back
CTIZAN AD

बेलायतमा आयोजना हुने नेपाली ओपन कन्र्सटको तयारी पूरा

वि.सं.२०७६ जेठ १ बुधवार

1K 

shares

बेलायतमा बार्षिक रुपमा आयोजना हुन लागेको नेपाली ओपन कन्सर्टको तयारी पूरा भएको छ ।

वरिष्ठ गायककार प्रेमध्वज प्रधान,चर्चित कलाकारहरु काउली बुरी, कुलेन्द्र बिक लगायतका कलाकारहरुको भव्य प्रस्तुति रहने उक्त कन्र्सटको तयारी पूरा भएको आयोजक मगर संघ युकेकी  सांस्कृतिक सचिव सरु रानाले जानकारी दिएकी छन् ।

त्यस्तै मगर संघकी वरिष्ठ उपाध्यक्ष  सिता पुनले सबै बन्दोबस्त गरिसकेको बताइन् भने संघका अध्यक्ष सुनिल रानाले कार्यक्रम भव्य बनाउनका लागि आफूहरु अहोरात्र लागेको बताए ।

अध्यक्ष रानाले बेलायतका बुद्धिजीवी, व्यवसायी, विभिन्न संघ संस्थाका नेतृत्व तथा प्रतिनिधि सहभागी रहने बताउँदै बेलायतबासी नेपालीलाई चुलो निम्तो दिएको र उपस्थित हुने ठूलो आसा राखेको बताए ।

‘यो नेपाली शिर उचाली संसारमा लम्किन्छ । जुन किरीझै ज्योति बाली अन्धाकारमा चम्किन्छ । जब यो गीत घन्कीन्छ हामी सम्पूर्ण नेपालीको छाती गर्वले चौडा हुन्छ,’ अध्यक्ष रानाले भने, ‘आज साच्चै गर्व महसुस भएको छ । हामी सम्पूर्ण नेपालीहरुकै लागि आयोजना गरिएको ‘नेपाली ओपन कन्सर्टमा’ सबैको सहभागीता रहनेछ ।’
यु के मगर संघ र नेपाल राजदूताबासको सहकार्यमा आयोजना हुने कार्यक्रममा वरिष्ठ गायककार प्रेमध्वज प्रधानको सहभागीता रहनेछ ।

अध्यक्ष रानाले नेपाली सांगीतिक क्षेत्रमा विशिष्ठ योगदान दिएका प्रधानको कदर तथा सम्मानका लागि पनि बेलायतबासी समस्त नेपाली दाजुभाई तथा दिदी बहिनी, आमा, बुवा, बाजे, बोजु सम्पूर्णलाई कार्यक्रममा आइदिनु हुन अनुरोध गरेको बताएका छन् ।

कार्यक्रम हुने मिति र समय :-

Venue: Farnborough Footbool Club Cherrywood Rd, GU14 8UD Date/Time 1st June/Gate Open 11:00am

Senior VP Sita Pun-07482017817

Treasurer Hom Roka -07828422128

वि.सं.२०७६ जेठ १ बुधवार १३:१३ मा प्रकाशित

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...