back
CTIZAN AD

पहिलो पटक राष्ट्रपति रोजा ‘इफ्तार’ कार्यक्रममा सहभागी

वि.सं.२०७६ जेठ २१ मंगलवार

750 

shares

२१ जेठ, राँझा। राष्ट्रपति विद्यादेवी भण्डारी मुसलमान समुदायको रोजा ‘इफ्तार’ कार्यक्रममा सहभागी हुन आज नेपालगञ्ज गएकी छिन् ।

उनी अपराह्न साढे २ बजे नेपालगञ्ज विमानस्थलमा पुगेको राष्ट्रपतिको सचिवालयका उपसचिव दीपा शर्माले जानकारी दिए । राष्ट्रपति भण्डारी अहिले नेपालगञ्जस्थित एक होटेलमा बसेकी छिन् ।साँझ साढे ५ बजे त्यहाँस्थित सिद्धार्थ कटेजमा शुरु हुने रोजा इफ्तार कार्यक्रममा राष्ट्रपति भण्डारी सहभागी हुने कार्यक्रम छ ।

पहिलो पटक राष्ट्र प्रमुख रोजा ‘इफ्तार’ कार्यक्रममा सहभागी हुने भएपछि मुसलमान समुदाय हर्षित भएको मुस्लिम समाज बाँकेका संयोजक अब्दुलवाहिद मन्सुरीले जानकारी दिए ।

राष्ट्रपतिको सचिवालयका उपसचिव शर्माका अनुसार राष्ट्रपति भण्डारी आज नेपालगञ्जमै बसेर बुधबार बिहान बाँकेको वैजनाथ गाउँपालिका–५ जीगाउँस्थित प्रभात माध्यमिक विद्यालयको ५० औंँ वार्षिकोत्सव तथा स्तम्भ अनावरण कार्यक्रममा सहभागी हुने छिन् ।

राष्ट्रपति भण्डारी नेपालगञ्ज गएसँगै सुरक्षा सतर्कताका लागि आवश्यक योजना बनाइएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले बताए ।

वि.सं.२०७६ जेठ २१ मंगलवार १५:१९ मा प्रकाशित

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल  निगरानी

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल निगरानी

भैरहवा (रुपन्देही) । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी...

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

घोराही (दाङ) ।  जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा...

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...