back
CTIZAN AD

अध्यक्ष प्रचण्ड भन्छन्–‘माक्र्सवाद धर्मशास्त्र र वाइबल होइन’

वि.सं.२०७६ जेठ १ बुधवार

708 

shares

१ जेठ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मार्क्सवाद धर्मशास्त्र, बाइवल वा कुनै बनिबनाउ शास्त्र नभएको बताएका छन् । युवा संघ नेपालको स्थापना दिवसमा बोल्दै प्रचण्डले उक्त कुरा बताएका हुन् ।

युवा सङ्घ, नेपालको स्थापना दिवसमा आयोजित विशेष समारोहमा बोल्दै प्रचण्डले भने, ‘माक्र्सवाद कुनै धर्मशास्त्र, कुनै बाइवल वा यस्तै बनिबनाउ सिद्धान्त होइन । विचार पनि समाजसँगै गतिशील हुन्छ, विकसित हुन्छ । वर्ग रहेसम्म वर्गसङ्घर्ष रहन्छ । विचार पनि सङ्घर्षसँगै विकसित हुँदै जान्छ । हामीले माक्र्सवादलाई पनि गतिशील रुपमा बुझ्नुपर्छ ।’

‘कम्युनिष्ट आन्दोलनमा २ खाले अतिवाद छन् । विचारको शुद्धताको नाममा, सिद्धान्तको शुद्धताका नाममा माक्र्सवादलाई धर्मशास्त्रजस्तै बुझ्ने समस्या कम्युनिष्ट आन्दोलनमा छ’ सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘माक्र्सले, लेनिनले, माओले, होचि मिन्हले, फिडेल क्यास्ट्रोले जे–जे भने, जे–जे लेखे, त्यही मात्र माक्र्सवाद हो, अरु होइन भन्ने अतिवाद पनि कम्युनिष्ट आन्दोलनमा छ ।’
‘जनताको आवश्यकता, देशको आवश्यकता, हजारौं कार्यकर्ताको भावना र आकाङ्क्षा नबुझ्नेहरु माक्र्सवादी र द्धन्द्धवादी हुन सक्दैनन्’ प्रचण्डले भने, ‘विचारको शुद्धताका नाममा गति नबुभ्mनेहरु अन्तिममा अलगावमा पर्छन् । उनीहरु फुटको शिकार बन्दै जान्छन्, पार्टीमा नेता–कार्यकर्ताले छोड्दै जान्छन् । अन्तिममा पार्टीमा श्रीमान्–श्रीमति मात्र रहन्छन्, उनीहरुबीच पनि डिभोर्स हुन्छ र पार्टीमा एक्लै हुने स्थिति आउँछ ।’

‘कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी जडता पनि छ, त्यसले माक्र्सवादलाई आफ्नो स्वार्थमा मात्र हेर्छ’ प्रचण्डले भने, ‘दक्षिणपन्थी जडताले कम्युनिष्ट आन्दोलनलाई बुर्जुवाकरण गर्छ, वर्गको हित र वर्गसङ्घर्षलाई भुल्दछ । अन्तिममा वर्गसमन्वयको शिकार हुन्छ । युवाहरुले यी दुवै अतिवादका विरुद्ध सङ्घर्ष गरेर माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकास गर्न सक्नुपर्छ ।’

कम्युनिष्ट आन्दोलनमा युवाहरुको निर्णायक भूमिका हुने प्रचण्डले बताए । उनले भने, ‘माक्र्स–एंगेल्सले सन् १८४८ मा कम्युनिष्ट घोषणापत्र लेख्नुभयो । त्यसपछि कम्युनिष्ट युथ इन्टरनेशनल बन्यो । कम्युनिष्ट भनेको भविष्यको संगठन हो । साम्यवाद भविष्यको सुन्दर यात्रा हो । त्यसैले माक्र्स–एंगेल्सदेखि सबैजसो कम्युनिष्ट आन्दोलनले युवाहरुको भूमिकालाई महत्वपूर्ण ठानेका छन् । युवाहरुकै बलमा वर्गसङ्घर्ष र राजनीतिक परिवर्तन सफल भएका छन् ।’

सभामा प्रचण्डले आफू २६ वर्षको उमेरमा युवक सङ्घको अध्यक्ष भएको पनि स्मरण गरे । उनले भने, ‘तपाईहरुको यो उत्साह देख्दा मैले २०३८ सालको स्मरण गरिरहेको छु । २०३८ साल माघ १७ गते अखिल नेपाल युवक सङ्घको भेला थियो । त्यहाँ युवाहरुको ठूलो उत्साह थियो । देशमा युगान्तकारी परिवर्तन गर्ने सङ्कल्प थियो । म त्यतिबेला २६ वर्षको थिएँ, त्यही भेलाबाट अखिल नेपाल युवक सङ्घको अध्यक्षमा निर्वाचित भएँ । र, देशमा राजनीतिक आन्दोलनको नेतृत्व गर्ने अवसर पनि मिल्यो ।’
प्रचण्डले युवाहरुमा अध्ययनप्रति घट्दो रुचिप्रति चिन्ता व्यक्त गरे । उनले भने, ‘त्यतिबेला हामीमा निकै ठूलो उत्साह हुन्थ्यो । हामी वैचारिक,राजनीतिक अध्ययनप्रति निकै रुचि राख्थ्यौं । विचार निर्माणमा, संगठन निर्माणमा अध्ययनको निकै ठूलो भूमिका हुन्छ । तर, आजभोलि युवाहरुमा अध्ययनप्रति रुचि घटेको देख्दा चिन्ता लाग्छ । अध्ययन गर्न, मेहनत गर्न किन रुचि घट्दैछ ? अध्ययनको संस्कृति कता हरायो ? यतातिर युवाहरुले सोच्नुपर्छ ।’

‘तर, आजको तपाईहरुको उत्साह देख्दा खुसी लागेको छ’ प्रचण्डले भने, ‘तपाईहरुको यो उर्जा समृद्धिका निम्ति, समाजवादका निम्ति खर्च हुनेछ । पार्टी एकता ऐतिहासिक थियो । वर्गसङ्घर्ष र वैचारिक राजनीतिक पृष्ठभूमिबिना यो एकता सम्भव थिएन । सबैको सङ्घर्ष र पहलबिना यो एकता सम्भव थिएन । यसका लागि म युवा साथीहरुलाई पनि धन्यवाद दिन चाहन्छु ।’

‘समाजवादका लागि हामीले नयाँ विचारको विकास गर्नुपर्छ, नयाँ राजनीतिक कार्यदिशा र संगठनात्मक प्रणालीको विकास गर्नुपर्छ’ सभामा प्रचण्डले भने, ‘सही विचार कुनै अमुर्त वस्तु होइन, यो कल्पनामा आउने कुरा पनि होइन । वर्गसङ्घर्ष, उत्पादनका निम्ति सङ्घर्ष र वैज्ञानिक प्रयोगबाट नै सही विचार आउँछ । मेरै विचार ठीक अरुको गलत भन्ने मानसिकताले हामी ठीक ठाउँमा पुग्दैनौ ं। अब युवाहरुले समाजवादका निम्ति वैचारिक बहस र सङ्घर्ष गर्ने बेला आएको छ ।’

वि.सं.२०७६ जेठ १ बुधवार १७:११ मा प्रकाशित

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल  निगरानी

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल निगरानी

भैरहवा (रुपन्देही) । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी...

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

घोराही (दाङ) ।  जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा...

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...