२८ कार्तिक, काठमाडौ । संघीय मामिला एवं स्थानिय बिकास मन्त्रि मा हितराज पाण्डेले जनसेवामा जोडिनु बुद्धिजीविहरुको वर्तमान दायित्व भएको बताउनु भएको छ । नेपाल राष्टिय बुद्दिजीवी संगठन गोर्खा जिल्ला एकता भेलामा सम्बोधन गर्दै मन्त्री पाण्डे्ले नेपाली जनताले अपेक्षा गरे अनुसारको क्रान्ति सम्पन्न भैनसकेकोले बुद्धिजीवीहरु जनतासँग अझ बढी जोडिनु पर्ने बताउनु भएको हो ।
भेलालाई सम्बोधन गर्दै नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनका उपाध्यक्ष तथा प्रदेश नं ४ का इन्चार्ज तिवारीले अन्वेषण, ब्यबसायिक उत्पादन, आत्मनिर्भरता, स्वाधिनता र समृद्दि नभै विकास नहुने भन्दै अर्थ र राजनीतिलाई सँगै जोडेर मात्र संविधानको समाजवाद सार्थक बनाउन सकिने बताउनु भयो । अनुसन्धान र अन्वेषण सहित स्रोतहरुको ब्यबसायिक उत्पादन बारे बरिष्ठ बैज्ञानिक तथा प्रधानमन्त्रीका विज्ञान तथा प्रविधि सल्लाहकार डा रबिन्द्र ढकालले विशेष प्रस्तुती गर्नुभएको थियो ।
कार्यक्रममा प्रदेश नं ४ का संयोजक सम्भु अधिकारी, माओवादी केन्द्रका प्रतिनिधि जिवन्त, विभिन्न पेशागत संगठनका प्रतिनिधिहरुले सम्बोधन गरेका थिए । भेलाले यादव शर्माको अध्यक्षतामा ४५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ ।
वि.सं.२०७३ कात्तिक २८ आइतवार ०७:२७ मा प्रकाशित