back
CTIZAN AD

नेकपाको मुख्य घरभित्र ७ जोडी दम्पती

वि.सं.२०७६ जेठ १ बुधवार

945 

shares

१ जेठ, काठमाण्डौं । शत्तासीन दल नेकपाको नवगठित पोलिटव्युरोमा दम्पती प्रभाव राम्रै देखिएको छ ।

१४७ जनाको पोलिटव्युरोमा सात जोडी दम्पती अटाएका छन् । जेठ ३ गते मदन आश्रीत स्मृति तथा पार्टी एकता दिवशको दिन घोषणा गरिने पोलिटव्युरोमा तत्कालिन नेकपा एमालेबाट एकजोडि मात्रै दम्पती पोलिटब्यरोमा पर्दा माओवादीबाट ६ जोडि दम्पत्तिले पोलिटब्युरो हाक्नें अवसर पाएका छन् ।

एमालेबाट पोलिटब्युरोमा पर्ने भाग्यमानी जोडीमा अमृत बोहोरा र अष्टलक्ष्मी शाक्य रहेका छन । बोहोरा तत्कालिन एमालेको अनुशासन कमिटीका अध्यक्ष हुन भने शाक्य केन्द्रीय उपाध्यक्ष तथा एकता पछि ३ नं प्रदेशको पार्टीकी प्रमुख समेत हुन् ।

उर्जामन्त्री रहेका बर्षामान पुन र पूर्व सभामुख ओनसरी घर्ति पनि नेकपाको पोलिटब्युरोमा अटाएका छन् । नेता लिलामणी पोखरेल र सांसद सशी श्रेष्ठ नेकपाको पोलिटब्युरोमा अटाएको अर्को जोडी हो ।

०७५ को आमनिर्वाचनमा काठमाण्डौ १० बाट पराजित नेता हितमान शाक्य र श्रीमती अमृता थापा, वाइसीएलका पूर्व अध्यक्ष गणेशमान पुन र कमला रोका पनि पोलिटब्युरोमा रहेका छन् । युद्धकालमा पटक–पटक उपत्यकाको कमाण्ड सम्हालेका कृष्णध्वज खड्रका र पूर्वमन्त्री रेखा शर्मा समेत १४७ सदस्यीय पोलिटब्युरोमा पर्ने भाग्यमानी जोडी हृन् ।

वि.सं.२०७६ जेठ १ बुधवार १८:२९ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...