back
CTIZAN AD

वातावरण संरक्षणमा जुट्न सगरमाथाको फेदीबाट उपप्रधानमन्त्रीको आह्वान

वि.सं.२०७६ जेठ १३ सोमवार

726 

shares

१३ जेठ, नाम्चे । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वच्छ वातावारण र दीर्घ जीवन चाहने संसारभरका मानिसलाई सगरमाथा हिमाल सफाइ अभियानमा जोडिन आह्वान गरेका छन् । सगरमाथा हिमाल सफाइ अभियान–२०७६ का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले भने, “ वातावरण र हिमाल संरक्षणमा रुचि राख्ने विश्वभरकै मानिसका लागि यो अभियान जनचेतना जगाउने अभियानका रुपमा रहेको छ ।”

नेपालका गौरवपूर्ण इतिहास बोकेका प्राकृतिक र ऐतिहासिक गढी, चुरे पहाड, हिमाल लगायतको संरक्षण र सम्वद्र्धनमा नेपाली सेनाले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको चर्चा गर्दै उनले मुलुक र जनताको हितमा सेनाले निरन्तर कार्य गर्दै आएको उल्लेख गरे ।सगरमाथा र खुम्बु क्षेत्रको विकासका लागि स्थानीय तह र प्रदेश सरकारले ल्याउने योजनाबद्ध कार्यक्रम कार्यान्वयनका लागि सरकारले पूर्ण सहयोग गर्ने बताउँदै उनले यस क्षेत्रको विकास र समृद्धिका लागि सबैको सकारात्मक प्रयास आवश्यक छ भने ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रको विकास र समृद्धिको एजेण्डा तथा ‘सुखी नेपाली समृद्ध नेपाल’को लक्ष्य कार्यान्वयनका लागि सगरमाथासँग जोडेर लैजान आवश्यक छ भने ।उनले भने, “सगरमाथा हाम्रो शान गौरव र परिचयका रुपमा रहेको छ ।” मुख्यमन्त्री राईले खुम्बु पासाङ गाउँपालिकालाई यस प्रदेशको पर्यटकीय गाउँका रुपमा घोषणा गरी रु ५० लाख उपलब्ध गराइने घोषणा गरे ।नेपाल कम्युनिष्ट पार्टी नेकपा का नेता एवं सांसद योगेश भट्टराईले सगरमाथा खुम्बु क्षेत्रले मानव सभ्यतालाई अघि बढाउन योगदान पु¥याउँदै आएको बताए । प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाले पर्यावरण संरक्षणलाई प्राथमिकतामा राखी सगरमाथा सफाइ अभियान सफल बनाउन जुटेको उल्लेख गरे ।

गाउँपालिकाका निमा दोर्जी लगायतले खुम्बु क्षेत्रको संरक्षण विश्वकै लागि महत्वपूर्ण भएकामा जोड दिएका ।
अभियानका क्रममा सो क्षेत्रबाट चार हजार किलोग्राम फोहर र चार जनाको शवसमेत सङ्कलन गरी काठमाडौँ पु¥याइएको थियो ।

वि.सं.२०७६ जेठ १३ सोमवार १३:४५ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राँझा (बाँके) । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती...

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...