back

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय ‘रत्न तथा आभूषण’ मेला हुँदै

वि.सं.२०७६ जेठ १ बुधवार

27 

shares

१ जेठ, काठमाण्डौं । सरकारको सहभागितामा नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय ‘रत्न तथा आभूषण’ मेला हुने भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खानी तथा भूगर्भ विभागको आयोजना तथा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घको सहकार्यमा यही जेठ ३ देखि ५ गतेसम्म मेला हुन लागेको हो ।

खानी तथा भूगर्भ विभाग परिसर लैनचौरमा हुने मेलामा नेपालमा उत्खनन भएका अति महत्वपूर्ण तथा महत्वपूर्ण सुन, चाँदी, रत्न पत्थरलगायतका सामग्री प्रदर्शनीमा राखिनेछन् । नेपालको पूर्व ताप्लेजुङदेखि पश्चिम दार्चुलासम्म फैलिएका हिमशृङ्खला तथा पहाडमा बहुमूल्य रत्न पत्थर पाइने गरेको र त्यसलाई प्रदर्शन गर्न लागिएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।

स्वदेशी रत्न, पत्थर तथा खनिजको प्रवद्र्धन गरी आभूषणको निर्यात विस्तार एवं आयात प्रतिस्थापनामा टेवा पु¥याउने उद्देश्यले मेला आयोजना गरिएको विभागका सहसचिव जयराज घिमिरेले जानकारी दिए । नेपालमा उत्खनन भएका रत्न पत्थर तथा गरगहनाको मौलिकता, विविधता, विशिष्टतालाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा उजागर गरी निर्यात प्रवद्र्धन, रोजगारी विस्तार एवं राजश्व अभिवृद्धिमा थप योगदान पुग्ने विभागको विश्वास छ ।

मेलामा सरकारका सम्बन्धित क्षेत्रका विभिन्न निकाय, निजी क्षेत्रका अग्रणी संस्था, भारत, चीन, थाइल्याण्ड, जापान, म्यानमार, श्रीलङ्का, बङ्गलादेश, मलेशियालगायतका ७० स्टल रहने सहसचिव घिमिरेले बताए ।
मेलामा खनिज प्रशोधनसम्बन्धी विभिन्न प्रविधि देखाउनका साथै विभिन्न बैठक हुने आयोजकले जनाएको छ ।

वि.सं.२०७६ जेठ १ बुधवार १५:०९ मा प्रकाशित

अपाङ्गता भएका यात्रुलाई नेपाल एयरलाईन्सले हवाई भाडामा छुट दिने

अपाङ्गता भएका यात्रुलाई नेपाल एयरलाईन्सले हवाई भाडामा छुट दिने

काठमाडौँ । नेपाल वायुसेवा निगमले आन्तरिक हवाई उडानमा अपाङ्गता भएका...

कोशी प्रदेशमा तीन मन्त्रीलाई जिम्मेवारी, कस्ले कुन मन्त्रालय पाए ?

कोशी प्रदेशमा तीन मन्त्रीलाई जिम्मेवारी, कस्ले कुन मन्त्रालय पाए ?

विराटनगर । कोशी प्रदेश सरकारका तीन मन्त्रीलाई जिम्मेवारी बाँडफाँट गरिएको...

साताको पहिलो दिन सेयर बजारमा उच्च अंकको गिरावट

साताको पहिलो दिन सेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौँ । यो साताको पहिलो कारोबार दिन आज नेपाल स्टक...

योजना आयोगमा जिम्मेवारी बाँडफाँट, कस्ले के जिम्मेवारी पाए ?

योजना आयोगमा जिम्मेवारी बाँडफाँट, कस्ले के जिम्मेवारी पाए ?

काठमाडौं । योजना आयोगका सदस्यहरुको जिम्मेवारी बाँडफाँट गरिएको छ ।...

दूरसंचार प्राधिकरणले दियो ३० कम्पनीलाई सातदिने अल्टिमेटम

दूरसंचार प्राधिकरणले दियो ३० कम्पनीलाई सातदिने अल्टिमेटम

काठमाडौं । दुरसंचार प्राधिकरणले दूरसंचार सेवा प्रदायक ३० कम्पनीलाई सातदिन...

कोप-२८ सकेर आज स्वदेश फर्किदै प्रधानमन्त्री ‘प्रचण्ड’

कोप-२८ सकेर आज स्वदेश फर्किदै प्रधानमन्त्री ‘प्रचण्ड’

  काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ...