
७ जेठ । विराट कोहली(Virat Kohli)) र स्टेभेन स्मिथ(Steven Smith) विश्वकै सर्वश्रेष्ठ ब्याट्सम्यानका रुपमा मानिन्छन् । ३० मईबाट हुने वल्र्डकप (World Cup 2019 ) मा टिमको प्रदर्शनका अलावा यी दुई खेलाडीको अन्य प्रर्दशनमा पनि क्रिेकटप्रेमीहरुको आँखा पुगेको छ । आजभोली यी दुईको तुलना हुँदा बिराट कोहली अहिलेको अवस्थामा स्मिथ भन्दा अगाडि देखिएका छन् ।
विराट कोहलीले २०१८ मा क्रिकेटको फर्मेट (टेस्ट, वनडे टी २०) मा जर्वजस्त प्रदर्शन गरेका थिए । उनी अहिलेको अवस्थामा नयाँ नयाँ रेर्कड बनाउन सफल भइरहेका छन् । यस्तो लाग्छ, व्याट्सम्यान कोहली स्मिथ भन्दा बढी रेर्कड बनाउनेमा प्रयासरत छन्। अर्कोतर्फ स्टेभेन स्मिथमाथि लगाइएको एकवर्षे प्रतिबन्ध सकेर हालै मात्र ईन्टरनेशनल क्रिकेटमा फर्किएका छन् । उनलाई बल ट्याम्परिङ्ग गरेको आरोपमा एकवर्ष प्रतिबन्ध लगाइएको थियो ।
इङ्गल्याण्डका हरफन मौलाका अनुसार स्मिथ र कोहलीले वल्र्डकपमा आफ्नो बल्लेबाजीको जादू देखाउने छन् ।
वि.सं.२०७६ जेठ ७ मंगलवार १२:०२ मा प्रकाशित


























