back
CTIZAN AD

प्रदेश नं १ लाई ७५ रनले हरायो पुलिस क्लबले

वि.सं.२०७६ जेठ १५ बुधवार

594 

shares

१५ जेठ, काठमाण्डौं । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आजको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । पुलिस क्लबले प्रदेश नं १ लाई ७५ रनले पराजित गरेको हो ।

मूलपानी क्रिकेट मैदानमा पुलिसले ब्याटिङ गर्दै ४३ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १८५ रन बनायो । १८६ रनको लक्ष्य पछ््याउने क्रममा प्रदेश १ ले ३८ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै ११० रन मात्र बनायो । प्रदेश १ का लागि सन्नी पुनले सर्वाधिधक २७ रन बनाए । यस्तै मनिस थापाले १५ तथा कप्तान पुष्प थापाले १० रन बनाए ।

्बलिङतर्फ पुलिस क्लबका दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले दुई\दुई तथा आरिफ शेखले एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गर्ने क्रममा पुलिस क्लबका लागि अमित श्रेष्ठले १०६ रनको शतकीय पारी खेले । यस्तै कुशल भुर्तेलले २४ रन बनाए । बलिङतर्फ प्रदेश १ का फिर्दोस अन्सारी, सिद्धान्त लोहनी, कमल खत्री, पुष्प थापा र दीपेश कँडेलले दुई÷दुई विकेट लिए ।

वि.सं.२०७६ जेठ १५ बुधवार १९:०३ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...