back
CTIZAN AD

मङ्गलामा कृषि विज्ञान विषयको पठनपाठन शुरु

वि.सं.२०७६ जेठ १८ शनिवार

615 

shares

कृषि विज्ञानतर्फ कम्प्युटर एप्लिकेशन, एग्रोनोमी, हर्टीकल्चर, सोयल एक्टेन्सन र पलान्ट प्रोटेक्सन विषयको पढाइ हुने

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरमा रहेको मङ्गला माविमा कृषि विज्ञान (Argo Science) विषयको पठनपाठन शुरु भएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्राविधिक तथा व्यावसायिक विषय अन्तर्गत चालू शैक्षिक सत्रदेखि उक्त विषयको पठनपाठन शुरु गरिएका सो माविमा कक्षा ९ देखि १२ सम्म पठनपाठन हुने विद्यालयका कार्यक्रम संयोजक हुमनाथ पाण्डेले बताए । अठचालिस विद्यार्थीको कोटामध्ये यस वर्ष ४५ जना भर्ना भइसकेका र तीमध्ये २३ छात्रा र २२ छात्र छन् ।

वार्षिक एक हजार पूर्णाकको १० विषयमध्ये चार वटा सामान्य र छ वटा कृषि विज्ञानसँग सम्बन्धित विषयको पढाइ हुने सहायक प्रशिक्षक सन्दीप केसीले बताए । कृषि विज्ञानतर्फ कम्प्युटर एप्लिकेशन, एग्रोनोमी, हर्टीकल्चर, सोयल एक्टेन्सन र पलान्ट प्रोटेक्सन विषयको पढाइ हुने उनको भनाइ थियो ।

कृषि क्षेत्रको लागि आवश्यक दक्ष र योग्य जनशक्ति तयार पार्ने तथा स्वरोजगारको अवसर सिर्जना गर्ने सरकारको नीतिअनुसार यस वर्ष बाबियाचौरका साथै रघुगङ्गा गाउँपालिका–२ भगवतीको मुक्तिधाम माविमा कृषि विज्ञान विषयको पठनपाठन शुरु भएको छ ।

देशभित्र तथा विदेशमा रोजगारको अवसर भएको र जागिर नपाए हासिल गरेको शैक्षिक ज्ञानसीपले आफैँ स्वरोजगार बन्ने सम्भावना भएकाले कृषि विज्ञान विषय पढ्न थालेको विद्यार्थीहरूले बताएका छन् । उक्त माविमा यसअघि कक्षा १२ सम्मको पठनपाठन सञ्चालन हुँदै आएको थियो । कृषि विज्ञान विषयको पठनपाठन शुरु भएपछि थप भौतिक पूर्वाधारको व्यवस्थापनका लागि पहल गरिएको प्रअ गमबहादुर खत्रीले बताए ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत् चार कोठे भवन निर्माणाधीन छ । यसअघि तत्कालीन शिक्षा कार्यालयको सहयोगमा चार कोठे पक्की भवन निर्माण भएको थियो । पुरानो भवन जीर्ण भएकाले त्यसलाई पुनःनिर्माण गर्न र छात्रावासको लागि भवन निर्माण गर्न लागिएकोे प्रअ केसीले बताए ।

वि.सं.२०७६ जेठ १८ शनिवार १३:२७ मा प्रकाशित

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...