back

 कैदी होटलको कोठामा युवतीसँग, बाहिर प्रहरीको पहरा

वि.सं.२०७६ जेठ ८ बुधवार

525 

shares

८ जेठ,  धादिङ । जर्बजस्ती करणी  मुद्दामा कैद भुक्तान गरिरहेका प्रेम तामाङ धादिङबेसीस्थित एक होटलमा  आपत्तिजनक अवस्थामा  रहेको भिडियो बाहिरीएसँगै  धादिङ कारागारको चरम बेथिति  सार्वजनिक भएको छ ।

भिडियोमा रोचक त के देखिन्छ भने  कारागारबाट  सँगै गएका  सिभिल  प्रहरी र  सहनाईकेहरु कैदी  तामाङलाई  कोठाभित्र  एक महिलासँग थुनिदिन्छन् र आफूहरु  रक्सी खाँदै  बाहिर पहरेदार बन्छन् । उत्तरी धादिङको रबीभ्याली  गाउँपालिका–४  सेर्तुङका तामाङ जिल्ला अदालत  धादिङबाट कैद सजाय  तोकिएका  अभियुक्त  हुन् ।

कानुनतः  उनी जिल्ला कारगारभित्रै  थुनिएको अवस्थामा  हुनुपथ्र्यो ।  किनभने उनलाई  जिल्ला अदालत धादिङले जर्बजस्ती  करणी मुद्दामा  २०७० जेठ २३  गते  ११ वर्षको  जेल सजाय तोकेको  छ । तर उनी  सदरमुकाम  धादिङबेसीको एक होटलको कोठा नं  १०४  मा नियोजित थुनिन्छन् ।

उनलाई अरु कसैले थुनेको नभई  जिल्ला कारागारबाट  उपचार गर्ने बहानामा  आफैं बाहिर  आएका हुन् । तामाङ धादिङ कारागार सहायक नाइके मध्येका एक हुन् । यसरी उपचारको बहानामा  अस्पताल नभई  होटलको कोठामा युवती भेटिनु अभियुक्तको अपराध हो ।

स्रोतका अनुसार कैदीलाई अस्पतालमा उपचार गर्ने बहानामा  होटलसम्म पुर्याइन्छ । कारागारमा यस्ता अनैतिक  क्रियाकलाप वर्षौदेखि  वर्षदेखि नै  हुँदै आईरहेको स्रोतको भनाई छ । बुधबारको नागरिक दैनिकबाट

वि.सं.२०७६ जेठ ८ बुधवार ०७:४४ मा प्रकाशित

Himalayan Life AD
यस वर्ष औसतभन्दा बढी बर्षा, गत वर्षभन्दा जनधनको क्षति कम

यस वर्ष औसतभन्दा बढी बर्षा, गत वर्षभन्दा जनधनको क्षति कम

काठमाडौँ । गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको...

विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

काठमाडौं । वाम दलबीचको एकता प्रयासलाई साथ दिँदै माओवादी केन्द्र...

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकाल देखि नै “निरन्तर...

मधेश सरकार गठनविरुद्ध ७४ सांसद सर्वोच्चमा

मधेश सरकार गठनविरुद्ध ७४ सांसद सर्वोच्चमा

काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध मधेस प्रदेशका ७४...

जेनजी आन्दोलनमा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता पक्राउ

जेनजी आन्दोलनमा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा पोखरामा आगजनी र तोडफोडमा संलग्न...

श्रीमतीको बलत्कार आरोपमा जेल बसेर फर्किएपछि श्रीमतीकै हत्या

श्रीमतीको बलत्कार आरोपमा जेल बसेर फर्किएपछि श्रीमतीकै हत्या

काठमाडौँ । काठमाडौं । पर्वतको मोदी गाउँपालिका–६ दराकमा कागारबाट छुटेकै...