
७ जेठ । श्री हिमालय मावि पुर्व विद्यार्थी समाजको आयोजनामा धुर्कोट गांउपालिकामा स्वास्थ्य सिविर सम्पन्न भएको छ । उक्त निःसुल्क स्वास्थ्य शिविरबाट ६६३ जना भन्दा बढिले निःसुल्क सेवा लिएको समाजका सचिव बिमल घिमिरेले जानकारी दिएका छन् ।
धुर्कोट गाउँपालिकाको व्यवस्थापन र नेपाल मेडिकल कलेजको सहयोगमा सिविर सम्पन्न भएको घिमिरेले बताए । वरीष्ठ स्त्रीरोग विशेषज्ञ डा भोला रिजालको नेतृत्वमा गएको वरीष्ठ चिकित्सकहरुको टोलिले निः सुल्क औषधि सहित विरामिको उपचार गरेको थियो ।
शिविरमा ४०९ सामान्य चिकित्साका विरामीको उपचार गरीएको थियो । यस्तै १०३ स्त्री रोग र ४२ जना बालबालिकाको उपचार गरीएको समाजका सदस्य तथा शिविर संयोजक दिनेश पोखरेलले बताए ।
वि.सं.२०७६ जेठ ७ मंगलवार १२:४९ मा प्रकाशित






























