back
CTIZAN AD

प्रधानमन्त्री कप क्रिकेटः कर्णाली प्रतियोगिताबाट बाहिरियो

वि.सं.२०७६ जेठ १८ शनिवार

513 

shares

 

१८ जेठ, काठमाडौँ । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश नं १ ले कर्णाली प्रदेशलाई पराजित गरेको छ । हारसँगै कर्णाली प्रतियोगिताबाट बाहिरिएको छ । कर्णाली अहिलेसम्म खेलका चारवटै खेलबाट पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई १८० रनले हराएको हो । टस हारेर ब्याटिङ गरेको प्रदेश १ ले ५० ओभरमा ८ विकट गुमएर २२८ रन बनायो । दुई सय २९ रनको विजय लक्ष्य पछ्याउने क्रममा कर्णालीले २० दशमलव १ ओभर खेल्दै ४७ रन मात्र बनायो ।

कर्णालीका लागि निश्चल रावलले १७ रन बनाउनुबाहेक अन्यले दोहोरो अङ्कसमेत जोड्न सकेनन् । बलिङतर्फ प्रदेश १ का कप्तान पुष्प थापा एक्लैले ६ विकेट लिए । म्यान अफ द म्याच भएका थापाले नौ दशमलव एक ओभर बलिङ गर्दै एक मेडन राखि १९ रन मात्र खर्चे । मुकुन्द यादवले तीन तथा कमल खत्रीले एक विकेट लिए ।

यसअघि प्रदेश १ का लागि सिद्धान्त लोहनीले सात चौकासहित सर्वाधिक ६३ रनको योगदान दिए । फिर्दोस अन्सारीले अविजित ४५, सन्नी पुनले ३४, पुष्प थापाले २९, राजन मगरले १६ तथा मिनास थापाले १३ रन बनाए । बलिङतर्फ कर्णाली प्रदेशका प्रकास जैसी, ललित प्याकुरेल र दिवान पुनले दुई/दुई विकेट लिए । चार खेलमा पराजित कर्णाली प्रतियोगिताबाट बाहिरिएको छ ।

वि.सं.२०७६ जेठ १८ शनिवार ०८:०२ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...