back
CTIZAN AD

यसकारण सच्चिन पर्दछ स्थानीय सरकार

वि.सं.२०७६ जेठ १ बुधवार

729 

shares


नेपालको संसदीय इतिहासमा ०५२ देखी ०५६ को समयलाई संसदीय व्यवस्थाको मानकको दृष्टिकोण बाट बिर्सन लायक समय मानिन्छ । त्यो समयमा सांसदहरु भेडा बाख्रा जस्तै बिक्रि हुन्थे । पुरुष सांसदहरुले सुत्केरी भत्ता बुझ्दथे । स्वदेशका होटलमा रासलिला मच्चाउँदा पनि नपुगेर बैंक र सींगापुरमा सुन्दरीहरुका पछि कुद्थे सांसदहरु । अनि सहुलियमा प्राप्त गरेका प्राडो/पजेरो जस्ता गाडी बेच्दै अकुत सम्पत्ति कमाउथे उनीहरु । त्यति मात्रै होइन सरकारमा रहेका मन्त्रीहरु आफै आफ्नो सरकारलाई ढाल्न अविश्वासको पक्षमा मतदान गर्दथे ।

आफैले निर्वाचीत गरेका जनप्रतिनिधिहरुका यस्ता चरीत्रहरुले वाक्क भएका जनतामा व्यापक निरासा छाएको थियो । त्यसैले त्यो बेलाका केहि सांसदहरुले सार्वजनिक स्थलहरुमा संसदको लोगो समेत लगाउन छोडिसकेका थिए । सांसदहरुलाई देख्दा जनताको मनमा दिगमिग आउने गर्दथ्यो । त्यसबाट बच्न उनिहरुले सार्वजनिक स्थानमा लोगोनै नलगाउने गरेको बताउथे ।

व्यवस्थाका पक्षधरहरुको यस्तो रबैया थियो । सासंदहरु ससंदीय गतिविधीबाटै व्यवस्थापन बदनाम लागि परेका थिए । एकातिर जंगलबाट तत्कालीन माओवादीले संसदीय व्यवस्था माथिनै धावा बोलीरहेको थियो । दरबारबाट पनि व्यवस्था असफल बनाउन विभिन्न अफवाहरु बजारमा फलाउने काम भईरहेकोे थियो । आर्कोतिर संसदीय व्यवस्थाका पक्षधरहरुले संसदीय व्यवस्थालाई नै सुँगुरको खोर भन्दा बढि दुर्गन्धित बनाइरहेका थिए ।

यो कुनै कोणबाट पनि शुभ संकेतको लक्षण थिएन । त्यसैको परीणाम ०५९ मा राजाले जननिर्वाचित सरकारलाई अपदस्त गर्दा समेत जनताले दिपावली गर्नु पर्ने अवस्थाको सृजना भयो ।

अहिले यति दृष्टान्त बाध्नुको पछाडी फेरी त्यस्तै दुर्गन्धको संकेत उल्लेख गर्ने अवस्था आएको भन्नका लागि हो । ०६३ सालमा देशमा नयाँ प्रजातान्त्रीक व्यवस्था आएपछि जनतामा पलाएको हौसला ०७२ पछि साँच्चिकै मौलाएको थियो । अझ ०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचन पछि जनतामा एक किसीमको उत्साहा नै थपिएको थियो ।

गाउँ गाउँमा सिहंदरबारको नाराले आममानिसहरुमा उत्साह थपिएको यो क्षण अवीस्मरणीय हुनु पर्नेमा स्थानीय सरकारका जनप्रतिनिधिहरुले फेरी उहि पुरानै सासंदहरुको पारा देखाउनु आफैमा सुखद् लक्षण होइन् । पछिल्लो समय स्थानीय सरकारका पदाधिकारीहरु सेवा सुविधामा बढी लिप्त हुँदा जनताको प्रत्यक्ष निगरानीमा रहेको स्थानीय सरकार बढि आलोचित हुन थालेको छ ।

आफ्नै श्रीमतीलाई भान्से राखेर तलब भत्ता असुल्ने, दोहोरो तलब भत्ता असुल्ने स्थानीय सरकारका पदाधिकारीहरुले स्थानीय सरकारलाई स्तुत्य होइन आलोच्य बनाइरहेका छन् । हाम्रो समाजमा सकारात्मक भन्दा नकारात्मक समाचार छिटो प्रचारमा आउछन् । धेरै जसो स्थानीय सरकारका पदाधिकारीहरुले राम्रा र स्तुत्य काम गरीरहेको भए पनि समाचार नराम्रा काम गर्नेहरुकै बढि आइरहेकै छन् ।

स्थानीय सरकारका पदाधिकारीहरु आफै मातहतका आयोजनाहरुमा ठेकेदार बन्ने प्रवृति भर्खर जनताले अनुभव गर्न थालेको सिहंदरबारका लागि अवस्य सकारात्मक होइन । स्थानीय सरकारका पदाधिकारीहरु डोजर मालिक भएकाले बाटो घाटोमा बढी बजेट छुट्याइएको पाइन्छ । यस कार्यले बजेटको दुरुपयोग त बढाउँछ नै अनावश्यक ठाउँमा डोजर चलाएर धुले बाटा बनाउँदा प्रयावरणीय चक्रलाई समेत नकारात्मक असर पार्छ ।

यसबाहेक स्थानीय सरकारका पदाधिकारीहरुले उपयोग गर्ने सेवा सुविधामा पनि कटौती गर्न सके यसको सकारात्मक सन्देश जनतामा जाने पक्का छ । प्राध्यापक चैतन्य मीश्रको भाषामा भन्ने हो भने निकृष्ट पुजींवादको काम्लो ओडेर घ्यु खाने प्रवृतिमा हुर्केका स्थानीय सरकारका पदाधिकारीहरुले तत्कालै आफ्ना ती दुव्र्यसनीहरु त्याग्नै पर्दछ ।

अन्यथा ०५३ देखी ०५६ सम्मको संसदीय परम्पराले जसरी व्यवस्था नै बदनाम गरायो त्यसरी नै भर्खर गाउँ आएको सिंहदरबार पनि बदनाम हुने पक्का छ । स्थानीय पदाधिकारीका यस्तै शैलीले होला गाउँमा सिहं आएको तर दरबार आइनसकेको भनेर जनताले भन्न थालेका छन् । यसैले समयमैे सोच्ने की स्थानीय सरकारका नेता ज्यू !

वि.सं.२०७६ जेठ १ बुधवार १४:५७ मा प्रकाशित

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा रहेको ८,०५१ मिटर अग्लो...

What Nepal Can Learn from China’s Agricultural Transformation

What Nepal Can Learn from China’s Agricultural Transformation

When people think about China's agricultural transformation, they often imagine...

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

लोकतन्त्रमा कुनै पनि सार्वजनिक संस्थाको आलोचनाभन्दा ठूलो मित्र अरु हुँदैन।...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...