back
CTIZAN AD

खुसी साट्न नपाउँदै ब्याट्सम्यान असिफलाई पुत्री शोक

वि.सं.२०७६ जेठ ७ मंगलवार

999 

shares


७ जेठ । पाकिस्तानी क्रिकेटका व्याट्सम्यान आसिफ अली (Asif Ali) लाई पुत्री शोक परेको छ । पाकिस्तानी क्रिेटका बल्लेवाजका रुपमा नाम कमाएका अलीकी सुपुत्रीको क्यान्सरको उपचारका क्रममा अमेरिकामा मृत्यु भएको हो ।

दुई महिनाकी उनकी छोरी लामो समयसम्म बिरामी रहेकी थिइन् । तर, अलिले छोरीको गम्भीर रोगका बारेमा कसैलाई पनि नबताएको बताईएको छ ।

छोरीको मृत्युको अघिल्लो दिनमात्र अलि पाकिस्तानको विश्वकप टोलीमा छनौटमा परेका थिए । विश्वकप टिममा छनौटमा परेको खुशी साट्न नपाउँदै उनले पुत्रिशोक परेको हो ।

यो वर्ष पाकिस्तान सुपर लीग (पिएसएल) मा इस्लामाबाद युनाइटेडका लागि खेलेका थिए । छोरीको मृत्युको कारण उनी इङ्गल्याण्डको खेल बिचमै छोडेर अमेरिका तिर जाने भएका हुन् । पाकिस्तान बोर्डले आसिफलाई अमेरिका जानुका लागि बिदा दिएको छ । उनले बाँकी खेल नखेले पनि छनौट टोलीमा राखिने जनाइएको छ ।

अलिकी छोरीको केही महिना देखि अमेरिकामा उपचार भइरहेको थियो । पाकिस्तानको दाहिने हात मानिने ब्याट्सम्यान अलि इङ्गल्याण्डका विरुद्ध सिरिज खेल्ने र अर्को वल्र्डकपको ट्रायलमा व्यस्त रहने गरेका थिए ।

वि.सं.२०७६ जेठ ७ मंगलवार ११:०७ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...