back

वातावरण संरक्षणमा जुट्न सगरमाथाको फेदीबाट उपप्रधानमन्त्रीको आह्वान

वि.सं.२०७६ जेठ १३ सोमवार

336 

shares
GLOBAL IME AD
NTC AD

१३ जेठ, नाम्चे । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वच्छ वातावारण र दीर्घ जीवन चाहने संसारभरका मानिसलाई सगरमाथा हिमाल सफाइ अभियानमा जोडिन आह्वान गरेका छन् । सगरमाथा हिमाल सफाइ अभियान–२०७६ का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले भने, “ वातावरण र हिमाल संरक्षणमा रुचि राख्ने विश्वभरकै मानिसका लागि यो अभियान जनचेतना जगाउने अभियानका रुपमा रहेको छ ।”

नेपालका गौरवपूर्ण इतिहास बोकेका प्राकृतिक र ऐतिहासिक गढी, चुरे पहाड, हिमाल लगायतको संरक्षण र सम्वद्र्धनमा नेपाली सेनाले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको चर्चा गर्दै उनले मुलुक र जनताको हितमा सेनाले निरन्तर कार्य गर्दै आएको उल्लेख गरे ।सगरमाथा र खुम्बु क्षेत्रको विकासका लागि स्थानीय तह र प्रदेश सरकारले ल्याउने योजनाबद्ध कार्यक्रम कार्यान्वयनका लागि सरकारले पूर्ण सहयोग गर्ने बताउँदै उनले यस क्षेत्रको विकास र समृद्धिका लागि सबैको सकारात्मक प्रयास आवश्यक छ भने ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रको विकास र समृद्धिको एजेण्डा तथा ‘सुखी नेपाली समृद्ध नेपाल’को लक्ष्य कार्यान्वयनका लागि सगरमाथासँग जोडेर लैजान आवश्यक छ भने ।उनले भने, “सगरमाथा हाम्रो शान गौरव र परिचयका रुपमा रहेको छ ।” मुख्यमन्त्री राईले खुम्बु पासाङ गाउँपालिकालाई यस प्रदेशको पर्यटकीय गाउँका रुपमा घोषणा गरी रु ५० लाख उपलब्ध गराइने घोषणा गरे ।नेपाल कम्युनिष्ट पार्टी नेकपा का नेता एवं सांसद योगेश भट्टराईले सगरमाथा खुम्बु क्षेत्रले मानव सभ्यतालाई अघि बढाउन योगदान पु¥याउँदै आएको बताए । प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाले पर्यावरण संरक्षणलाई प्राथमिकतामा राखी सगरमाथा सफाइ अभियान सफल बनाउन जुटेको उल्लेख गरे ।

गाउँपालिकाका निमा दोर्जी लगायतले खुम्बु क्षेत्रको संरक्षण विश्वकै लागि महत्वपूर्ण भएकामा जोड दिएका ।
अभियानका क्रममा सो क्षेत्रबाट चार हजार किलोग्राम फोहर र चार जनाको शवसमेत सङ्कलन गरी काठमाडौँ पु¥याइएको थियो ।

वि.सं.२०७६ जेठ १३ सोमवार १३:४५ मा प्रकाशित

गण्डकीसहित केही प्रदेशका हिमाली र पहाडी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना !

गण्डकीसहित केही प्रदेशका हिमाली र पहाडी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना !

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव...

जलविद्युत् आयोजना प्रभावितलाई सीपमूलक तालिम

जलविद्युत् आयोजना प्रभावितलाई सीपमूलक तालिम

दमौली (तनहुँ) । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...

घुससहित प्रहरी नायब निरीक्षक पक्राउ

घुससहित प्रहरी नायब निरीक्षक पक्राउ

लुम्बिनी (मर्चवार) । रूपन्देहीमा एक प्रहरी नायब निरीक्षक (सइ)लाई अख्तियार...

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

काठमाडौँ । लगानी र प्रतिफल सुनिश्चित भएमा भारतीय व्यापारिक घरानाले...

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

काठमाडौँ । महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक ९१...

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका...