back

नेकपाको मुख्य घरभित्र ७ जोडी दम्पती

वि.सं.२०७६ जेठ १ बुधवार

42 

shares

१ जेठ, काठमाण्डौं । शत्तासीन दल नेकपाको नवगठित पोलिटव्युरोमा दम्पती प्रभाव राम्रै देखिएको छ ।

१४७ जनाको पोलिटव्युरोमा सात जोडी दम्पती अटाएका छन् । जेठ ३ गते मदन आश्रीत स्मृति तथा पार्टी एकता दिवशको दिन घोषणा गरिने पोलिटव्युरोमा तत्कालिन नेकपा एमालेबाट एकजोडि मात्रै दम्पती पोलिटब्यरोमा पर्दा माओवादीबाट ६ जोडि दम्पत्तिले पोलिटब्युरो हाक्नें अवसर पाएका छन् ।

एमालेबाट पोलिटब्युरोमा पर्ने भाग्यमानी जोडीमा अमृत बोहोरा र अष्टलक्ष्मी शाक्य रहेका छन । बोहोरा तत्कालिन एमालेको अनुशासन कमिटीका अध्यक्ष हुन भने शाक्य केन्द्रीय उपाध्यक्ष तथा एकता पछि ३ नं प्रदेशको पार्टीकी प्रमुख समेत हुन् ।

उर्जामन्त्री रहेका बर्षामान पुन र पूर्व सभामुख ओनसरी घर्ति पनि नेकपाको पोलिटब्युरोमा अटाएका छन् । नेता लिलामणी पोखरेल र सांसद सशी श्रेष्ठ नेकपाको पोलिटब्युरोमा अटाएको अर्को जोडी हो ।

०७५ को आमनिर्वाचनमा काठमाण्डौ १० बाट पराजित नेता हितमान शाक्य र श्रीमती अमृता थापा, वाइसीएलका पूर्व अध्यक्ष गणेशमान पुन र कमला रोका पनि पोलिटब्युरोमा रहेका छन् । युद्धकालमा पटक–पटक उपत्यकाको कमाण्ड सम्हालेका कृष्णध्वज खड्रका र पूर्वमन्त्री रेखा शर्मा समेत १४७ सदस्यीय पोलिटब्युरोमा पर्ने भाग्यमानी जोडी हृन् ।

वि.सं.२०७६ जेठ १ बुधवार १८:२९ मा प्रकाशित

लगानी सम्मेलन तयारी सम्बन्धमा विकास साझेदारसँग छलफल

लगानी सम्मेलन तयारी सम्बन्धमा विकास साझेदारसँग छलफल

काठमाडौँ । आगामी वैशाख ९ र १० गते काठमाडौँमा आयोजना...

सेयर कारोबार बढेपनि नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

सेयर कारोबार बढेपनि नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री ‘प्रचण्ड’

दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन : उपसभामुख राना

कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन : उपसभामुख राना

पाटन । उपसभामुख इन्दिरा रानामगरले सोच र मानसिकतामा परिवर्तन ल्याउन...

विचौलिया विना देवघाटका सुन्तला  काठमाडौं  ल्याउने महानगरको भनाई

विचौलिया विना देवघाटका सुन्तला काठमाडौं ल्याउने महानगरको भनाई

मिला दरै, डुम्रे (तनहुँ) । तनहुँको देवघाट गाउँपालिका–१, २, ३...

कतार र बहराइनबाट फर्किएर दुई युवा सामूहिक माछापालनमा

कतार र बहराइनबाट फर्किएर दुई युवा सामूहिक माछापालनमा

गलेश्वर (म्याग्दी) । वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि स्वदेश फर्केर...