back

प्रधानमन्त्री मोदिको पाकिस्तान एक्ल्याउने चाल, धरापमा सार्क

वि.सं.२०७६ जेठ १५ बुधवार

543 

shares

१५ जेठ, काठमाण्डौं । भारतमा सम्पन्न पछिल्लो आम निर्वाचनको परीमाणसँगै दक्षिण एसयिाली क्षेत्रीय सहयोग संगठन सार्कको भविष्यमा करीव पूर्ण विराम लाग्ने सङ्केत देखिएको छ । यस क्षेत्रका दुई परम शत्रु राष्ट्र भारत र पाकिस्तान अटाएको यो क्षेत्रिय मोर्चा यी दुई राष्ट्रको मनमुटावको सिकार बन्ने निश्चित जस्तै देखिएको छ ।

वि.सं. २०७० मा काठमाडौँमा अठारौँ शिखर सम्मेलन सम्पन्न भएको थियो । देशको नामको अङ्ग्रेजी अक्षरको पहिलो अल्फावेटका आधारमा शिखर सम्मेलन आयोजना गर्ने बडापत्रको थितिका कारण सार्कको उन्नाइसौँ शिखर सम्मेलन आयोजना गर्ने पालो पाकिस्तानको थियो । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पाकिस्तान विरोधी वैचारिक चिन्तनका कारण उन्नाइसौ शिखर सम्मेलन अनिश्चित भयो । र, सार्क समिटको यहि विलम्बसँगै सार्कको अवसानका दिन आउन लागेका संकेत देखिन थालेका छन् ।

मोदीको पछिल्लो विजय र उनको सपथ ग्रहण कार्यक्रममा निम्त्याइने राष्ट्र र क्षेत्रीय संगठनको सुचीमा पाकिस्तानलाई एक्लाउने रणनीति मोदीले अगाडि सारेसँगै भारतका बुद्घिजीवीहरुले सार्कको विकल्प खोज्नु पर्ने बताउन थालेका छन् । यो सार्कका लागि शुभ सङकेत पक्कै होइन । भारतीय प्रधानमन्त्री मोदीले पाकिस्तानलाई अन्तराष्ट्रिय र क्षेत्रीय मोर्चाबाट एक्ल्याउन चाहन्छन् । यसका लागि पनि सार्कको विकल्प आवश्यक भएको छ । यसको पूर्व सङ्केत हो, मोदीको भोली बिहीबार आयोजना हुने सपथ ग्रहण कार्यक्रममा सार्कको बाइपास र विमस्टेकको सहभागीता विमस्टेकमा सार्कका पाकिस्तान र अफगानिस्तान बाहेक अन्य राष्ट्र अटाएका छन् । भारतको अफगानीस्तानसँग राम्रो सम्बन्ध छ ।

अफगानिस्तानलाई भारतले कुनै न कुनै कोणबाट आफ्नो हातमा ल्याउन सक्छ । साथै सार्कमा अन्य राष्ट्रहरूसँग सम्बन्ध पनि कायम रहिरहने र पाकिस्तानलाइ क्षेत्रीय मोर्चाबाट अलग्याउन सकिने गतिलो फोरम विमस्टेक हो । मोदीले यो कार्ड सहज रूपमा फालेका छन् । मोदीको यो रणनीतिले दोस्रो कार्यकालमा पाकिस्तान विरुद्ध अपनाउन सक्ने कडा व्यवहारसँगै सार्कको भविष्य धरापमा पर्ने निश्चित छ ।

यस काराण अध्यक्ष राष्ट्रको नाताले नेपालले सार्क बचाउने वा विकल्प खोज्ने, यो विषयमा समयमै विचार पुर्याउन आवश्यक छ । मोदीको सपथ ग्रहणमा विमस्टेकको सदस्यको रूपमा भाग लिए पनि प्रधानमन्त्री के.पी ओलीले मोदी सँगको भेटमा योे विषय उठाउनु आवस्यक हुन सक्छ । नेपालले पनि समय छँदै सार्कको भविस्यका बारेमा चिन्तन गर्नृ र योजना बनाउनु आबश्यक छ ।

वि.सं.२०७६ जेठ १५ बुधवार १८:२४ मा प्रकाशित

Himalayan Life AD
युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

काठमाडौं  । नेकपा एमालेको ११औँ महाधिवेशनमा युवा संघ नेपालले झण्डै...

यस्तो छ रासायनिक मल आयातको अवस्था

यस्तो छ रासायनिक मल आयातको अवस्था

काठमाडौँ । सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन...

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन...

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको...

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

मलेखु (धादिङ) । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको...

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय...