back
CTIZAN AD

कम्युनिष्ट सरकरको दोस्रो बजेट भाषण, पूर्वाधार र सामाजिक कल्याणमैत्री

वि.सं.२०७६ जेठ १५ बुधवार

834 

shares

१५ जेठ, काठमाण्डौं । अर्थमन्त्री डा युवराज खतिवडाले संसदको दुवै सदनमा बजेट प्रस्तुत गर्दै जेष्ठ नागरिक भत्तामा बढोत्तरी ल्याएका छन् ।

अर्थमन्त्री खतिवडाले जेष्ठ नागरिकको भत्ता रु एक हजारले बढाएर ३ हजार रुपैयाँ पुर्याएका छन् । डा. खतिवडाको यो घोषणासँगै देशभरी रहेका १३ लाख जेष्ठ नागरिकको लागि खुसीको खबर बनेको छ ।

यस्तै १८ वटा आयोजनाबाट २५ सय मेगावाट बिजुली उत्पादन गर्ने पनि अर्थमन्त्री खतिवडाले बजेट छुट्याएको घोषणा गरेका छन् । विद्युत् उत्पादनका लागि डा. खतिवडाले उर्जामा ८३ अर्ब ४९ करोड रुपैयाँ विनियोजन गरेका छन् ।

काठमाण्डौ उपत्याकालाई मध्य तराईसँग जोड्ने काठमाण्डौं–निजगढ द्रूतमार्गका लागि सरकारले १५ अर्ब १ करोड छुट्याएको छ । यसैगरी अघिल्लो बजेटबाट सुरु गरिएको मदन भण्डारी बैकल्पिक राजमार्गका लागि ४ अर्ब ८२ करोड रुपैयाँ छ्टयाएको घोषणा गरेका छन् ।

सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत पूर्व कमैया र हलीहरुको बासस्थान निर्माण यसै आर्थिक वर्षमा टुंग्याएको घोषणा अर्थमन्त्रीले गरेका छन् । यस्तै पेट्रोलियममा थप रुपैयाँ दस्तुर लगाएर त्यसबाट प्राप्त हुने आम्दानी सामाजिक तथा पुँजीगत कार्यमा खर्च गर्ने प्रतिबद्धता डा. खतिवडाले गरेका छन् ।

आफ्नो दोस्रो बजेट प्रस्तुत गर्दै पुर्वगर्भनर समेत रहेका अर्थमन्त्री डा. खतिवडाले स्वास्थ्य वीमा कार्यक्रम मुलुकभर पुर्याउन ६ अर्ब बजेट विनियोजन गरेको घोषणा गरेका छन् ।
अर्थमन्त्री डा. खतिवडाले राष्ट्रिय उद्योगको संरक्षणका लागि कम गुणस्तरका पेय पदार्थ आयातमा कडाई गर्ने बताएका छन् ।

यस्तै विलासी वतुलाई थप कर लगाएर राष्ट्रिय पुँजी बढाउने घोषणा समेत गरेका छन् ।
डा. खतिवडाले २२ वस्तुमा आत्मनिर्भर बन्ने र स्वदेशी कपडा उद्योगलाई प्रोत्साहन गर्न विद्युत् मशसुलमा ५० प्रतिशत कर छुट दिने बताएका छन । यस्तै कपडा उद्योगले ५ प्रतिशत व्याजदरमा ऋण प्राप्त गर्नेछन् ।

सहकारीलाई राज्यको महत्वपूर्ण अंग मान्दै डा. खतिवडाले सहकारी मर्जरको नीति अगाडि बढाउने बताएका छन् । बजेटमा ८३ हजार युवालाई सीपमुलक तालिम दिने र परियोजना धितो राखेर ऋण उपलब्ध गराउने समेत घोषणा गरेका छन् ।

तस्बिर:रासस

वि.सं.२०७६ जेठ १५ बुधवार १८:०८ मा प्रकाशित

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...