back
CTIZAN AD

 कैदी होटलको कोठामा युवतीसँग, बाहिर प्रहरीको पहरा

वि.सं.२०७६ जेठ ८ बुधवार

735 

shares

८ जेठ,  धादिङ । जर्बजस्ती करणी  मुद्दामा कैद भुक्तान गरिरहेका प्रेम तामाङ धादिङबेसीस्थित एक होटलमा  आपत्तिजनक अवस्थामा  रहेको भिडियो बाहिरीएसँगै  धादिङ कारागारको चरम बेथिति  सार्वजनिक भएको छ ।

भिडियोमा रोचक त के देखिन्छ भने  कारागारबाट  सँगै गएका  सिभिल  प्रहरी र  सहनाईकेहरु कैदी  तामाङलाई  कोठाभित्र  एक महिलासँग थुनिदिन्छन् र आफूहरु  रक्सी खाँदै  बाहिर पहरेदार बन्छन् । उत्तरी धादिङको रबीभ्याली  गाउँपालिका–४  सेर्तुङका तामाङ जिल्ला अदालत  धादिङबाट कैद सजाय  तोकिएका  अभियुक्त  हुन् ।

कानुनतः  उनी जिल्ला कारगारभित्रै  थुनिएको अवस्थामा  हुनुपथ्र्यो ।  किनभने उनलाई  जिल्ला अदालत धादिङले जर्बजस्ती  करणी मुद्दामा  २०७० जेठ २३  गते  ११ वर्षको  जेल सजाय तोकेको  छ । तर उनी  सदरमुकाम  धादिङबेसीको एक होटलको कोठा नं  १०४  मा नियोजित थुनिन्छन् ।

उनलाई अरु कसैले थुनेको नभई  जिल्ला कारागारबाट  उपचार गर्ने बहानामा  आफैं बाहिर  आएका हुन् । तामाङ धादिङ कारागार सहायक नाइके मध्येका एक हुन् । यसरी उपचारको बहानामा  अस्पताल नभई  होटलको कोठामा युवती भेटिनु अभियुक्तको अपराध हो ।

स्रोतका अनुसार कैदीलाई अस्पतालमा उपचार गर्ने बहानामा  होटलसम्म पुर्याइन्छ । कारागारमा यस्ता अनैतिक  क्रियाकलाप वर्षौदेखि  वर्षदेखि नै  हुँदै आईरहेको स्रोतको भनाई छ । बुधबारको नागरिक दैनिकबाट

वि.सं.२०७६ जेठ ८ बुधवार ०७:४४ मा प्रकाशित

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२...