back
CTIZAN AD

आईसीसी विश्वकप क्रिकेटः उद्घाटन खेलमा इङ्ग्ल्याण्डको जित

वि.सं.२०७६ जेठ १७ शुक्रवार

702 

shares

१७ जेठ । १२ औं संस्करणको एकदिवसीय आईसीसी विश्वकप क्रिकेट(Cricket World Cup 2019) को पहिलो खेलमा आयोजक देश इंग्ल्याण्डले विजयी सुरुवात गरेको छ ।

बिहिबार भएको उद्घाटन खेलमा दक्षिण अफ्रीकालाई १०४ रनले पराजित गर्दै इंग्ल्याण्डले आफ्नो विजयको खाता सुरु गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली इंग्ल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउंदै ३ सय ११ रन बनाएको थियो ।

द ओभल रंगशालामा भएको खेलमा इंग्ल्याण्डले दिएको ३ सय १२ रनको फराकिलो लक्ष्य पछयाएको दक्षिण अफ्रीका ३९ ओभर ५ बलमा अलआउट हुँदै २०७ रनमा समेटियो ।

इंग्ल्याण्डको जितमा उत्कृष्ट प्रदर्शन गरेका बेन स्टोक्स प्लेयर अफ दि म्याच बने । जितसंगै इंग्ल्याण्डले पहिलो खेलबाट महत्वपूर्ण २ अंक जोडेको छ ।

इङ्ग्ल्याण्डले उद्घाटन कार्यक्रममा जित हाँसिल गरेको यो पाचौँ पटक हो । यसअघि सन् १९७५, १९७९, १९८३ र १९९९ को वल्र्ड कपको उद्घाटनमा जित हासिल गरेको थियो ।

६ खेलाडलाई अर्धशतक
उक्त खेलमा दक्षिण अफ्रिकाका २ र इङग्ल्याण्डका ४ खेलाडीले अर्धशतक बनाएका छन् ।

दक्षिण अफ्रीकाका लागि क्विनटन डी कक र भान डेर डुसेनले अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । उसका डी ककले ६८ रन जोड्दा डुसेनले ५० रनको योगदान गरे ।

त्यसैगरी इंग्ल्याण्डको उच्च स्कोरमा ४ खेलाडीले अर्धशतक बनाए । ओपनर जोन्नी बेस्ट्रो खेलको दोस्रो बलमा गोल्डेन डक आउट भएपनी जासन रोय र जोय रुटले अर्धशतकीय इनिङ्स खेल्दै इंग्ल्याण्डलाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।

दोस्रो विकेटको रुपमा आउट भएका रोयले ५४ रनको इनिङ्स खेल्दा रुटले ५१ रन बनाए ।

कप्तान इयान मोर्गनले ३ छक्का र ४ चौकाको मद्दतले ५७ रन बनाए ।

यस्तै अलराउण्डर बेन स्टोक्सले इङ्ल्याण्डलाई सबैभन्दा बढी रन बनाएका थिए । उनले ९ चौका प्रहार गर्दै ८९ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । स्टोक्स म्यान अफ दम्याचबाट चुनिएका छन् ।

क्रिकेटको दोस्रो खेलमा आज (शुक्रबार) पाकिस्तान र वेस्ट ईन्डिजबीच प्रतिस्पर्धा हुदैछ । (एजेन्सी)

वि.सं.२०७६ जेठ १७ शुक्रवार ०८:२५ मा प्रकाशित

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...