back
CTIZAN AD

अभद्र व्यवहार गर्ने विद्यार्थी पक्राउ

वि.सं.२०७६ जेठ ७ मंगलवार

804 

shares

७ जेठ, चितवन । प्रहरीले चितवनले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका कृषि सङ्कायका सहायक डिन प्रा विष्णुराज ओझालाई कालोमोसो दल्ने ६ विद्यार्थीलाई पक्राउ गरेको छ । उनीहरुलाई आज रामपुर क्याम्पस परिसरबाट पक्राउ गरिएको हो ।

प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार पक्राउ पर्नेमा सन्तोष खतिवडा, गोपाल थापा, वामदेव रेग्मी, मिलन चौहान, विभोर गौली र सुशन पौडेल रहेका छन । प्रा ओझाले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि विद्यार्थीलाई पक्राउ गरिएको हो । यसअघि उनीहरुलाई विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले दुई महीनाका लागि क्याम्पसबाट निष्काशित गरेको थियो ।

उक्त समूहले गत चैत २१ गते विश्वविद्यालयका सहायक डिन ओझामाथि विभिन्न आरोप लगाउँदै विश्वविद्यालय परिसरमा दुव्र्यवहार गरेको थियो । सो घटनापछि प्रजातन्त्रवादी प्राध्यापक सङ्घले आन्दोलन गर्दै आएको थियो ।

वि.सं.२०७६ जेठ ७ मंगलवार १३:०४ मा प्रकाशित

पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान...

घुस लिएको अभियोगमा मुद्दा दायर

घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको...

चाँगुनारायणमा चोरी

चाँगुनारायणमा चोरी

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ प्रगतिटोलस्थित एक घरबाट सुनका विभिन्न...

मनाइयो विश्व रेडक्रस दिवस

मनाइयो विश्व रेडक्रस दिवस

काठमाडौँ । रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको जन्मदिनको अवसरमा आज...

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता : अधिकारी

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता : अधिकारी

जकार्ता । इन्डोनेसियाको पूर्वी हलमहेरा टापुको “माउन्ट डुकोनो“ ज्वालामुखि विस्फोट...

अवैध लागुऔषधसहित १३ जना पक्राउ

अवैध लागुऔषधसहित १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...