back

सर्वोच्चको फैसला कार्यान्वयन गर्न सीपी मैनालीको माग

वि.सं.२०७६ जेठ १० शुक्रवार

621 

shares


१० जेठ, काठमाडौँ । नेकपा मालेका महासचिव सीपी मैनालीले नागरिकता सम्बन्धमा सर्वोच्चको पछिल्लो आदेश पालना गर्न सरकार समक्ष आग्रह गरेका छन् ।

नेकपा मालेको केन्द्रीय कार्यालयमा आयोजित नागरिकता विधेयक सम्बन्धी छलफल कार्यक्रममा एक अवधारण प्रस्ततु गर्दै राष्ट्रघात नगर्न अनुरोध गरेका हुन् । विभिन्न राजनीतिक दल तथा नागरिकता विधेयकको विरुद्धमा लागि रहेका संघसंस्थाका प्रतिनिधिहरुको सामु उनले यो अवधारणा प्रस्तुत गरेका हुन् । उनले भनेका छन् :

१० जेठ, काठमाडौँ । देशको “नागरिकता ऐन–२०६३”लाई संशोधन गर्न बर्तमान सरकारले २०७५ साउनमा ‘नागरिकता ऐन संशोधन विधेयक–२०७५’ संसदमा दर्ता गरेको छ । यस संशोधन विधेयकका निम्न अभिप्राय (उद्देश्य) हरु आपत्तिजनक रहेका छन् :

(१) बिसं २०४६ साल चैत मसान्तभित्र नेपालभित्र जन्मी यहीं स्थायी बसोबास गर्ने ब्यक्तिले २०६३ सालको उक्त ऐन बमोजिम जन्मको आधारमा नेपाली नागरिकता लिएका छन् । त्यस्ता ‘जन्मसिद्ध नेपाली नागरिक’का सन्तानले जहाँ जन्मेका भए पनि र नेपालमा स्थायी बसोबास नगर्ने भए पनि वालिग भएपछि वंशजको नेपाली नागरिकता पाउने प्रावधान यस संशोधन विधेयकमा राखिएको छ । यसमा निम्न आपत्ति रहेका छन् ।

(क) मापदण्ड बाहिरका नेपालमा बस्ने गैरनेपालीहरुले पनि वितरणमुखी खुकुलो कानुनको दुरुपयोग गर्दै किर्ते कागज बनाई ठूलो संख्यामा नेपालको जन्मसिद्ध नागरिकता लिएका छन् ।

(ख) त्यति मात्र होइन, सीमावर्ती भारतीय जिल्लाका भारतीय नागरिकहरुले समेत भ्रष्ट विचौलिया र कर्मचारीहरुको सहयोगमा वितरणमुखी खुकुलो कानुनको दुरुपयोग गर्दै ठूलो संख्यमा नेपालको जन्मसिद्ध नागरिकता लिएका छन् ।
यस्तो स्थितिमा हाम्रो माग हो : २०६३ मंशिरदेखि २०७२ साल असोज २ गतेभित्र वितरण गरिएका सम्पूर्ण जन्मसिद्ध नागरिकताका प्रमाणपत्रहरुको जाँच गरिनुपर्छ र मापदण्ड एवम् कानुन विपरित वितरण गरिएका नेपालका जन्मसिद्ध नागरिकताहरुलाई खारेज गरिनुपर्दछ । तवमात्र मापदण्ड र कानुनबमोजिम जन्मसिद्ध नेपाली नागरिकता प्राप्त गर्ने नागरिकहरुका नेपालमै स्थायी बसोबास गर्ने सन्तानहरुलाई नेपाली नागरिकता वितरण गर्ने कानुनी ब्यवस्था गरिनुपर्छ ।

(२) बैवाहिक सम्बन्धको दुरुपयोग गर्दै नेपालमा गैरनेपालीहरुलाई नेपालको वंशजको नागरिकता दिने काम ब्यापकरुपमा भइरहेको छ । यसको साथै राजतन्त्रात्मक कालका कागतपत्र, छाप, काड र हस्ताक्षरहरु (पदाधिकारीका) नक्कल गर्दै अहिले पनि किर्ते नेपाली नागरिकताको बितरण भइरहेको छ ।

