back

लोकसेवा आयोगको विज्ञापन सच्याउन सांसदहरूको माग

वि.सं.२०७६ जेठ २१ मंगलवार

465 

shares
GLOBAL IME AD
NTC AD

 

२१ जेठ, काठमाडौँ । सांसदले लोकसेवा आयोगले पछिल्लोे पटक कर्मचारीको पदपूर्तिका लागि गरेको विज्ञापन संविधान र समानुपातिक समावेशी सिद्धान्तविपरीत भएको जनाउँदै सच्याउन माग गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिने सांसदले स्थानीय तह र प्रदेशको अधिकारसमेत खोस्ने गरी आयोगले नौ हजार ९६१ कर्मचारी केन्द्रबाट किन माग गरेको हो भनी प्रश्न गरे ।

प्रदेश र स्थानीय तहको कर्मचारी प्रदेश लोकसेवा आयोगमार्फत नै पदपूर्ति गर्ने व्यवस्था गर्न माग गर्दै उनीहरुले सरकारले संविधानको मर्मअनुसार काम गर्न नसकेको आरोप लगाए ।

समाजवादी पार्टी नेपालका रामसहायप्रसाद साहले आयोगको उत्तरदायित्व र विश्वसनीयतामाथि प्रश्न उठेको बताए । उनले भने, “यो सरकारमातहतको निकाय नभई संवैधानिक अङ्ग हो, उसले संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्छ, विज्ञापनमा समानुपातिक र समावेशीको अवधारणालाई बेवास्ता गरिएको छ, त्यसैले त्यो विज्ञापनलाई तत्काल स्थगन गरी सच्याएर विज्ञापन गर्नुपर्छ ।”

सांसदले सबै नागरिकले बराबरी अधिकार पाउन नसकेको बताउँदै कर्मचारीले आर्थिक वर्षको अन्त्यमा बजेट सिध्याउन विदेश भ्रमण गर्ने विगतको प्रवृत्ति दोहो¥याउन नदिनेतर्फ सरकारको ध्यानाकर्षण पनि गराए ।

प्रधानमन्त्रीको आगामी युरोप भ्रमणका समयमा बेलायती गोर्खा सैनिकले उठाउँदै आएको माग सम्बोधन गर्न बेलायत सरकारसँग कुराकानी गर्न सांसदले सुझाव दिए । बैठकमा सांसद प्रमोद साह, डा मीनेन्द्र रिजाल, लक्ष्मणलाल कर्णलगायतले धारणा राखेका थिए ।

वि.सं.२०७६ जेठ २१ मंगलवार १३:१३ मा प्रकाशित

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रविधिको प्रयोगबाट...

सबै समाजवादी र माओवादीलाई एकताबद्ध गर्ने अध्यक्ष प्रचण्डको उद्घोष

सबै समाजवादी र माओवादीलाई एकताबद्ध गर्ने अध्यक्ष प्रचण्डको उद्घोष

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री...

वरिष्ठ पत्रकार बस्नेतको हृदयघातका कारण निधन

वरिष्ठ पत्रकार बस्नेतको हृदयघातका कारण निधन

काठमाडौं । भक्तपुर एवं वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको निधन भएको...

भारतीयको रोजाइमा नेपाली गुन्द्रुक र हस्तकला

भारतीयको रोजाइमा नेपाली गुन्द्रुक र हस्तकला

कमलकुमार बस्नेत र राजेन्द्र विष्ट,देहरादुन (भारत) । “आउनुहोस्, भाँडा र...

गाउँपालिका अध्यक्ष र जनमत पार्टीका नेता प्रहरी नियन्त्रणमा

गाउँपालिका अध्यक्ष र जनमत पार्टीका नेता प्रहरी नियन्त्रणमा

सिरहा । यहाँको औरहीमा महायज्ञका नाममा दलित परिवारमाथि गरिएको जातीय...

विसं २०८४ सम्म प्रधानमन्त्रीको दौडमा छैन : प्रचण्ड दाहाल

विसं २०८४ सम्म प्रधानमन्त्रीको दौडमा छैन : प्रचण्ड दाहाल

वीरगञ्ज (पर्सा) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष...