१ जेठ, काठमाण्डौं । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएको एक वर्षपछि नेकपाले पोलिटब्यूरो गठन गरेको छ ।
१४७ सदस्यीय पोलिटब्यूरोमा ८१ जना पूर्व एमाले र ६६ जना पूर्व माओवादी तर्फबाट चयन गरिएका छन् ।पूर्व एमालेको तर्फबाट ५९ जना पूर्व पोलिटब्युरो सदस्य नेकपाको पोलिटब्यूरोमा रहेका छन् । नयाँं थप २२ जनाको टुंगो समेत लागेको छ ।
त्यस्तै पूर्व माओवादीको तर्फबाट नेकपाको स्थायी समितिमा रहेका १९ जनाबाहेक पोलिटब्यूरोका लागि थप ४७ जनाको टुंगो लगाउन निकै रस्साकस्सी भएको थियो ।
अन्ततः दुवै तर्फबाट अन्तिम नामावली टुंगो लगाइएको छ । नेकपाको सचिवालयका एक जना सदस्यका अनुसार प्रधानमन्त्री केपी ओली भियतनाम र कम्बोडियाको भ्रमणमा जानुअघि २५ वैशाखमा पाँच जना नेता रहेको कार्यदलले पोलिटब्यूरोको सूचीलाई अन्तिम रुप दिएको हो, जसलाई जेठ ३ गते बस्ने सचिवालयको बैठकबाट अनुमोदन गरि औपचारिक रुपमा घोषणा गर्ने कार्यक्रम छ ।
यी हुन् पूर्व एमालेको तर्फबाट नेकपाको पोलिटब्यूरोमा छनोट भएका नयाँ २२ जनाः केदार न्यौपाने, कृष्णगोपाल श्रेष्ठ, घनेन्द्र बस्नेत, देवराज घिमिरे, खगराज अधिकारी, धर्मनाथ साह, गुरु बराल, नरेश खरेल, भानुभक्त जैशी, विजय सुब्बा, शेरबहादुर तामाङ, वैजनाथ चौधरी, केशवलाल श्रेष्ठ, शुशीला नेपाल, जयन्ती राई, कल्याणी खड्का, गरिमा शाह, चुडामणी जंगली, नजिर मियाँ, जीवनराम श्रेष्ठ, रामचन्द्र यादव, गौरी ओली रहेका छन् ।
यी हुन्, पूर्वमाओवादीको तर्फबाट पोलिटब्यूरोमा थपिएका ४७ सदस्यः हितमान शाक्य, कुलप्रसाद केसी,जयपुरी घर्ती, दिनानाथ शर्माहितराज पाण्डे, विश्वनाथ साह, डिलाराम आचार्य, उर्मिला अर्याल, ओनसरी घर्ती, प्रभु साह, प्रल्हाद बुढाथोकी, सुनिल मानन्धर, सुरेन्द्र कार्की, जोखबहादुर महरा, नारायण दाहाल, सन्तु दराई, गणेशमान पुन, हितबहादुर तामाङ, जगप्रसाद शर्मा, कालीबहादुर मल्ल, कमला रोक्का, झक्कु सुवेदी, हरिराज अधिकारी, सुरेशकुमार राई, शशी श्रेष्ठ, डिआर पौडेल, रेखा शर्मा, पूर्णकुमारी सुवेदी, टेकबहादुर बस्नेत, खगराज भट्ट, महेश्वर गहतराज, अन्जना विशंखे, राजु खड्का, कृष्णध्वज खड्का, श्रवण यादव, मायाप्रसाद शर्मा, यशोदा सुवेदी, अमृता थापा, सूर्यप्रसाद सुवेदी, सावित्रीकुमार काफ्ले, महेश्वर दाहाल, रामचन्द्र झा, दिलीप प्रजापति, श्रीराम ढकाल, महेन्द्र पासवान, अजम्बर काङवाङ र सुरेश आले मगर रहेका छन् ।
नेकपाको पोलिटब्यूरोमा पूर्व माओवादीको तर्फबाट ६६ जना रहने सहमती बनेको छ । जसमा अहिले स्थायी समितिमा रहेका १९ जना र थप ४७ जना गरि ६६ पुर्याइएको छ ।
यी हुन्, पूर्व माओवादीतर्फका स्थायी समिति सदस्य जो, पोलिटब्यूरोमा स्वतः छनोट भएका छन् ।
पुष्पकमल दाहाल (प्रचण्ड), नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा (बादल), देव गुरुङ, टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, अग्नि सापकोटा, बर्षमान पुन, शक्ति बस्नेत, जनार्दन शर्मा, पम्फा भुसाल, मात्रिकाप्रसाद यादव, गणेश साह, लेखराज भट्ट, देवेन्द्र पौडेल, चक्रपाणि खनाल, लिलामणि पोखरेल र मणि थापा ।
नेकपाका १४७ सदस्यीय पोलिटब्यूरोमा ८१ जना पूर्व एमाले र ६६ जना पूर्व माओवादी तर्फबाट चयन गरिएको छ ।
पूर्व एमालेको तर्फबाट पहिले पोलिटब्यूरो सदस्य रहेका यी ५९ जना : केपी शर्मा ओली, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम,अष्टलक्ष्मी शाक्य, भीम रावल, ईश्वर पोखरेल, विष्णु पौडेल, घनश्याम भुसाल, पृथ्वीसुब्बा गुरुङ, प्रदिप ज्ञवाली, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, किरण गुरुङ , छविलाल विश्वकर्मा, बेदुराम भुसाल, मुकुन्द न्यौपाने, विष्णु रिमाल, युवराज ज्ञवाली, रघुजी पन्त, रघुवीर महासेठ, सत्यनारायण मण्डल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, सुवास नेम्वाङ, अरुण नेपाल, काशीनाथ अधिकारी, गंगालाल तुलाधर, थममाया थापा, नागेन्द्र चौधरी, प्रदिप नेपाल, प्रकाश ज्वाला, परशुराम मेघी गुरुङ, पशुपति चौलागाई, विन्दा पाण्डे, भानुभक्त ढकाल, महेन्द्र पाण्डे, यामलाल कँडेल, राजेन्द्रप्रसाद पाण्डे, राधा ज्ञवाली, रामप्रित पासवान, लालबाबु पण्डित, विजय पौडेल, श्रीमाया थकाली, कर्ण थापा, गोकुल घर्तीमगर, गोरख वोेगटी, गौरा प्रसाई कोईराला, जगत विश्वकर्मा, जगन्नाथ खतिवडा, तुलवहादुर गुरुङ, दलवहादूर रानाडा. वंशीधर मिश्र, भागवत विश्वासी, युवराज कार्की, योगनारायण यादव, शत्रुधन महतो र शेरधन राई ।
वि.सं.२०७६ जेठ १ बुधवार १५:५४ मा प्रकाशित