back
CTIZAN AD

अमेरिकाबाट संजय थापाले गरे एनआरएनए अध्यक्ष भवन भट्टलाई यस्तो प्रश्न

वि.सं.२०७६ जेठ १७ शुक्रवार

714 

shares
 

१७ जेठ, अमेरिका । गैरआवासीय नेपाली संघ अमेरिकाका अध्यक्षका उम्मेदवार संजय थापाले एक बिज्ञप्ति जारी गरि आईसिसि अध्यक्ष भवन भट्टदेखि निर्वाचन प्रमुख विश्व वरालसम्मलाई प्रश्न गरेका छन् ।

बिगत दुई कार्यकालदेखि नै कचहरी, अदालत, विवादको चपेटामा मुछिएको एनआरएन अमेरिकामा त्यही दोहोरिने छाँट देखिएको छ । २०९३ सदस्यको कसले र कहिले प्रमाणित गर्यो भन्ने बिषयले सुनिल साहको कार्यकाल लफडा,विवाद,झगडा र मुद्धा मै जाने सम्भावना बढेर आएको छ ।

यसैगरी अर्का अध्यक्षका उम्मेदवार सूर्य लम्सालले पनि मे २६ का दिन न्युयोर्कमा पत्रकार सम्मेलन गरेका छन् । लम्सालले पनि अन्तर्राष्ट्रिय समन्यव समितिसँग जवाफ मागेका छन् ।

संजय थापाले मे २२ का दिन प्रमुख निर्वाचन आयुक्तलाई सम्वोधन गरेर पराजित अध्यक्षको हैसियतले ईमेलमार्फत् राज्य अनुसारको पूर्ण मत परिणामको लागि अनुरोध गरेका थिए तर, आजसम्म त्यसको कुनै जवाफ पाउन नसकेको भन्ने विज्ञप्तिमा जनाएका छन् ।

यस्तो छ थापाद्धारा जारी विज्ञप्ति

आदरणिय अमेरिकावासी नेपाली दिदीवहिनी, दाजुभाईहरु

हार्दिक अभिवादन,

एनआरएनए अमेरिकाको निर्वाचन भरखरै सम्पन्न भएको छ । परिणाम प्राप्त भई हार–जितको फैसला भइसकेको आज १० दिन भयो । निर्वाचन सम्पन्न भएपछी एक मुष्ठ कसले कति मत प्राप्त गरे भन्ने कुरा निर्वाचन आयोगले १९ गते निर्वाचन सम्पन्न भएपछी २० गते विहान मत परिणाको आधारमा विजेता सहित घोषणा गरी विज्ञप्ति प्रकाशन गरेको पाईयो र केही दिनमा सवै राज्य सहितको पूर्ण विवरण आउने आशा थियो । यद्यपी परिणाम आएको यत्रो दिन हुँदा पनि पुर्ण विवरण सार्वजनिक नहुँदा उम्मेदवारको रुपमा निर्वाचनको मैदानमा जादॉ आफु निर्वाचित हुन्छु भन्ने विश्वासका साथ अगाडि वढेको हुन्छ र निर्वाचन परिणाम उसले सोचेको भन्दा विपरित भएपछि कहॉनिर कसरी अनुमान फरक परेछ भनेर जान्ने प्रयत्न गर्नु स्वभाविकनै हुन्छ ।

सोहि अनुसार मैले मिति ५-२२-२०१९ को दिन प्रमुख निर्वाचन आयुक्तलाई सम्वोधन गरेर पराजित अध्यक्षको हैसियतले ईमेल मार्फत राज्य अनुसारको पुर्ण मत परिणामको लागि अनुरोध गरेको थिएँ । तर, आजसम्म त्यसको कुनै जवाफ पाउन सकेको छैन । निर्वाचनको दौरान पनि धेरैपटक ईमेलद्वारा धेरै कुराहरुको अनुरोध गरिएको थियो र त्यतिवेला पनि कुनै उत्तर प्रतिउत्तर पाउन सकिएको थिएन ।

स्वाभाविक छ कि, स्वयमसेवी सेवा गर्नु भएका हाम्रा निर्वाचन कमिटीमा रहने साथीहरुले यो निर्वाचन र निर्वाचन सम्वन्धि काम मात्र गरेर पुग्दैन आफ्नो काम पनि गर्नुपर्छ पूर्ण समय यता दिन सक्नु हुन्न तर पनि समय मिलाएर हामीले सोधेको जिज्ञासाहरुलाई सम्वोधन गर्न त सकिनछ नि ? एकातिर निर्वाचनको अन्तिम समय सम्म पनि निर्वाचन हुन्छ कि हुदैन भनेर अन्यौल भइ रहँदा मतदान सुरु हुनु करिव २ घण्टा अगाडि मात्र सर्त सहित निर्वाचनमा जाने अन्तराष्ट्रिय समन्वय कमिटीको निर्णय र अर्कोतिर २०९३ सदस्यको कसले र कहिले प्रमाणित गर्यो भन्ने प्रश्नले वजार तातिरहेको माहौलमा निर्वाचनको पुर्ण मत परिणाम पनि नपाउँदा संस्थाप्रति थप अविश्वास, वितृष्णा र असन्तुष्टी वढ्ने खतरा रहन्छ ।

तसर्थ निर्वाचन आयोग, राष्ट्रिय समन्वय समिति अमेरिकाको मौजुदा तथा नवनिर्वाचित वोर्ड र अन्तराष्ट्रिय समन्वय समितिलाई समेत आफुले गरेको निर्णय अनुसार काम अगाडि वढाउन र मतदानको पुर्ण विवरण साथै छानविनका बाँकी कामहरु यथासक्य चाडै सम्पन्न गर्न अनुरोध गर्दछु ।’

संजय थापा,

अध्यक्षको उम्मेदवार एनआरएन अमेरिका

 

वि.सं.२०७६ जेठ १७ शुक्रवार ०८:२४ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...