
६ जेठ, काठमाण्डौ। अमेरिकी सरकारले नेपालको अध्यागमन र विमानस्थलको सुरक्षाप्रति गम्भीर चासो व्यक्त गरेको छ ।
श्रीलंकामा भएको आतंकवादी आक्रमणको घटना, भारतसँगको खुला बोर्डर तथा नेपालमा उत्तर कोरियालीको उपस्थिति बढिरहेको सन्दर्भलाई जोडेर अमेरिकाले नेपाली अध्यागमनमा बोर्डर कन्ट्रोल बायोमेट्रिक्ससहितको विश्वासिलो सफ्टवेयर आवस्यक रहेको बताउँदै आएको छ । अध्यागमन सुरक्षामा ‘लुप होल’ हरु नदेखाउन सो सफ्टवेयर राख्नुपर्ने उसको सुझाव छ ।
सरकारले दुई वर्षअघि नै नेपाली अध्यागमनमा अमेरिकी सफ्टवेयर राख्ने मन्त्रिपरिषदबाट निर्णय गरिसकेको छ ।
२०७३ मा दोस्रोपटक प्रधानमन्त्री बनेका तत्कालीन एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद्बाट अध्यागमनमा अमेरिकी सफ्टवेयर राख्ने निर्णय गराएका थिए । सोमबारको अन्न्पूर्णपोष्ट दैनिकबाट
वि.सं.२०७६ जेठ ६ सोमवार ०८:२२ मा प्रकाशित





