बिभिन्न समयमा किर्ते नागरिकता वितरणलाई रोक्नको निम्ति सम्मानित सर्वोच्च अदालतले त्यस प्रकार वितरित नागरिकता प्रमाणपत्रहरुलाई रद्द गर्ने फैसला पटक–पटक गरेको छ, जसलाई आजसम्म पनि सरकारले लागु गरेको छैन । उपरोक्त रद्द गरिएका नागरिकताका प्रमाणपत्रहरु वैद्य सरह प्रचलनमा छन् । अतः नागरिकता रद्द गर्ने सर्वोच्च अदालतको निर्णयलाई अविलम्व कार्यान्वयन गरिनुपर्छ ।

उपरोक्त दुवै प्रकरणमा चर्चा गरिएका किर्ते र अवैध नागरिकता प्रमाणपत्रहरुलाई चिन्हित गर्दै खारेज गर्नको निम्ति सरकारले अविलम्व “उच्चस्तरीय अधिकार सम्पन्न नागरिकता छानवीन न्यायिक आयोग” गठन गरोस्; तिनलाई रद्द गरोस तव मात्र सरकारले मापदण्ड र कानुन बमोजिम जन्मसिद्ध नेपाली नागरिकता पाउने नागरिकका नेपालमा स्थायी बसोवास गर्ने वालिग सन्तानहरुलाई नेपाली नागरिकता दिने ब्यवस्था गरोस् भनी हामी माग गर्दछौं ।

(३) नेपालले अनुचित रुपमा भारतीय दवावलाई स्वीकार गर्दै जन्मसिद्ध नागरिकता दिने समय अवधि २०४६ साल चैत मसान्त पु¥याएको छ, लागु पनि गरिसकेको छ । तर नेपालभन्दा कैयौं गुणा ठूलो भूगोल र धेरै जनसंख्या भएको र तीनतिर खुला सिमाना पनि भएको भारतले सन् १९५० अघि नै भारतमा बसोवास गर्ने नेपालीभाषी ब्यक्तिहरुलाई मात्र भारतीय नागरिकता दिने नीति अविचलित कायम राखेको छ । यसबाट त्यस मापदण्डभन्दा पछिदेखि मात्र भारतमा बसोवास गर्ने नेपालीभाषीहरु व्यवहारतः भारतीय बनिसक्ता पनि भारतीय नागरिकताबाट बञ्चित छन् । किन भारतले पारस्पारिकताको आधारमा २०४६ साल चैत मसान्त तद्नुरुप सन् १९९० को अप्रेल १४ अघि भारतमा जन्मी त्यही स्थायी बसोवास गर्ने नेपालीभाषी नागरिकहरुलाई भारतीय नागरिकता प्रदान गर्ने नीति अवलम्वन नगर्ने ? यो हाम्रो अघि वृहद प्रश्न बनेको छ । यसबाट पीडित नेपालीभाषीहरुको मागप्रति हाम्रो दृढ नैतिक एवम् राजनैतिक समर्थन हुनु पर्ने भएको छ ।

(४) बैवाहिक आधारमा नेपाल भित्रिने विदेशी महिलाहरुलाई कमसेकम भारतीय कानुनी प्रचलन अनुरुप नेपालमा बसोवास गर्न थालेको ७ बर्षपछि मात्र अंगिकृत नागरिकता दिने कानुनी ब्यवस्था गरिनुपर्दछ ।

(५) त्यसरी बैवाहिक आधारमा अंगिकृत नेपाली नागरिकता पाउन सक्ने महिलाहरुको सामाजिक सुरक्षाको निम्ति सरकारले उनीहरुलाई राजनैतिक बाहेक अन्य अधिकार उपयोग गर्ने ‘स्थायी बसोवासको प्रमाणपत्र’ प्रदान गर्ने कानुनी व्यवस्था गर्नुपर्छ ।

(६) विधेयकमा रहेको नागरिकता वितरणमुखी प्रावधान (दुई जना नागरिक र एकजना निर्वाचित पदाधिकारी वा सदस्यको सिफारिसमा नागरिकता दिइने व्यवस्था) खारेज गरी निर्वाचित स्थानीय तहको सिफारिसको आधारमा कायम गरिनुपर्छ ।

