back
CTIZAN AD

हत्याकाण्डको राति विदेश उडेका रानाले कसरी लेखे ’दरबारको दुखान्त’ ?

वि.सं.२०७६ जेठ १२ आइतवार

2.2K 

shares

राजा विरेन्द्रका एडिसी सुन्दर प्रताप राना रानाको किताब ’दरबारको दुखान्त’ बजारमा आएछ ।

अर्थात् बिक्रिको लागि बजारमा आएछ । क्या माल होला है ? बजारमा आएछ । यसका लेखक सुन्दर प्रताप राना आजसम्म कहाँ हुनुहुन्थ्यो ? राज परिवारका मरिससेका व्यक्तिहरुको बारेमा अनि उनीहरुका नाममा यसरी किताब निकाल्नु कानुन सम्मत हो कि नाईं ? किताब लेखनमा उत्प्रेरणा दिने तथाकथित लेखक अनि किताब छाप्ने पब्लिकेशनलाइ अग्रीम बधाई छ । तपाईंहरु मिलेर करोड करोड कमाउनु होला । हुनत यो किताब लेख्नुको उद्धेश्य नै नेपाली समाजको ’कसैको दुःखको भावनामा बगेर एकदम सहानुभुती राखी उसको दुःखमा आँखा चिम्लेर साथ दिने’ अवसरलाइ सदुपयोग गर्न लेखिएको किताब हो ताकि नरसंहार भएको राजपरिवारको दुखान्त कथा पढ्न लालयित हुन पैसा तिरेर पढ्न सकियोस् । यसमा राखिएका फोटोहरु कसको अनुमतिमा त्यहाँ राखियो ? प्रश्नहरु धेरै छन् ।

हामीले सुने अनुसार किताबका लेखक सुन्दर प्रताप राना दरबार हत्याकाण्डको दिन नै रातिको उडानबाट देश बाहिर जानु भएको थियो रे, आजसम्म कहाँ हुनुहुन्थ्यो र एक्कासी किताब निकाल्न आइपुग्नु भयो ? किताबको एक अंशमा युवराज पारसले लेखक सुन्दर प्रताप रानालाई छाउनी अस्पतालमा सोधे रे ‘व्हाट इज हेप्पेनिंग’ अर्थात् के भै रहेको छ ? अनि तिनै पारस दरबार हत्याकाण्ड छानवीन आयोगमा बयान दिंदै त्यतिबेला भन्छन् ‘युवराज दिपेन्द्रले गोली चलाई बक्सेको हो, मलाई यस्सो रिसले हेरी बक्स्यो तर गोली हानी बक्सेन, अनि म सोफाको पछाडी लुकेर बाँचेको हो’ जबकि घटनाको सम्पूर्ण प्रयक्षदर्शी पारस थिए भने उनले छाउनी अस्पतालमा लेखक रानालाई कसरी ‘व्हाट इज हेप्पेनिंग’ भनेर सोधे ? यो त पारसलाई नै विवादमा ल्याउने कुरो भएन र ? यस्तो भावभंगी कुरोमा अल्झाउने लेखकले सत्य कुरो लेखे भनेर हामी कसरी पत्याउँ हजूर ?

केहि प्रश्नहरु अझै छन्- दरबार हत्याकाण्ड हुनुभन्दा दुइ घण्टा अगाडी बिना सूचना प्रधानसेनापती प्रज्ज्वल समशेर राणा किन दरबारको गेटमा देखिए ? यो कुरा थाहा पाएर राजा विरेन्द्रले पूर्वजानकारी विना किन प्रधानसेनापति दरबारमा ? भनेर सोधेको प्रश्नको उत्तर किन आजसम्म छैन ? त्यो दिन चितवनमा भएको निराजनलाइ रातारात हेलिकोप्टर चढाएर काठमाडौँ दरबारको पारिवारिक पार्टीमा किन बोलाइयो र पठाइयो ?

अझ अर्को कुरो–त्यो दिन राजा विरेन्द्रले स्वचालीत हतियार बोकेका थिए रे, नितान्त पारिवारिक जमघटमा बहिनी, छोरी, ज्वाईंहरु सामेल भएको पार्टीमा राजा विरेन्द्रले किन हतियार ढाडमा लुकाएर पार्टीमा गए ? राजा विरेन्द्रले ‘सम्थिङ्ग इज गोइङ्ग टु बी रङ्ग’ भन्ने बुझेको सहजै अनुमान लगाउन सकिन्छ सायद त्यहि भएर उनी हतियार सहित पारिवारिक पार्टीमा सामेल थिए जुन एकदम अस्वभाविक हो ।

त्यत्रो नरसंहार हुँदा काठमाडौँमा कसैलाई थाह छैन तर अमेरिकाको समाचार संस्था CNN ले राति १० बजेको समाचारमा दरबार हत्याकाण्ड सम्बन्धी ’ब्रेकिङ्ग न्युज’ कसरी दियो ? अनि दरबार हत्याकाण्डमा त्यहाँ धेरै सनिक जवानहरू पनि मरेका थिए अनि ती सबैलाई रातारात पशुपति आर्यघाटमा लगेर जलाएको त्यहाँ प्रतक्षदर्शीले देखेका थिए रे, यस्ता प्रश्नको उत्तर आजसम्म छैन ।

बरु लेखकले ‘त्यो सालको असोज महिनामा चीनको बोआओ शहरमा एउटा सम्मेलन हुँदै थियो जहाँ राजा विरेन्द्र केहि बोल्दै थिए ताकि भारत, पश्चिमा अनि अमेरिकामा ठूलो कम्पन आउंदै थियो’ भनेर किन जानी जानी लेख्न नसकेका ?

सुन्दर प्रताप रानाको यो एउटा आत्मवृत्तान्त हो र आत्मवृत्तान्त कति सहि हो अनि कति गलत र बकम्फुसे हो भनेर छुटाउने मापन अझैसम्म यो संसारमा तयार भएको छैन । आत्मवृत्तान्त लेख्न व्यक्ति उच्च नैतिकवान हुनुपर्छ र नैतिकबल पनि भएको पनि हुनु पर्छ । लेखक अनि अनेकन भाषा मिलाएर लेख्ने उत्प्रेरक, अनि किताब छाप्ने छापाखानाले एक एक करोड कमाउनु होस्, आखिर पैसै त रच , शुभकामना छ ।

यहाँ उल्लेखित विचार लेखकका फेसबुकमा लेखिएका निजी विचार हुन् ।

वि.सं.२०७६ जेठ १२ आइतवार ०९:२० मा प्रकाशित

व्यक्तिगत जीवनमा आत्मनिर्भरताकाे अभ्यास कसरी गर्ने ?

व्यक्तिगत जीवनमा आत्मनिर्भरताकाे अभ्यास कसरी गर्ने ?

स्वनिर्भरता भनेको जीवनका चुनौतिहरू सामना गर्न, स्वतन्त्र निर्णयहरू लिन र...

निर्वाचनमा ओखलढुंगाः एक विश्लेषण

निर्वाचनमा ओखलढुंगाः एक विश्लेषण

कोशी प्रदेश अन्तर्गत पर्ने ऐतिहासिक, साँस्कृतिक महत्वको शदिद भूमि हो-...