back
CTIZAN AD

विवेकशील नेपाली दलद्धारा घोर भत्र्सना

वि.सं.२०७६ जेठ १४ मंगलवार

828 

shares

१४ जेठ, काठमाण्ठौं । विवेकशील नेपाल दलले आइतबार देशका विभिन्न स्थानमा भएको श्रृखंलाबद्ध बम विस्फोटको घटनाको घोर भत्र्सना गरेको छ ।

विस्फोटले मानविय तथा अन्य क्षतिले चौतर्फि त्रास उत्पन्न भएको प्रति विवेकशील नेपाली दलको गम्भीर ध्यानाकर्षण भएको दलद्धारा जारी विज्ञप्तिमा बताइएको छ ।

डर र हिंसाको बाटोले सुख, शान्ति र दिगो रूपान्तरण ल्याउन सक्दैन भन्ने ठहर गरेको उक्त पार्टीका प्रवक्ता मिलन पाण्डेद्धारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ,
‘२०७६ जेठ १२ गते काठमाडौँ लगायत देशका विभिन्न स्थानमा भएको श्रृंखलावद्ध बम विस्फोटको घटनाको विवेकशील नेपाली दल घोर भर्त्सना गर्दछ। विस्फोटबाट भएको मानवीय तथा अन्य क्षतिले चौतर्फी त्रास उत्पन्न भएको प्रति विवेकशील नेपाली दलको गम्भीर ध्यानाकर्षण भएको छ।

हामी विस्फोटमा ज्यान गुमाएका सम्पूर्ण आत्माको चिर शान्तिको कामना गर्दछौँ । साथै, घाइतेहरूको उपचार एवं पीडितका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न समेत नेपाल सरकारलाई अनुरोध गर्दछौँ । विस्फोटको घटनामा संग्लनहरुको यथाशक्य छिटो पहिचान गरी कडा कानुनी कारबाही अघि बढाउन हामी सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ ।

बुद्धको देश भनेर चिनिने हाम्रो शान्ति भूमिमा कुनै पनि समस्याको समाधान डर–त्रास, हिंसा–प्रतिहिंसा हुनै सक्दैन भन्ने विवेकशील नेपालीको दृढ विश्वास रहको छ ।

यदि राजनीतिक उद्देश्य पूर्ति गर्ने बहानामा यी विवेकहीन गतिविधिहरू गरिएका भए हामी प्रस्टसँग आफ्नो भनाइ राख्न चाहन्छौँ–अशान्तिको बाटोले शान्ति तथा दिगो समाज रूपान्तरण आउँदैन । यो कुरा हाम्रो आफ्नै देशको अनुभव तथा विश्व राजनीतिको अध्ययनले पनि देखाउँछ । सरकारलाई पनि शान्तिपूर्ण असहमतिका आवाजहरूलाई वार्ता र संवादद्वारा जिम्मेवारीपूर्ण ढङ्गले सुनुवाइ गर्न अनुरोध गर्दछौँ । निषेध अनि प्रतिबन्धले समाधान दिँदैन ।

नियम कानुनको परिधिमा रही शान्तिसुरक्षाको प्रत्याभूति दिलाउने जिम्मेवारी सेवक सरकारको हो । सरकारका विभिन्न निकायहरूको उपयुक्त परिचालनको अभावमा नै यी घटना भएकाले यस्ता घटनाहरू हुन नदिनको लागि चुस्त रूपमा त्यस्ता निकायहरूको परिचालन गर्न हामी ध्यानाकर्षण गराउन चाहन्छौँ ।

अन्त्यमा आम नागरिकको चुलोमै प्रभाव पर्ने ’नेपाल बन्द’ जस्ता हडताल नागरिकको हिँडडुलको स्वतन्त्रता र गरी खान पाउने मौलिक हकको हनन हो । यसको विकल्प खोज्न समेत विवेकशील नेपाली दल सम्बन्धित पक्षहरूलाई अनुरोध गर्दछ । नेपाल सदैव खुल्ला राखौँ !’

वि.सं.२०७६ जेठ १४ मंगलवार ०९:०२ मा प्रकाशित

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल  निगरानी

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल निगरानी

भैरहवा (रुपन्देही) । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी...

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

घोराही (दाङ) ।  जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा...

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...