back
CTIZAN AD

पुनद्वारा अग्नि पीडितलाई खाद्यान्न तथा लत्ताकपडा बितरण

वि.सं.२०७६ जेठ १ बुधवार

975 

shares

१ जेठ, काठमाण्डौं । गत बैशाख २४ गते दाङ घोराही उपमहानगरपालिका १ तल्नो माले र सिरुखर्कमा आगलागीमा परेका १२ वटै घरपरिवारलाई राहत बितरण गरिएको छ ।

घोराही उपमहानगरपालिका १ सिमलटाराका स्थायी निवासी शोभाराम पुनले पीडित परिवारलाइ बैशाख २८ गते बुवा र आमाको हातबाट लत्ताकपडा र खाद्यान्न बितरण गरेका छन् ।

विगत १० बर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा ओमानमा कार्यरत रहेका पुनले गत सोमबार सबै घरपरिवारलाई चामल, नुन, तेल र लत्ताकपडा वितरण गरेका हुन् ।

‘डिउटीबाट भर्खरै रुममा फर्किएको थिए, फेसबुक खोलेर हेर्दा आफू जन्मेको हुर्केको गाउँ ठाउँमा बनबाट निस्केको आगोले सारा गाउँ नै जलाएको समाचार आयो मन आत्तियो के गरौ कसो गरौ भन्ने भयो ।’ पुनले भने, ‘तत्काल घटनास्थलमा जान सक्ने मेरो अबस्था नै थिएन घरमा फोन गरेर बुवा आमालाई बुझन लगाए कसैको केही नरहेको सबै जलेर नस्ट भएको खबरले मन भक्कानियो अनि श्रीमती बुवाआमासँग समन्वय गरेर गत सोमबार सवै घर परिवारलाई चामल नुन तेल लत्ताकपडा बितरण गरियो ।’

गर्मी यामको समय रहेको र आगलागी हुने संभावना अति हुने हुनाले त्यसबाट बच्ने उपाय नभएको बताए । पुनले स्थानीय सरकार भएपनि गाउपलिकाको कार्यालय १५ किलोमिटर टाढा रहेको तथा बाटोघाटो पनि अप्ठ्यारो त्यहाँबाट दमकल आउननै समस्या रहेकोले आगो नियन्त्रणमा समस्या नहुने बताए ।

वि.सं.२०७६ जेठ १ बुधवार १४:३९ मा प्रकाशित

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...