
८ जेठ, काठमाण्डौं । बैंक तथा वित्तिय संस्थाले सञ्चालनमा ल्याएको फेसबुक र भाइबर बैंकिङमा राष्ट्र बैंकले निगरानी बढाउने भएको छ ।
ती सञ्जालमार्फत बैंकिङ कारोबार गर्दा ग्राहकको सूचना (डाटा) तेस्रो पक्षमा गएको आशंकाको आधारमा निगरानी बढाउन लागिएको राष्ट्रबैंक स्रोतले बताएको छ ।
फेसबुक र भाइबरमार्फत् हुने बैंकिङ कारोबार बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) को ‘बैकिङ गोपनियता’ व्यवस्था विपरीत भएकाले सूक्ष्म रुपमा अध्ययन गरिने राष्ट्र बैंकका एक उच्च अधिकारीे बताए ।
‘हाल करिब डेढ दर्जन बैंक तथा वित्तिय संस्थाले भाइबर र कहिले फेसबुकबाट बैंकिङ सञ्चालन गरेको जानकारी छ, ‘ स्रोतले भन्यो, ‘ ती बैंकले कसरी तथ्यांक सुरक्षित गरेका छन् भन्ने बारेमा जानकारी लिएपछि तिनको बैद्यताबारे खोजिनेछ ।’ बुधबारको कान्तिपुर दैनिकबाट
वि.सं.२०७६ जेठ ८ बुधवार ०७:५२ मा प्रकाशित






























