back

पुनद्वारा अग्नि पीडितलाई खाद्यान्न तथा लत्ताकपडा बितरण

वि.सं.२०७६ जेठ १ बुधवार

33 

shares

१ जेठ, काठमाण्डौं । गत बैशाख २४ गते दाङ घोराही उपमहानगरपालिका १ तल्नो माले र सिरुखर्कमा आगलागीमा परेका १२ वटै घरपरिवारलाई राहत बितरण गरिएको छ ।

घोराही उपमहानगरपालिका १ सिमलटाराका स्थायी निवासी शोभाराम पुनले पीडित परिवारलाइ बैशाख २८ गते बुवा र आमाको हातबाट लत्ताकपडा र खाद्यान्न बितरण गरेका छन् ।

विगत १० बर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा ओमानमा कार्यरत रहेका पुनले गत सोमबार सबै घरपरिवारलाई चामल, नुन, तेल र लत्ताकपडा वितरण गरेका हुन् ।

‘डिउटीबाट भर्खरै रुममा फर्किएको थिए, फेसबुक खोलेर हेर्दा आफू जन्मेको हुर्केको गाउँ ठाउँमा बनबाट निस्केको आगोले सारा गाउँ नै जलाएको समाचार आयो मन आत्तियो के गरौ कसो गरौ भन्ने भयो ।’ पुनले भने, ‘तत्काल घटनास्थलमा जान सक्ने मेरो अबस्था नै थिएन घरमा फोन गरेर बुवा आमालाई बुझन लगाए कसैको केही नरहेको सबै जलेर नस्ट भएको खबरले मन भक्कानियो अनि श्रीमती बुवाआमासँग समन्वय गरेर गत सोमबार सवै घर परिवारलाई चामल नुन तेल लत्ताकपडा बितरण गरियो ।’

गर्मी यामको समय रहेको र आगलागी हुने संभावना अति हुने हुनाले त्यसबाट बच्ने उपाय नभएको बताए । पुनले स्थानीय सरकार भएपनि गाउपलिकाको कार्यालय १५ किलोमिटर टाढा रहेको तथा बाटोघाटो पनि अप्ठ्यारो त्यहाँबाट दमकल आउननै समस्या रहेकोले आगो नियन्त्रणमा समस्या नहुने बताए ।

वि.सं.२०७६ जेठ १ बुधवार १४:३९ मा प्रकाशित

केयूले ल्याएको हाइड्रोजन कार

केयूले ल्याएको हाइड्रोजन कार

काठमाडौँ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) परिसरमा कोरियाबाट भर्खरै ल्याइएको...

गुणस्तरीय सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्छ : मन्त्री शर्मा

गुणस्तरीय सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्छ : मन्त्री शर्मा

दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनताको सबैभन्दा...

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन्-अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन्-अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन

चितवन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुनलाई हातमा लिने...

हिमालय एयरलाइन्सको काठमाडौँ-साङ्घाई उडान सुरु

हिमालय एयरलाइन्सको काठमाडौँ-साङ्घाई उडान सुरु

काठमाडौँ । हिमालय एयरलाइन्सले चीनको साङ्घाई सहरमा सिधा उडान सुरु...

बसको ठक्करबाट दुई जनाको मृत्यु

बसको ठक्करबाट दुई जनाको मृत्यु

लुम्बिनी । रूपन्देहीको लुम्बिनीमा स्कुल बसको ठक्करबाट दुई जनाको ज्यान...

भरतपुर अस्पतालमा थपियो भेन्टिलेटरसहितको अत्याधुनिक आइसियु शैथ्या

भरतपुर अस्पतालमा थपियो भेन्टिलेटरसहितको अत्याधुनिक आइसियु शैथ्या

चितवन । भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा श्यया थप...