back
CTIZAN AD

गोकर्णेश्वरमा पाँचदिने योग शिविर शुरु

वि.सं.२०७६ जेठ ७ मंगलवार

888 

shares

७ जेठ ,काठमाडौँ । ‘गरौँ योग, बनौँ निरोग’ भन्ने नाराका साथ गोकर्णेश्वर नगरपालिका–४ स्थित राष्ट्रिय शहीद स्मारकमा पाँचदिने निःशुल्क योग शिविर शुरु भएको छ ।

गोकर्णेश्वर नगरपालिका, राष्ट्रिय शहीद स्मारक र पतञ्जलि योग समितिको संयुक्त आयोजनामा आजदेखि शुरु भएको शिविर बिहान ५ देखि ७ बजेसम्म सञ्चालन हुनेछ । शिविरमा नगर क्षेत्रका २०० मानिसको सहभागिता छ ।

शिविरको उद्घाटन गर्दै नगरप्रमुख सन्तोष चालिसेले नगरपालिकाले यसै शैक्षिक सत्रदेखि लागू गरेको नगर पाठ्यक्रममा योगसमेत समावेश गरेको जानकारी दिए । योगका माध्यमबाट धेरै रोग निको हुने साधकको अनुभवबाट सिद्ध भएकाले यसको प्रचारप्रसारमा नगरपालिकाले सहयोग गरिरहेको उनको भनाइ थियो ।नगर उपप्रमुख शान्ति नेपालले आफू निर्वाचित हुनुअघि योग शिक्षककै रुपमा काम गरेको स्मरण गर्दै फुर्सदका बेलामा अहिले पनि योग सिकाइरहेको बताए । नियमित योग गर्दा दिनभर ताजापनको अनुभव भइरहने उनले सुनाए ।

नगरपालिका–४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले आफूले नियमित रुपमा योग साधना गर्दा मानसिक रुपमा स्फूर्तिको अनुभूति गर्ने गरेको बताए । पतञ्जलि योग समिति गोकर्णेश्वरका अध्यक्ष रामप्रसाद सञ्जेलले पाँचदिने शिविर सकिएपछि जगडोल डाँडामा केन्द्र नै स्थापना गर्ने लक्ष्य रहेको जानकारी दिए ।

वि.सं.२०७६ जेठ ७ मंगलवार १३:२० मा प्रकाशित

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको...

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...