back
CTIZAN AD

फेरि पनि बराबरीमा रोकियो मनाङ

वि.सं.२०७६ जेठ १ बुधवार

933 

shares

 

 

१ जेठ, काठमाण्डौं । एएफसी कप फुटबल अन्तर्गत चौथो चरणको खेलमा घरेलु टोली मनाङ–मस्र्याङ्दी क्लब भारतीय लिग च्याम्पियन मिनर्वा पन्जावसँग बराबरीमा रोकिएको छ ।

मनाङले १० खेलाडीमा समेटिएको पन्जावसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । बराबरीसँगै दुवै टोलीले समूहमा जित निकाल्न सकेनन् । मनाङले भने चौथो खेल सकिदा पनि जित निकाल्न सकेको छैन । यी दुई टोलीले अघिल्लो खेलमा २–२ गोलको बराबरी खेलेका थिए ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलको पहिलो हाफमा मोईरङ्गथेम थोइवा सिंहले गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले ३९औं मिनेटमा रोबर्ट अल्फ्रेडको क्रसमा गोलरक्षकले क्लियर गरेको बललाई बक्सभित्रैबाट जाली चुमाएका थिए ।

पहिलो हाफको इन्ज्युरी समयमा पन्जाव १० खेलाडीमा समेटिएको थियो । इन्ज्युरी समयको दोस्रो मिनेटमा पन्जावका डिफेन्डर प्रतिक जोशी दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएको थिए । उनले मनाङका एडिलाजा सोमिडेमाथि फल गरेका थिए ।

दोस्रो हाफमा मनाङले १० खेलाडीमा समेटिएको पन्जावलाई दवावमा राख्यो । ५४ औं मिनेटमा अभिषेक रिजालको क्रसमा अन्जन विष्टको लो हेडलाई पन्जावका गोलरक्षक अर्स्दिप सिंहले मुस्किलले बचाउदा मनाङ बराबरीबाट चुकेको थियो । ६१औं मिनेटमा हेमन गुरुङको कर्नरमा अजिज सहिदको हेड पोस्टबाट थोरै बाहिरिएको थियो ।

८१ औं मिनेटमा मनाङले बराबरी गोल फर्कायो । मनाङका डिफेन्डर साहिद अजिजले हेडमार्फत बराबरी गोल गरेका थिए । उनले अन्जन विष्टको पासलाई सदुपयोग गरेका थिए । ८९औं मिनेटमा पन्जावले गोल गरेपनि रेफ्रीले अफसाइडको इसारा गरिदिए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा एडिलाजाको क्रसमा बिमल रानाले अफसाइड भनेको छाडेको बललाई आफिज ओलावालेले प्रहार गरेपनि गोलरक्षकले बचाए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल १–१ गोलको बराबरीमा सकियो ।

पहिलो हाफमा दवावमा मनाङले दवावमा खेलेको थियो । खेलको आठौं मिनेटमा लालमुवानपुइया स्यामुइलको बक्सबाहिरको सशक्त प्रहार क्रसबारमा लागेर फर्किएको थियो ।

१३औं मिनेटमा मोईरङ्गथेम थोइवा सिहको प्रहार पनि क्रसबारमा लागेर फर्कदा मनाङ भाग्यशाली सावित भएको थियो । त्यसअघि छैटौ मिनेटमा मनाङले मौका पाएपनि सदुपयोग गर्न सकेनन् । ३९औं मिनेटमा मोईरङ्गथेम थोइवा सिंहको गोलबाट पन्जावले अग्रता लिएको थियो । गोलरक्षक बिशालले लगत्तै श्रेयसको प्रहारलाई मुस्किलले बचाएका थिए ।

बराबरी सँगै पन्जावले समूह ‘इ’ मा ४ अंक जोड्दै तेस्रो स्थानमा यथावत रहादा मनाङ २ अंक जोडेर पुछारमा यथावत छ । २ खेलमा जित र एक बराबरी खेलेको चेन्नईन ७ अंकका साथ शीर्षस्थानमा छ । समान एक एक खेलमा जित, हार र बराबरी खेलेको बंगलादेशी लिग च्याम्पियन क्लब अवहानी लिमिटेड ४ अंक सहित दोस्रो स्थानमा छ ।

 

वि.सं.२०७६ जेठ १ बुधवार १९:०१ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...