१५ जेठ । राष्ट्रिय गौरवको परियोजनाका रुपमा द्रुतगतिमा बनिरहेको चितवनस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा लगाइएको बार केही स्थानीयले भत्काइदिएका छन् ।
डोजरसहित आएका केही व्यक्तिले जस्तापाताले लगाएको बार भत्काइदिएका हुन् । नेकपाका स्थानीय नेतासमेत रहेका प्रकाश कँडेल लगायतको स्थानीयले रंगशाला निर्माणको बारका साथै कृषि तथा वनविज्ञान विश्वविद्यालयले लगाएको तारको जालीसमेत भत्काएको छन् ।
घटनामा संलग्न भएको आशंकामा १७ जनाई प्रहरीले नियन्त्रण लिइ अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दिपेन्द् शाहले बताए ।
नगरपालिकाको मापदण्ड अनुसार सडकका लागि छाड्नु पर्ने मापदण्ड अनुसार नछाडिएका कारण रुष्ट स्थानीयले बार भत्काएको हुन सक्ने बताइएको छ ।
यसबारेमा फाउण्डेसनको केन्द्रीय कार्यालयले आफूहरुलाई कुनै जानकारी प्राप्त नभएको बताएको छ ।
वि.सं.२०७६ जेठ १५ बुधवार १५:४५ मा प्रकाशित


























