back
CTIZAN AD

यार्साको अवैध चोरी रोक्न युवा तथा सुरक्षाकर्मीको गस्ति

वि.सं.२०७६ जेठ १ बुधवार

870 

shares

१ जेठ, डोल्पा । यार्सागुम्बाको अवैध चोरी निकासी रोक्नका लागि सुरक्षाकर्मी र स्थानीय युवाको सामूहिक गस्ती शुरु गरिएको छ । बहुमूल्य जडीबुटी यार्सागुम्बाको सङ्कलन समय नजिकिएसँगै अवैध चोरी निकासी रोक्नका लागि डोल्पाका यार्सा पाटनमा सुरक्षाकर्मी र स्थानीय युवाको सामूहिक गस्ती शुरु गरिएको हो ।

पाटनमा हुने अवैध तस्करी रोक्नका लागि जिल्लाका विभिन्न यार्सागुम्बा पाटनमा ठूलोे सङ्ख्यामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी खटाइएको छ । निकुञ्जभित्र पर्ने यार्सा पाटनमा गस्तीका लागि नेपाली सेना खटाइएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ ।

जेठ १३ मा मात्रै यार्सागुम्बा सङ्कलनका लागि यार्सा पाटन खुल्ला गर्ने निर्णय भएकाले यसअघि अवैधरुपमा पाटन छिर्ने जो कोहीलाई सेनाको सुरक्षा गस्तीले पक्राउ गर्ने निकुञ्जले जनाएको छ । निकुञ्ज क्षेत्रभित्र पर्ने भोक्पा, भाङ्का, सागबारी, कुनासालगायतका यार्सा पाटनमा सेनाले गस्ती गरिरहेको छ ।

निकुञ्जका अनुसार जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रभित्र पर्ने यार्सा पाटनमा पनि सुरक्षा व्यवस्था कडाइ गरिएको छ । ठूलीभेरी नगरपालिकाअन्तर्गतका माझफाल, थरगाउँ, दुरगाउँ, तालीमा पर्ने विभिन्न यार्सा पाटनमा सुरक्षा व्यवस्था कडाइ पारिएको छ ।

यार्सागुम्बाको औपचारिक रुपमा सङ्कलन गर्ने समय अगावै चोरी निकासी नहोस् भनेर मेली सामुदायिक वनअन्तर्गतका रुपपानी, माजडाँडा, फुर्के, ज्ञाने, माजगाडीलगायतका दर्जनाँै यार्सागुम्बा पाटनमा स्थानीय युवा र सशस्त्र प्रहरीले सामूहिक गस्ती गरिरहेको छ । जिल्ला प्रवेश गर्ने यार्सा पाटनका नाकामा समेत विशेष कडाइ गरिएको समितिले जनाएको छ ।

विगतका वर्षमा पाटन खुल्नुअगावै तस्करले समूह बनाएर यार्सागुम्बाको अवैध चोरी निकासी गर्ने गरेकाले त्यसलाई रोक्न २८ गतेदेखि स्थानीय र सशस्त्र प्रहरी मिलेर गस्ती शुरु गरेको स्थानीय युवा सुशील बुढाले बताए ।

अघिल्ला वर्षमा स्थानीय गस्ती टोली र यार्सा तस्करबीच गोली हानाहानसम्म हुने र स्थानीय त्रसित हुने भएकाले यस्तो हुन नदिन सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए ।
मेली सामुदायिक वन क्षेत्रमा लेकको बाटोबाट प्रवेश गर्ने अधिकांश रुकुमेली सर्वसाधारण हुने गर्दछन् । यस वन क्षेत्रमा करीब २०० देखि ३०० किलोसम्म यार्सागुम्बा पाइने अनुमान गरिएको छ ।

यार्सागुम्बा सङ्कलनका लागि बीसौँ हजार सर्वसाधारण डोल्पाका यार्सा पाटनमा पुग्ने गर्दछन् । डोल्पाली मात्रै नभई छिमेकी जिल्ला रुकुम, जाजरकोट, जुम्ला, मुगुलगायतका मान्छेका लागि आयआर्जनको मुख्य स्रोत नै यार्सागुम्बा सङ्कलन हो । रासस

वि.सं.२०७६ जेठ १ बुधवार १३:४५ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...