back
CTIZAN AD

११ वटै वडामा ६५ हजार फलफूलका बिरुवा वितरण गरिने

वि.सं.२०७६ जेठ १ बुधवार

831 

shares

१ जेठ, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालकाले यहाँका ११ वटै वडामा ६५ हजार फलफूलका बिरुवा वितरण गर्ने भएको छ । व्यावसायिक कृषिलाई गाउँपालिकाले आफ्नो प्राथमिकतामा राखेकामा सम्भाव्य फलफूल खेती एवं कृषिको स्थान पहिचानका लागि विभिन्न ७६५ स्थानको माटो परीक्षण गरी बिरुवा वितरण गर्न लागेको हो ।

चालू आर्थिक वर्षमा नै ६५ हजार बिरुवा वितरण गर्ने योजनाअन्तर्गत यही असार मसान्तभित्र कृषकले आ–आफ्ना खेतबारीमा बिरुवा सारिसक्ने गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिए । “कृषकको चाहनाअनुसार उहाँहरूले के के जातका फलफूल लगाउन चाहानुहुन्छ, हामीले वडा कार्यालयमार्फत् निवेदन माग गरेका छौँ”, उनले भने, “जग्गामा बढ्दै गएको अम्लीपनको निवारणका लागि गाउँपालिकाभित्र ५८५ बोरा कृषि चुन निःशुल्क वितरण गरिसकिएको छ ।”

गाउँपालिकाले कृषकलाई वितरण गर्नका लागि धनकुटा पाख्रीबासबाट पाँच हजार एबोकार्डो, दुई हजार सुन्तलाका बिरुवा ल्याएको छ । त्यस्तै १० हजार कुरिलो, चार हजार लप्सी, १० हजार तेजपत्तालगायतका बिरुवा गाउँपालिकाको नर्सरीबाटै उत्पादन गरेको उहाँले जानकारी दिए । उत्पादनका माध्यमबाट सर्वसाधारणको आयआर्जनमा वृद्धि गर्ने गाउँपालिकाको लक्ष्य रहेको उल्लेख गर्दै अध्यक्ष कुँवरले त्यसका लागि स्थानीयवासीको जागरुकता अपरिहार्य भएको बताए ।

वि.सं.२०७६ जेठ १ बुधवार १५:२० मा प्रकाशित

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवद्र्धन गरिँदै

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवद्र्धन गरिँदै

बागमती । हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका–१८ स्थित गोरक्षतालको...

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा...

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...