back
CTIZAN AD

प्रधानमन्त्री मोदिको पाकिस्तान एक्ल्याउने चाल, धरापमा सार्क

वि.सं.२०७६ जेठ १५ बुधवार

609 

shares

१५ जेठ, काठमाण्डौं । भारतमा सम्पन्न पछिल्लो आम निर्वाचनको परीमाणसँगै दक्षिण एसयिाली क्षेत्रीय सहयोग संगठन सार्कको भविष्यमा करीव पूर्ण विराम लाग्ने सङ्केत देखिएको छ । यस क्षेत्रका दुई परम शत्रु राष्ट्र भारत र पाकिस्तान अटाएको यो क्षेत्रिय मोर्चा यी दुई राष्ट्रको मनमुटावको सिकार बन्ने निश्चित जस्तै देखिएको छ ।

वि.सं. २०७० मा काठमाडौँमा अठारौँ शिखर सम्मेलन सम्पन्न भएको थियो । देशको नामको अङ्ग्रेजी अक्षरको पहिलो अल्फावेटका आधारमा शिखर सम्मेलन आयोजना गर्ने बडापत्रको थितिका कारण सार्कको उन्नाइसौँ शिखर सम्मेलन आयोजना गर्ने पालो पाकिस्तानको थियो । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पाकिस्तान विरोधी वैचारिक चिन्तनका कारण उन्नाइसौ शिखर सम्मेलन अनिश्चित भयो । र, सार्क समिटको यहि विलम्बसँगै सार्कको अवसानका दिन आउन लागेका संकेत देखिन थालेका छन् ।

मोदीको पछिल्लो विजय र उनको सपथ ग्रहण कार्यक्रममा निम्त्याइने राष्ट्र र क्षेत्रीय संगठनको सुचीमा पाकिस्तानलाई एक्लाउने रणनीति मोदीले अगाडि सारेसँगै भारतका बुद्घिजीवीहरुले सार्कको विकल्प खोज्नु पर्ने बताउन थालेका छन् । यो सार्कका लागि शुभ सङकेत पक्कै होइन । भारतीय प्रधानमन्त्री मोदीले पाकिस्तानलाई अन्तराष्ट्रिय र क्षेत्रीय मोर्चाबाट एक्ल्याउन चाहन्छन् । यसका लागि पनि सार्कको विकल्प आवश्यक भएको छ । यसको पूर्व सङ्केत हो, मोदीको भोली बिहीबार आयोजना हुने सपथ ग्रहण कार्यक्रममा सार्कको बाइपास र विमस्टेकको सहभागीता विमस्टेकमा सार्कका पाकिस्तान र अफगानिस्तान बाहेक अन्य राष्ट्र अटाएका छन् । भारतको अफगानीस्तानसँग राम्रो सम्बन्ध छ ।

अफगानिस्तानलाई भारतले कुनै न कुनै कोणबाट आफ्नो हातमा ल्याउन सक्छ । साथै सार्कमा अन्य राष्ट्रहरूसँग सम्बन्ध पनि कायम रहिरहने र पाकिस्तानलाइ क्षेत्रीय मोर्चाबाट अलग्याउन सकिने गतिलो फोरम विमस्टेक हो । मोदीले यो कार्ड सहज रूपमा फालेका छन् । मोदीको यो रणनीतिले दोस्रो कार्यकालमा पाकिस्तान विरुद्ध अपनाउन सक्ने कडा व्यवहारसँगै सार्कको भविष्य धरापमा पर्ने निश्चित छ ।

यस काराण अध्यक्ष राष्ट्रको नाताले नेपालले सार्क बचाउने वा विकल्प खोज्ने, यो विषयमा समयमै विचार पुर्याउन आवश्यक छ । मोदीको सपथ ग्रहणमा विमस्टेकको सदस्यको रूपमा भाग लिए पनि प्रधानमन्त्री के.पी ओलीले मोदी सँगको भेटमा योे विषय उठाउनु आवस्यक हुन सक्छ । नेपालले पनि समय छँदै सार्कको भविस्यका बारेमा चिन्तन गर्नृ र योजना बनाउनु आबश्यक छ ।

वि.सं.२०७६ जेठ १५ बुधवार १८:२४ मा प्रकाशित

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...