गरिएको थियो ।


बेलायतका विभिन्न क्षेत्रबाट झण्डै ६ सय नेपालीहरुको सहभागीता रहेको उक्त कार्यक्रममा बुद्ध फाउन्डेशन युके, कपिलवस्तु समाज युके, नेपाली दूतावास लन्डन, नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली संघ बेलायत लगायतका संघ संस्थाहरुको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा मिडल्याण्ड तथा स्कटल्याण्डबाट पनि सहभागीता रहेको थियो ।

धार्मिक मन्त्रोच्चारणसहित पूजा गरेर सुरु गरिएको कार्यक्रममा नेपाल तथा बेलायतका राष्ट्रिय गानहरु बजाइएको थियो ।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले बुद्धको जन्मस्थल नेपालको लुम्बिनीमा रहेको भन्नेमा संयुक्त राष्ट्रसंघ समेत स्पष्ट रहिसकेको अवस्थामा यसबारे कुनै भ्रम राख्न नहुने बताउँदै नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि सबैको सहयोगका लागि आव्हान गरेका थिए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति तथा कार्यक्रमका प्रमुख अतिथि प्रा.डा हृदयरत्न बज्राचार्यले गौतम बुद्ध र उनको जन्मस्थल लुम्बिनीको विषयमा जानकारीमूलक प्रस्तुति दिएका थिए भने, दक्षिण एशियाली मुलुकहरुको पुरातत्वसम्बन्धी विषयमा विशेष खोज, अनुसन्धान गरेका डुरह्याम युनिभर्सिटीका प्राध्यापक रोबिन कनिंगहमल पनि आफ्नो प्रस्तुति दिएका थिए ।

सोहि अवसरमा नेपाल मामिला हेर्ने बेलायती संसद्को सर्वदलिय समितिका संयोजक एवंम् सांसद विरेन्द्र शर्माले बुद्धको शान्ति सन्देश आजको विश्वका लागि झन बढी सान्दर्भिक बनेको बताएका थिए भने रोयल बरो अफ केंसिंगटन एण्ड चेल्सीको मेयर मेरी टेरेस रोसी, रशुमर बरो काउन्सीलका काउन्सीलर पल टेलर, एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामी लगायतका वक्ताहरुले पनि आफ्नो मन्तव्य दिएका थिए ।

कार्यक्रम आयोजक बुद्ध फाउन्डेशन युकेका अध्यक्ष दीपक श्रेष्ठले बुद्धको सन्देशलाई संसारभरी फैलाउनु पर्ने बताएका थिए भने कार्यक्रमका प्रमुख संयोजक शिवजी श्रेष्ठले कार्यक्रमको लक्ष्य र उद्धेश्यबारे जानकारी गराउँदै लुम्बिनीलाई अन्त्राष्ट्रिय केन्द्रको रुपमा विकास गर्नुपर्ने बताएका थिए ।

त्यसैगरी कार्यक्रममा विभिन्न काउन्सिलको प्रतिनिधित्व गर्ने बेलायती काउन्सिलरको समेत आतिथ्यता रहेको रहेको उक्त अवसरमा नेपाल भ्रमण २०२० सम्बन्धी विभिन्न प्रचार सामग्रीहरु वितरण गरिएको थियो ।

सोहि अवसरमा नेपाली दूतावास लन्डनका राजदूत डा दुर्गाबहादुर सुवेदी, बुद्ध फाउण्डेशन अध्यक्ष दिपक श्रेष्ठ, कपिलवस्तु समाज यूके अध्यक्ष महेन्द्र कुँवर, कार्यक्रम संयोजक शिवजी श्रेष्ठ तथा सहसंयोजकद्धय ह्यारी गुरुङ र जीवन सेन लगायतले कार्यक्रमका प्रमुख तथा विशेष अतिथिहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।

सिम्मी पुनको संयोजनमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु राखिएको उक्त अवसरमा कलाकारहरु सुशिल प्रजापति, विनोद चिपालु र टिसा प्रजापतिले भैरव, कुमारी र लाखेनाँचको फ्युजनमा एक विशेष प्रस्तुति गरेका थिए ।

सयपत्री कल्चर समुहले सारंगीवादन, गायिका शर्मिला बर्देवाको ‘जहाँ छन् बुद्धका आँखा’ बोलको गीत प्रस्तुती तथा मुस्कान घिमिरे लगायत विभिन्न कलाकारले आकर्षक नृत्यहरु प्रस्तुत गरिएको थियो ।

लक्षुमन गुरुङ र गौमाया गुरुङले सञ्चाल रहेको उक्त समारोहमा बुद्ध फाउण्डेशनका कोषाध्यक्ष राजन खकुरेलले सहयोगदाताहरुको नाम पढेर सुनाएका थिए ।

वि.सं.२०७६ जेठ १ बुधवार १२:४९ मा प्रकाशित

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोम सापकोटाले...

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

लागोस, नाइजेरिया । नेपालमा आएको बाढीबाट प्रभावित नागरिकका लागि अफ्रिकामा...

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...