(७) नागरिकतामा सामान्यतया नागरिकताका धारकका बावु र आमा दुवैको नाम लेखिने र दुईमध्ये एकले सन्तनको नागरिकता लिइदिंदा अर्को पक्षलाई प्रस्तुत गर्ने वा उसबारे अभिलेखमा आधिकारिक घोषणा गर्ने कानुनी व्यवस्था गरिनुपर्छ ।
(८) नेपाल जस्तो सम्वेदनशील भूराजनीति र दुई ठूलो जनसंख्या भएका मुलुकको छिमेकी देशको नागरिकता नीति कडा बनाइनुपर्छ ।

सरकारले साउन २०७५ मा उक्त संशोधन विधेयक संसदमा दर्ता गरेदेखि नै त्यस बिरुद्ध जनता उठ्न थालेका छन् । हामी आयोजकहरु पनि त्यस बिरुद्ध कृयाशील रहेका छौं । हाम्रो विरोधमा निम्न माग रहेको छन् ।

(१) नागरिकता ऐनको राष्ट्रघाती संशोधन विधेयक फिर्ता गर ! (२) उच्चस्तरीय अधिकार सम्पन्न न्यायिक नागरिकता छानबिन आयोग गठन गर ! (३) आयोग मार्फत् किर्ते नागरिकता खारेज गर ! (४) नागरिकताको प्रमाणपत्र खारेज गर्ने सर्बोच्च अदालतको निर्णय लागु गर ! (५) नेपालीसँग बिबाह गरी आउने बिदेशी महिलालाई ७ वर्ष पछिमात्र अंगिकृत नागरिकता दिने व्यबस्था गर ! (६) अन्तरिम अवधिको लागि विवाह गरी आउने विदेशी नागरिक महिलाको लागि राजनीतिक अधिकार बाहेक अन्य अधिकारहरू उपभोग गर्न दिने “स्थायी वसोवासको प्रमाण पत्र” दिने बैधानिक व्यवस्था गर ! (७) विदेशीसँग विवाह गरी जाने नेपाली महिलाको नागरिकता खारेजीको ब्यबस्था गर ! (८) सरकारी ब्लक नापीभित्र स्थायी बसोवास गर्ने भूमिहीनका नाममा जग्गा दर्ता गर ! (९) नेपाल–भारत खुला सिमाना नियामन गर !

उपरोक्त मागमा भारतले नेपालीभाषीहरुको निम्ति नागरिकता पाउने आधार–बर्ष माथि उल्लेख गरिए बमोजिम पुनर्विर्चार गरोस् भन्ने माग पनि थप्नु आवश्यक भएको छ ।

जनताको सचेतन व्यापक र सशक्त संघर्ष बिना सरकारले नागरिकता सम्बन्धमा हामी देशभक्त लोकतान्त्रिक शक्तिहरुका मागलाई सम्बोधन गर्ने लक्षण देखाएको छैन । अतः यस्तो जनसंघर्षको विकासको निम्ति हामीलाई कस्तो सांगठनिक संयन्त्र र नेतृत्वको आवश्यकता पर्ने हो ? यसबारे बिचार–बिमर्श गरी निर्णय गर्ने वेला भैसकेको छ ।

हामीले प्रभावकारी जनसंघर्षको विकास गर्नको निम्ति संघर्षका कस्ता रुप र तरिकाहरु अवलम्वन गर्नु पर्ने हो ? यस बिषयमा पनि गंभीर चिन्तन–मनन गर्दै शीघ्रातिशीघ्र उचित निर्णय गर्नु आवश्यक बनेको छ ।

 

वि.सं.२०७६ जेठ १० शुक्रवार १९:३८ मा प्रकाशित

Himalayan Life AD
युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

काठमाडौं  । नेकपा एमालेको ११औँ महाधिवेशनमा युवा संघ नेपालले झण्डै...

यस्तो छ रासायनिक मल आयातको अवस्था

यस्तो छ रासायनिक मल आयातको अवस्था

काठमाडौँ । सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन...

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन...

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको...

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

मलेखु (धादिङ) । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको...

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय...