back
CTIZAN AD

बौद्धबासीले दिए पुन : आन्दोलन गर्ने चेतावनी

वि.सं.२०७६ जेठ ९ बिहीवार

558 

shares

९ जेठ, काठमाण्डौं ।निर्माण कम्पनीले गरेको ६बुँदे सहमतिअनुसार कालोपत्र नगरेकोे भन्दै बौद्ध व्यापार सङ्घ लगायतले पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन् । टुसालदेखि बौद्ध गेटसम्म कालोपत्र गरेको भए पनि सहमतिअनुसार बौद्ध गेटदेखि जोरपाटीसम्म कालोपत्र गर्नुपर्र्नेमा ठेकेदारले आनाकानी गर्दै टार्न खोजेको बौद्ध व्यापार सङ्घका अध्यक्ष दीपक चौलागाईंले बताए ।

सडक निर्माण नभएको भन्दै बौद्धवासीले बाटो अवरुद्ध गरेपछि गत वैशाख २६ गते भएको सहमतिअनुसार बौद्ध गेटदेखि जोरपाटीसम्मको सडकमा कालोपत्र गर्नुपूर्व गरिने सवबेस, बेस र साइड ड्रेनको काम वैशाख २७ गतेबाट शुरु गर्ने सहमति भएको थियो । ठेकेदार कम्पनी युनाइटेड विल्डर्सले सहमतिअनुसार काम अगाडि नबढाएको भन्दै बौद्ध व्यापार सङ्घ, स्थानीयवासीले ठेकेदार कम्पनीलाई तत्काल काम अगाडि बढाउन पटक–पटक माग गरेका थिए ।

आज बौद्ध व्यपार सङ्घ, स्थानीयवासी र युवासहितको टोलीले त्रिपुरेश्वरमा रहेको ठेकेदार कम्पनी युनाइटेड विल्डर्सको कार्यालयमा पुगेर सहमतिअनुसार काम नभएको भन्दै ध्यानार्कषण गराएका हुन् । अध्यक्ष चौलागाईं भन्छन्, “वैशाख २७ गतेबाट बौद्ध गेटदेखि जोरपाटीसम्म कालोपत्र गर्नका लागि त्यसपूर्वको गर्नुपर्ने सडकको काम अगाडि बढाउने सहमति भएको थियो । तर १४ दिन बितिसक्दा पनि ठेकेदार कम्पनीले कालोपत्र गर्ने काम अगाडि बढाएको छैन ।

ठेकेदारले टुसालदेखि बौद्ध गेटसम्मको बाटो कालोपत्र गरेर पन्छिन खोजेको भन्दै सम्झौतापत्रमा भएको सहमतिअनुसार जोरपाटीसम्म कालोपत्र नगरे पुनः आन्दोलन गर्ने स्थानीयवासी बिनीता कोइराला बताउछीन् । सम्झौतापत्रमा ठेकेदार कम्पनी युनाइटेड विल्र्डसका प्रमुख तथा नेपाल निर्माण व्यवसायी महासङ्घका पूर्वअध्यक्ष शकुन्तलालाल हिराचनले जोरपाटीसम्म कालोपत्र गर्ने, कालोपत्र गर्दा बिग्रेको खानेपानीको पाइप, ढल निर्माण गर्ने भन्दै हस्ताक्षर गरेका थिए ।

यसअघि चाबहिल–साँखु सडकखण्डमा ठेकेदारले कालोपत्र नगरेको भन्दै ५०० को सङ्ख्यामा रहेका बौद्धका व्यापारी, स्थानीय र युवाले सो सडकखण्डको यातायात नै अवरुद्ध गरी आन्दोलन गरेका थिए ।
सरकारले विसं २०७२ मा चाबहिलबाट साँखुसम्मको सडक २२ मिटर चौडा गरी चारलेनको बनाउने योजना ल्याएको थियो । योजनाअनुसार काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले विसं २०७२ जेठमा सडकखण्डको निर्माणको लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो ।

कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले यो सडकको विस्तारको जिम्मा पाएका थिए । तर अहिलेसम्म उक्त सडकखण्डको निर्माण कार्य पुरा भएको छैन ।

वि.सं.२०७६ जेठ ९ बिहीवार १४:३७ मा प्रकाशित

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

काठमाडौं। पहाडी जिल्लामा आज रंगहरूको पर्व होली हर्षोल्लासका साथ मनाइँदै...

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने...

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

फेरि नियन्त्रणमा दुर्गा प्रसाईँ, सार्वजनिक शान्ति विरुद्धको अनुसन्धान अघि बढ्यो

फेरि नियन्त्रणमा दुर्गा प्रसाईँ, सार्वजनिक शान्ति विरुद्धको अनुसन्धान अघि बढ्यो

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका...

निर्वाचनको दिन यी व्यक्तिले सवारी चलाउन पाउने

निर्वाचनको दिन यी व्यक्तिले सवारी चलाउन पाउने

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई...