
६ जेठ, मोरङ । मोरङका पत्रकारहरुले रोएर मिडिया काउन्सिल विधेयकको विरोध गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएका पत्रकारहरुले संसद्मा पेस गरेको विधेयक हुबहु पारित गरे वास्तवमा नै रुनुपर्ने अवस्था आउने भन्दै रोदनसहितको विरोध गरेका हुन् ।
नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको रुने कार्यक्रममा सहभागी पत्रकारहरुले डाको छोडेर रुदै पत्रकारलाई यर्थाथमै रुने अवस्था र्सिजना नगर्न सरकारको ध्यानाकर्षण गरेका थिए ।
विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेलले पत्रकारिताका आधारभूत पक्ष नै कुण्ठित हुने गरी ल्याईएको विधेयकले स्वतन्त्र नेपाली प्रेस नै धरासायी हुने बताए । सोमबारको राजधानी दैनिकबाट
वि.सं.२०७६ जेठ ६ सोमवार ०८:१३ मा प्रकाशित




























