back
CTIZAN AD

कसैले घुस माग्यो फोन गर्नुस् भदे बुढा मगरलाई

वि.सं.२०७६ जेठ ११ शनिवार

732 

shares

देशमा व्याप्त भ्रष्टाचार, बेथिति बढ्दै गएको छ । जनताको सानो कामका लागि पनि पाँचै रुपैयाँ किन नहोस् घुस लिनुपर्ने मानसिकताको विकास भइरहेका बेला नौमूले गाउँपालिका दैलेखका वडा अध्यक्ष भदे मगरले भने गाउँपालिकाको लेडर प्याडमै बकाईदाका साथ सूचना जारी गर्दै लेखेका छन् ‘यदि कसैले घुस मागेमा यस गाउँपालिकाका अध्यक्ष भदे बुढा मगरलाई ९८१५४४३६६६ मा जानकारी दिनुहोला ।’

यहि विषयलाई लिएर संसारन्युजले कुराकानी गर्दा अध्यक्ष बुढा मगरले भने, ‘गाउँपालिकामा सेवा लिन आएका सेवाग्राहिलाई कर्मचारीहरुले दुःख दिने, सानो कामका लागि पनि ६–७ दिन लगाईदिने, यो कागज पुगेन र त्यो भएन भनेर दुःख दिएको हुनाले फोन नम्बर दिएर मलाई फोन गर्नु भनेको हुँ ।’ अध्यक्ष बुढा मगरले भने । उनका अनुसार यो सूचना जारी गरेपछि दुई–चार जनाले आफूले दुःख पाएको भनेर फोन पनि गरेका छन् ।

देशमा भर्खर संघीयता लागू भएको अवस्था तथा सिक्दै सिकाउँदै काम गरिरहेको अवस्थामा बुढामगरले गाउँपालिकाका लागि केही सुधारका कामहरु पनि गर्दै आएका छन् । अध्यक्ष हुनुभन्दा पहिले गाउँमै सामान्य व्यापार गर्दै आएका बुढा मगरले शिक्षा, स्वास्थ्य, कृषि, लघुउद्यम लगायतका क्षेत्रमा पनि जनताले प्रत्यक्ष अनुभुत हुने कामहरु गरिरहेको बताउँछन् ।

नौमूले गाउँपालिकाका तल्लो बेल्टमा १२ पन्थे मगर र माथिल्लो बेल्टमा १८ पन्थे मगर रहेका छन् । मगर समुदायको बाहुल्यता रहेकोले आफ्नो मातृभाषा जोगाउनका लागि मगर भाषाका कक्षा संञ्चालन गरेको पनि बुढामगरले बताए । त्यस्तै शिक्षा क्षेत्रमा ८ वटा माविमा प्रत्येक माविमा एक÷एक जना कम्प्युटर शिक्षक राखिएको छ ।

अलैची खेतीको अध्धयन गर्न इलाम गएको टिम

त्यस्तै नौमूलेलाई अलैची क्षेत्रका रुपमा विस्तार गर्नका लागि गत वर्ष साढे २ लाख अलैचीको विरुवा लगाइएको र यसवर्ष पनि सोहि अनुपातमा अलैचीको बिरुवा लगाउने अध्यक्ष बुढामगरले बताए । ‘अलैचीको पकेट क्षेत्र बनाउनका लागि हामीले यहाँका किसानलाई अलैची खेतीका बारेमा जानकारी लिन अलैँची विकास केन्द्र इलाममा भ्रमणमा पनि पठायौं ।’ उनले भने ।

नौमुले गाउँपालिकामा रहेका मावि, निमावि र उच्च मावि गरेर ४८ वटा स्कुल तथा कलेजमा एक÷एक वटा साउण्ड सिस्टम सहयोग गरेर प्रत्येक हप्ता विद्यार्थीहरुमाझ अतिरिक्त क्रियाकलापहरु संचालन गरिएको पनि अध्यक्ष बुढामगरले बताए ।

त्यस्तै उद्योग क्षेत्रमा नौमुले गाउँपालिकामा अल्लो बढी उत्पादन भएकाले अल्लोको लघु उद्यम संचालन गरेर त्यहाँको जीवनस्तर माथि उकास्नका लागि ८ वटै वडाका २÷२ जनालाई अल्लोको सामान बनाउने तालिम दिइएको छ । त्यसका लागि प्रशिक्षक पर्वतबाट ल्याइएको पनि अध्यक्ष बुढा मगरले बताए । तालिममा अल्लोको झोला, स्टकोट, टोपी लगायतका समानहरु बनाउन सिकाइएको छ । ‘अब यसको वजार पनि विस्तार गर्नुपर्छ त्यसका लागि योजना बनाइरहेका छौं ।’ बुढा मगरले भने ।

त्यस्तै स्वास्थ्य क्षेत्रमा पनि बुढा मगरले जनतालाई प्रत्यक्ष राहत हुने काम गरिरहेका छन् । गाउँपालिकाका वडा नं १ को भाङघारी, वडा नं ३ को भाँडे, वडा नं ४ का भित्ते खोला तथा अर्को एक वडाको पैती डाँडागाउँमा अस्थायी चौकी निर्माण गरेर त्यहाँका स्थानीयलाई स्वस्थ्य सेवा दिइरहेको पनि अध्यक्षले बताए । त्यस्तै, मिर्गौला रोग, क्यान्सरको समस्या,मुटुको भल्व खराव भएकाको उपचारका लागि १ देखि ४ लाखसम्म संघ सरकारलाई आर्थिक सहयोगका लागि सिफारिस गरिदिएको र गाउँपालिकाले पनि सहयोग गरिरहेको बताएका छन् ।

 

वि.सं.२०७६ जेठ ११ शनिवार ०८:५६ मा प्रकाशित

रास्वपाले समानुपातिकतर्फका ५७ सांसदको नामावली टुंगो लगायो

रास्वपाले समानुपातिकतर्फका ५७ सांसदको नामावली टुंगो लगायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीतर्फका...

Daraz Nepal को ‘द रियल सेल’ सुरु, ६० प्रतिशतसम्म छुट

Daraz Nepal को ‘द रियल सेल’ सुरु, ६० प्रतिशतसम्म छुट

काठमाडौं । Daraz Nepal ले आफ्ना ग्राहकका लागि ‘द रियल...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो...

एघार महिनामा ६ हजार विपद्का घटना

एघार महिनामा ६ हजार विपद्का घटना

काठमाडौँ । गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार...

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ...

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

काठमाडौँ । हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम...