back

कम्युनिष्ट सरकरको दोस्रो बजेट भाषण, पूर्वाधार र सामाजिक कल्याणमैत्री

वि.सं.२०७६ जेठ १५ बुधवार

702 

shares

१५ जेठ, काठमाण्डौं । अर्थमन्त्री डा युवराज खतिवडाले संसदको दुवै सदनमा बजेट प्रस्तुत गर्दै जेष्ठ नागरिक भत्तामा बढोत्तरी ल्याएका छन् ।

अर्थमन्त्री खतिवडाले जेष्ठ नागरिकको भत्ता रु एक हजारले बढाएर ३ हजार रुपैयाँ पुर्याएका छन् । डा. खतिवडाको यो घोषणासँगै देशभरी रहेका १३ लाख जेष्ठ नागरिकको लागि खुसीको खबर बनेको छ ।

यस्तै १८ वटा आयोजनाबाट २५ सय मेगावाट बिजुली उत्पादन गर्ने पनि अर्थमन्त्री खतिवडाले बजेट छुट्याएको घोषणा गरेका छन् । विद्युत् उत्पादनका लागि डा. खतिवडाले उर्जामा ८३ अर्ब ४९ करोड रुपैयाँ विनियोजन गरेका छन् ।

काठमाण्डौ उपत्याकालाई मध्य तराईसँग जोड्ने काठमाण्डौं–निजगढ द्रूतमार्गका लागि सरकारले १५ अर्ब १ करोड छुट्याएको छ । यसैगरी अघिल्लो बजेटबाट सुरु गरिएको मदन भण्डारी बैकल्पिक राजमार्गका लागि ४ अर्ब ८२ करोड रुपैयाँ छ्टयाएको घोषणा गरेका छन् ।

सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत पूर्व कमैया र हलीहरुको बासस्थान निर्माण यसै आर्थिक वर्षमा टुंग्याएको घोषणा अर्थमन्त्रीले गरेका छन् । यस्तै पेट्रोलियममा थप रुपैयाँ दस्तुर लगाएर त्यसबाट प्राप्त हुने आम्दानी सामाजिक तथा पुँजीगत कार्यमा खर्च गर्ने प्रतिबद्धता डा. खतिवडाले गरेका छन् ।

आफ्नो दोस्रो बजेट प्रस्तुत गर्दै पुर्वगर्भनर समेत रहेका अर्थमन्त्री डा. खतिवडाले स्वास्थ्य वीमा कार्यक्रम मुलुकभर पुर्याउन ६ अर्ब बजेट विनियोजन गरेको घोषणा गरेका छन् ।
अर्थमन्त्री डा. खतिवडाले राष्ट्रिय उद्योगको संरक्षणका लागि कम गुणस्तरका पेय पदार्थ आयातमा कडाई गर्ने बताएका छन् ।

यस्तै विलासी वतुलाई थप कर लगाएर राष्ट्रिय पुँजी बढाउने घोषणा समेत गरेका छन् ।
डा. खतिवडाले २२ वस्तुमा आत्मनिर्भर बन्ने र स्वदेशी कपडा उद्योगलाई प्रोत्साहन गर्न विद्युत् मशसुलमा ५० प्रतिशत कर छुट दिने बताएका छन । यस्तै कपडा उद्योगले ५ प्रतिशत व्याजदरमा ऋण प्राप्त गर्नेछन् ।

सहकारीलाई राज्यको महत्वपूर्ण अंग मान्दै डा. खतिवडाले सहकारी मर्जरको नीति अगाडि बढाउने बताएका छन् । बजेटमा ८३ हजार युवालाई सीपमुलक तालिम दिने र परियोजना धितो राखेर ऋण उपलब्ध गराउने समेत घोषणा गरेका छन् ।

तस्बिर:रासस

वि.सं.२०७६ जेठ १५ बुधवार १८:०८ मा प्रकाशित

Himalayan Life AD
सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ । लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको...

कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको उपचारका क्रममा निधन

कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको उपचारका क्रममा निधन

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको...

मतदाता नामावली संकलन देशव्यापी उत्साहजनक रहेको आयोगको भनाई

मतदाता नामावली संकलन देशव्यापी उत्साहजनक रहेको आयोगको भनाई

काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन...

सनाखतका लागि निर्वाचन आयोगमा विप्लव

सनाखतका लागि निर्वाचन आयोगमा विप्लव

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा सनाखतको लागि निर्वाचन...

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

काठमाडौं । ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड...

नासामा ३४ वर्षपछि महिला नेतृत्व निर्वाचित

नासामा ३४ वर्षपछि महिला नेतृत्व निर्वाचित

काठमाडौँ । नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिका (नासा) को...